Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठप्रबिधिअसार ८ र ९ मा ह्वावे डिजिटल नेपाल कन्क्लेभ हुँदै

असार ८ र ९ मा ह्वावे डिजिटल नेपाल कन्क्लेभ हुँदै


काठमाडौँ। असार ८ र ९ गते ‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को आयोजना हुने भएको छ। आइसिटी फाउन्डेसन नेपालको आयोजनामा कन्क्लेभसँगै ह्वावेले मोबाइल नेपाल कंग्रेस (एमएनसी) को पनि आयोजना हुने भएको हो।

कन्क्लेभमा विभिन्न देशका आइसिटी विज्ञहरूसहित ७० बढी स्रोत व्यक्तिहरू उपस्थित रहने आयोजकले जनाएको छ।

द सोल्टी काठमाडौँमा आयोजना हुने कन्क्लेभमा विभिन्न ६ थिममा १५ बढी सेसनहरू सञ्चालन हुनेछन्।

कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरूको उपस्थिति रहने जनाइएको छ।

‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ को नारासहित आयोजना हुने कन्क्लेभले डिजिटल रूपान्तरणको लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिने आयोजकले उल्लेख गरेको छ।

असार ८ गते बिहान १० बजेदेखि हुने उद्घाटन कार्यक्रममा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूको ४ वटा कि(नोट र मन्त्री रेखा शर्मासँगको पावर संवाद सेसन हुनेछ। यसैगरी पहिलो दिनको सेसनमा डिजिटल पूर्वाधार, डिजिटल परिचय र डिजिटल गभर्नेन्ससम्बन्धी सेसनहरू रहेका छन्।

कन्क्लेभको दोस्रो दिन डिजिटल इन्नोभेसन र उद्यमशीलता, टेक स्टाक र डिजिटल सक्षमता, डिजिटल इकोनोमी र फिनटेक सक्षमताको सेसनहरू रहेका छन्। यसैगरी, कन्क्लेभमा डेटा गभर्नेन्स र डिजिटल सेक्युरिटी, डिजिटल लिडरसिप र डिजिटल सक्षमताको लागि अबको बाटो सेसनहरू सञ्चालन हुनेछन्।

कन्क्लेभसँगै शिर्ष प्रायोजक ह्वावेले छुट्टै हलमा मिनि मोबाइल वर्ल्ड कंग्रेसको रूपमा मोबाइल नेपाल कंग्रेसको आयोजना गर्नेछ। सहभागीले ५ जी, एआईसँगै नयाँ प्रविधिहरूको जानकारी मोबाइल कंग्रेसमा पाउनेछन्।

सम्मेलनले गिगाभर्स इनिसिएटिभ, अल्ट्रा अटोमेसन स्पीड अप, सेवाको रूपमा इन्टिलिजेन्ट कम्प्युटिङ एण्ड नेटवर्क, भिन्न भिन्न अपेक्षाकृत मागहरू, र वातावरण, सामाजिक तथा सुशासनका लागि आफ्नो मार्ग निर्देशिका तय गरेको जनाइएको छ।

मोबाइल नेपाल कंग्रेस २०२३ ले डिजिटल नेपालतर्फको यात्रालाई गति दिनका लागि नेपालमा उपयोगी र व्यापारिक सम्भावना भएको विश्वव्यापी आविष्कार र समाधानहरूलाई छलफलमा ल्याउन मद्दत पुग्ने विश्वास ह्वावेको रहेको छ।

आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभको दोस्रो संस्करण हो। कन्क्लेभको प्रि(इभेन्टको रूपमा फाउन्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम सञ्चालन गरेको थियो।

कन्क्लेभमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ लगायतको सहयोग रहेको छ।

यसैगरी, कार्यक्रममा नेपाल टेलिकम, सेक्युरिटी पार्टनरमा चेकपोन्ट, पेमेन्ट पार्टनरमा आइएमइपे, आइटी ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस, इन्टरनेट पार्टनरमा डिस होम रहेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाली पात्रो १ करोड पटक डाउनलोड

काठमाडौँ । नेपालको पहिलो विक्रम सम्बतमा आधारित मोबाइल एप नेपाली पात्रो १ करोड पटक डाउनलोड भएको छ । नेपाली तिथि,

सरकारले तयार पार्‍यो एआईको प्रयोगसम्बन्धी अवधारणापत्र

काठमाडौँ । सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्यास सम्बन्धी अवधारणापत्र तयार गरेको छ । एआई सम्बन्धी आवश्यक नीति

मिडिया काउन्सिलको नाम नेपालीमा ‘सञ्चार परिषद्’ राख्ने प्रस्ताव

काठमाडौँ । सांसदहरूले मिडिया काउन्सिलको नाम नेपालीमा ‘सञ्चार परिषद्’ राख्ने प्रस्ताव गरेका छन् । राष्ट्रिय सभामा विचाराधीन मिडिया काउन्सिल सम्बन्धी

‘पशुपति प्रसाद–२ : भष्मे डन’ ओटीटीमा

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘पशुपति प्रसाद–२ः भष्मे डन’ ओटीटीमा रिलिज भएको छ । यो चलचित्र शनिबारबाट ‘सिनेमाघर एप’मा रिलिज

टिकटकलाई कानुनी दायरामा ल्याउने प्रयन्त भइरहेको छः मन्त्री शर्मा

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकलाई कानुनी दायरामा ल्याउने प्रयन्त भइरहेको जनाएको छ । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास,

डिसहोम फाइबरनेटको २४ घण्टे अफर: २४ महिने रिचार्जमा अर्को ६…

काठमाडौँ । जारी आईसीसी पुरुष टी– २० विश्वकपमा नेपालले ग्रुप स्टेज अन्तर्गत बुधबार बिहान ५ः१५ बजे श्रीलंकासँग आफ्नो दोस्रो खेल

Techie IT