भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द
काठमाडौँ । नेपालमा चर्चित रहेका केही भारतीय टेलिभिजन च्यानलले नेपालमा आफ्नो प्रसारण रोकेका छन् । दुई वर्षदेखि च्यानल प्रयोगवापतको भुक्तानी नपाएको भन्दै भारतीय टेलिभिजन नेटवर्कले आफ्ना च्यानलको प्रसारण बिहीवारदेखि रोकेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण रोकिएको हो ।
सरकारले विदेशी मुद्राको सिफारिस नदिएका कारण ति च्यानलको भुक्तानी नभएको सेवाप्रदायकले बताएका छन् । सरकारले २०७९ सालको चैत १५ गतेदेखि विदेशी टेलिभिजन च्यानलको विदेशी मुद्रा सिफारिस गरेको छैन । कानुनअनुसार आए विदेशी मुद्रा सिफारिस दिन कुनै समस्या नरहेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले बताउनुभयो ।
सरकारले २०८० सालको साउन १ गतेदेखी आलाकार्टा अर्थात् ग्राहकले हेर्न चाहेको च्यानलको मात्र पैसा तिर्ने मूल्य प्रणाली लागू गरेपछि भारतीय च्यानलले विरोध गर्दै आएका छन् । प्रत्येक च्यानलको छुट्टाछुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने उनीहरुको भनाइ छ । मन्त्रालयका अनुसार अहिले सबै विदेशी च्यानल प्रदायकको झन्डै एक अर्ब विदेशी मुद्रा सिफारिस हुनसकेको छैन ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो