गृहपृष्ठ ∕ अर्थ ∕ तिङ्करमा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालनतिङ्करमा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालन नेपालीपत्र बुधबार, २०८० असोज १७ गते, १६:४८ मा प्रकाशित अर्थ | प्रबिधि काठमाडौँ। नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती दार्चुलाको तिङ्करमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। हिजो मङ्गलवारदेखि मोबाइल सेवा सञ्चालनमा आएपछि अब तिङ्कर क्षेत्रका नागरिकले सहजै मोबाइलमार्फत फोन गर्न सक्ने भएका छन्।चीनको सिमानासँग जोडिएको दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ मा रहेको तिङ्करमा नेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो। कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट हेलिकप्टरमा तिङ्कर पुर्याएको थियो। अब सीमा क्षेत्रको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा पर्यटकसमेत सञ्चारको सहज पहुँचमा पुगेका छन्।तिङ्करमा अहिलेसम्म विकासका कुनै पूर्वाधार बनेका छैनन्। तीन हजार सात सय मिटर उचाइमा रहेको तिङ्कर भारतसहितको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङरुबाट १२ किलोमिटर र सदरमुकाम खलङ्गाबाट ८० किलोमिटर दूरीमा छ। तिङ्करबाट आठ किलोमिटर हिँडेपछि चीनको सिमानाको १ नम्बर पिलर पुग्न सकिन्छ। #नेपाल टेलिकमग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदैरुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ताम्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानीकाठमाडौँ । अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ । संघीय अस्पतालको सेवा डिजिटल बनाउने मन्त्री प्रदीप धान चामल खरिदका लागि बाहिरियो ४० अर्बकाठमाडौं । मुलुकबाट एक वर्षमा धान चामल खरिदका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । स्वदेशमै उत्पादन गर्न मेची भन्सारबाट चिया निर्यात ३२ प्रतिशतले बढ्योकाठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसारधेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ एमाले अध्यक्ष ओलीद्वारा कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण ३ चितवनमा कल्भर्टमुनि भेटिएका दुई शवको पहिचान हुन सकेन ४ Tilda Lights Up Diwali 2024 with Madhu’s: A Festival of Flavours and Tradition ५ The British College Announces Career Fest 2024: Tackling Brain Drain and Bridging Talent with Opportunity ६ मन्त्री ज्वालाले भनेः बालकुमारी घटनामा मेरो कुनै संलग्नता छैन ७ संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ताThe Film Nepal