Techie IT
२०८१ जेठ १३, आईतबार
NepaliPatra logo
गृहपृष्ठबिचारघरभाडा निर्धारण गर्ने काम कसको ?

घरभाडा निर्धारण गर्ने काम कसको ?


काठमाडौँ । मुलुकमा तीन वटा सरकार छ, स्थानीय, प्रदेश र संघीय । तर, तीन वटै सरकारले घर भाडा निर्धारण गरेको छैन । कुन ठाउँमा कस्तो कोठा, फ्रल्याट वा सटरको मूल्य कति ? भनेर कसैले तोकेको पाइदैंन । घरधनीहरुको जिब्रोमा कोठा, फ्रल्याट र सटरको मूल्य छ । घरधनीहरु जति भन्छन्, त्यति नै भाडा तिर्न बाध्य छन् डेराबहालहरु ।

भाडामा बस्ने मानिसहरुले पाउनुपर्ने सेवासुविधाहरु के–के हुन् ? घरधनीहरुले जतिभने पैसा तिरेपनि डेराबहालहरुले केही सेवासुविधा पाउँदैनन् । घरधनीहरु एउटै कोठाको ठाउँअनुसार मासिक भाडा नौं हजारदेखि २० हजारसम्म असुल्छन् । एउटा सटरको १५ हजारदेखि १८ लाख र एक फ्रल्याटको ३० हजारदेखि दुई लाखसम्म लिइन्छ ।

खाली सटर २० लााखदेखि ६० लाखमा खरिदबिक्री हुन्छ । महिना मर्नुअघि भाडा माग्न ढोकामा आइपुग्छन्, घरधनीहरु । तर, घरधनीहरुले लिएको भाडा महंगो हो कि सस्तो भनेर न सरकारलाई थाहा छ न डेराबहाललाई । घरधनीहरु खाली जग्गा समेत भाडामा लगाएर पैसा असुलिरहेका छन् । सवारीसाधन पार्किङको समेत मासिक तीन हजारदेखि पाँच हजारसम्म उठाउँछन् । घरधनीहरुले एउटा घरमा करोडदेखि अर्बो लगानी गरेका छन् ।

घर भाडामा लगाएर महिनामै लाखदेखि करोड उठाउँछन् । तर, लगानी र आम्दानीबापतको राजस्व राज्यलाई तिर्दैनन् । न त घरको छ÷छ महिनामा प्राधिकरण चेकजाँच गर्छन् । घर पनि घरेलु र कम्पनीमा दर्ता गरिदैंन । पञ्जीकरण त झन् परको कुरा भयो । घरधनीहरुले भत्किन लागेको घर समेत भाडामा लगाएका छन् ।

अझै त्यस्तो घर वा सरकारको मापदण्डभित्र नपरेका घरको पनि एक लाखदेखि पन्ध्र लाख रुपैयाँसम्म घुस खुवाएर घर सम्पन्नताको प्रमाणपत्र लिएका छन् । राज्य घरधनीहरुको अगाडि निरीह बनेको छ । घरधनीहरु डेराबहालसँग चर्को पैसा उठाउँछन् तर राज्यलाई घरबहाल कर तिर्दैनन् ।

यसले एकातिर सर्वसाधारण जनता मारमा परेका छन्, अर्कोतिर राज्य राजस्वविहीन भएको छ । सरकार पनि घरेलु र कम्पनीमा दर्ता नभएका तथा पञ्जीकरणा नगरेका घरहरुको नामसारी रोकिदिने, राज्यबाट उपलब्ध सेवासुविधा कटौती गर्ने तथा घर सम्पन्नताको प्रमाणपत्र नदिने भनेर निर्णय गर्दैन । घर सबै भाडामा लगाइएको हुन्छ ।

यद्यपि, घरधनीहरु भने आफ्नो घर खाली रहेको वा आफन्त बसेको भन्दै राज्यलाई घरबहाल कर तिर्दैनन् । अहिले पनि अधिंकाश घरको नक्सा पास भएको पाइदैंन । कतिपयले भने दुई तल्लाको नक्सा पास गरेर सात तल्लाको घर बनाएका छन् । पछिल्लो समय बजार पूरै मन्दीमा छ । व्यापार व्यवसाय ठप्प छ । बेरोजगारी हवात्तै बढेको छ । महंगीले सीमा नाघ्रिसक्यो ।

आम सर्वसाधारण कोठा, फ्रल्याट वा सटर लिएर बस्न तथा व्यापार व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छन् । एकातर्फ घरधनीहरुको चर्को भाडा, अर्कोतर्फ व्यापार व्यवसाय ठप्प वा बेरोजगारीले अहिले कोठा, सटर र फ्रल्याट खाली हुने क्रम बढ्दो छ । यता, घरधनीहरु वर्षौसम्म घर खाली राख्न तयार हुन्छन् तर सस्तोमा भाडामा दिदैंनन् ।

कोठा खोज्न जाने क्रममै मानिसको जात सोधिन्छ । एक्लो महिला, बुढाबुढी, अपांगता वा बालबच्चा भएका मानिसहरुलाई कोठा भाडामा दिदैंनन् । घरधनीहरुको चर्को भाडाका कारण अहिले धेरै मानिसहरुले कोठा, फ्रल्याट र सटर छोडेका छन् । जताततै ‘कोठा खाली छ’, ‘सटर भाडामा’ र ‘फ्रल्याट खाली’ भनेर लेखिएको पोस्टरहरु देखिन्छन् ।

काठमाडौं उपत्यकाभित्रै आधाभन्दा बढी घरहरु खाली भएका छन् । बाहिरी जिल्लाहरुमा पनि धमाधम कोठा, सटर र फ्रल्याट खाली भइरहेका छन् । यहाँ व्यापारव्यवसायमा मन्दी आएपछि वा बेरोजगारी भएपछि कतिपय मानिस गाउँ फर्किएका छन् त कतिपय विदेशिएका छन् । अहिले घर खाली भएपछि घरधनीहरुको ‘रातको निन्द्रा र दिनको भोक’ हराएको छ ।

घरधनीहरु चोक–चोकमा चिनेको व्यक्ति वा पसलमा भाडामा बस्ने कोही छ भने मेरोमा ल्याइदिनु भनेर भनिरहेको वा हिँडिरहेको पाइन्छ । कतिपय होस्टेलहरु त भाडा तिर्न नसकेपछि बन्द नै भएका छन् । अधिंकाश सहकारी, लघुवित्त र फाइनान्स डुबे । यसले गर्दा पनि घरहरु खाली भएका हुन् । टाट पल्टिने अवस्थामा पुगेपछि कतिपय बैंकले आफ्नो शाखाहरु नै घटाए ।

यता, व्यापार व्यवसायमा मन्दी आएपछि होटल, रेस्टुरेन्ट, दोहोरी साँझ, ड्रान्स क्लबहरु पनि बन्द भए । हिजो बैंकबाट ऋण लिएर घरधनीहरु घर बनाए । चर्को मूल्यमा भाडामा लगाएर दुई–तीन वर्षमै साँबाब्याज असुल्ने उनीहरुको सोच थियो । तर, अहिले घर धमाधम खाली भएपछि र भाडामा बस्न कोही नआएपछि घरधनीहरु चिन्तित भएका छन् ।

अहिले त्यो घर उनीहरुलाई ‘टोक्नु कि निल्नु’ भइरहेको छ । एकातिर भाडामा बस्न कोही आउँदैन, अर्कातिर बैंकको साँबाब्याज बढ््दै गएको छ । बैंकको ऋण तिर्न सस्तोमै घर बेच्छु भन्दा समेत किन्ने कोही पाएका छन्, उनीहरुले । करिब तीन वर्षअघि तीन करोड भनिएको घर अहिले त्यसको आधा मूल्यमा समेत बिक्री हुन गाह्रो छ । किनकि बजार पूरै मन्दीमा छ ।

झन् घरजग्गाको कारोबार त ठप्पै छ । व्यापारीहरु पलायन हुने अवस्थामा पुगेका छन् । सटर खोल्नु मात्र हो बहनी समेत हुँदैन भन्छन्, व्यापारीहरु । नयाँ मानिसहरु अहिले व्यवसाय गर्न चाहदैंनन् । कोठा वा फ्रल्याट लिएर भाडामा बस्न पनि चाहदैंनन् । सबैको गन्तव्य विदेश बनेको छ । मानिसहरु यहाँको सामान गाउँ पुप्याएर विदेशिएका छन् ।

यता, उपत्यकासहित मुलुकभर सरकारको मापदण्डविपरीत घर बनेको छ । तीन वर्षअघि उपत्यकामा एउटा खाली सटर खोज्न छ महिनासम्म खोज्नुपथ्र्यो । यति खोज्दा समेत नपाइएपछि दलाली कहाँ पुग्थे, मानिसहरु । अनि दलालीले जे भन्यो, त्यति तिरेर सटर खोज्न लगाउँन्थे । पछिल्लो समय उपत्यकामा छ्यापछ्याप्ती सटर खाली भएको देखिन्छ ।

एउटा सानो, अध्याँरो, चिसो कोठाको पनि महंगो भाडा असुल्ने, बत्ती, पानी, फोहोरको पैसा दोब्बर लिने, छतमा गएर कपडा सुकाउन नदिने । पैसा चाँहि लिने तर सेवासुविधा चाँहि केही नदिने, घरधनीहरु । घरधनीहरुको अन्याय, अत्याचारका कारण अहिले डेराबहालहरुले धमाधम कोठा, सटर र फ्रल्याट खाली गर्न लागेका हुन् ।

शिक्षा, स्वास्थ्य, रोजगारी, व्यापारव्यवसायलगायत विभिन्न सेवासुविधाको लागि एउटा जिल्लाको मानिस अर्को जिल्लामा गएर भाडामा बस्ने गरेको पाइन्छ । सात सय ५३ वटै स्थानीय तहमा घर भाडामा लगाइएको छ । बैंक तथा वित्तिय संस्थाहरुले पनि सम्पूर्ण कर्जा लगानी घरजग्गामै गरेका छन् । व्यापार व्यवसाय गर्ने, विदेश जाने वा जागिर खानेहरुले पनि आफुले कमाएको रकम घरजग्गामै लगानी गरेका छन् ।

यसले गर्दा अहिले घरजग्गा कारोबारमा मन्दी आउनासाथ सबैतिर सबै डुबेका हुन् । यता, राज्य पनि घर भाडा निर्धारण गर्दैनन् । यो ठाउँमा यो कोठाको यति मूल्य भनेर सम्बन्धित निकाय तोक्दैंनन् । यतिसम्म कि राज्य घरधनीहरुबाट राजस्व समेत उठाउन सकिरहेको छैन । आयल निगमले पेट्रोल/डिजेलको मूल्य घटबढ गर्दा यातायात व्यवस्था विभाग र यातायात मन्त्रालयले सार्वजनिक सवारीसाधनको भाडा निर्धारण गर्छ ।

यातायात व्यवसायीहरुले सरकारले तोकेकोभन्दा बढी भाडा यात्रुसँग लिएमा ट्राफिक महाशाखा र यातायात व्यवस्था विभागले अनुगमन गरी कारबाही गर्छ । भाडाको गाडीहरुले छ÷छ महिनामा रोडपर्मिेट, जाँचपास, प्रदूषण चेकजाँच गरी राज्यलाई राजस्व तिर्छन् । घरेलु र कम्पनीमा दर्ता भई पञ्जीकरण गर्छन् । र, राज्यलाई कर तिर्छन् । तर, घरमा यस्तो प्रावधान छैन ।

घरधनीहरु घर बनाउँछन् अनि आफ्नो निजी सम्पत्ति भन्दै चर्को मूल्यमा भाडामा लगाएर ठग्छन् । यद्यपि, यहाँबाट राज्यले केही पनि पाइरहेको छैन । जग्गा दलालीहरुले खेतीयोग्य जमिन सबै प्लाटिङ गरेर आनाको पाँच हजार नपर्ने जग्गा करोडमा बेचे । त्यो जग्गामा घरैघर बनेको छ । अहिले मुलुकमा खाद्यान्न संकटको समेत संकेत देखिएको छ ।

किनकि विदेशीले खाद्यान्न नपठाए हामी नेपाली भोकभोकै मर्नुपर्ने हुन्छ । तर, सरकारलाई केही मतलब छैन । सहरी विकास मन्त्रालय न सहरी व्यवस्थित बनाउन सक्छ न त घर भाडा नै निर्धारण गर्न सक्छ । भूमि मन्त्रालयले पनि खेतीयोग्य जमिन बचाउन सकिरहेको छैन । अर्थ मन्त्रालय पनि राजस्व उठाउन चासो दिदैंन ।

दश लाखभन्दा बढी लगानी गरिएको घरलाई अनिवार्य घरेलु र कम्पनीमा दर्ता गरी पञ्जीकरण गर्नुपर्ने व्यवस्था गरिएमा यहाँबाट धेरै राजस्व आउने छ । राज्यको ढुकुटीमा राजस्वको ओइरो लाग्नेछ । व्यक्ति तथा बैंक, वित्तिय संस्था सबैको लगानी घरजग्गा र निजी प्लेटको सवारीसाधनमा छ ।

निजी प्लेटको एउटै सवारीसाधनमा तीन लाखदेखि २५ करोडसम्म लगानी गरिएको पाइन्छ । यात्रु बोकेर दैनिक तीन हजारदेखि दश हजारसम्म आम्दानी गर्छन् । तर, सार्वजनिक यातायातजसरी राज्यलाई कर तिर्दैनन् । यस्ता गाडीले न त छ÷छ महिनामा रोडपर्मिेट, जाँचपास, प्रदूषणको राजस्व तिर्छन् न त घरेलु र कम्पनीमा दर्ता भई पञ्जीकरण नै गर्छन् ।

अर्थमन्त्री वर्षमान पुन राजस्व कसरी उठाउने ? भनेर योजना बनाउनुको साटो सेयर लगानीकर्तालाई राजस्व छुट दिने निर्णय गरिरहेका छन् । अहिले बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर दलालीहरु १७ सयमा बेचिरहेका छन् । फेरि त्यो नामसारी गर्दा राज्यलाई सय रुपैयाँको मात्र राजस्व तिर्छन् । त्यसमा पनि अर्थमन्त्री पुन छुट दिने निर्णय गरिरहेका छन् ।

अझै अर्थमन्त्री राजस्व नउठाउने अनि राज्य विदेशी ऋण ताक्ने ? यो कहिलेसम्म ? अब सरकारले विदेशीसँग ऋण लिने होइन, राजस्व उठाउनुपर्छ । अर्कोतर्फ, अनुगमनमा तीव्रता दिनुपर्छ । घरधनीहरुको लुटको धन्दा बन्द गरिनैपर्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उद्योगी राज्यलाई कर छल्ने, राजनीतिक दलहरु सहयोग गर्ने अनि सरकार…

काठमाडाैँ । विद्युत प्रयोग गर्ने तर महसुस भुक्तानी नगर्ने उद्योगीहरुको संख्या बढ्दो छ । सरकारले पटक—पटक महसुस भुक्तानी गर्न आग्रह

‘नेता र तिनका कार्यकर्ताले बनाए देश ‘ध्वस्त’’

राजनीति देश र जनताको सेवा हो । राजनीतिमा लाग्ने व्यक्ति त्यागी हुनुपर्छ । ऊ आफ्नो व्यक्तिगत स्वार्थ छोडेर देश र

क्यास नबोक्नु मेरो गल्ती होर ?

हरेक दिन २ पटक यातायात व्यवस्था कार्यालय अगाडीकै बाटो हिँड्ने म लाइसेन्स रिन्यू गर्ने बेला भएको छ भन्ने थाहा हुँदाहुँदै

‘चिसो भयो भन्दैमा कतैबाट पनि हावा छिर्न नदिनेगरी बस्नु हुँदैन’

जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी

कोप–२८ः चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको

युएई । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) संयुक्त अरब इमिरेट्सको दुबईमा यही मङ्सिर १४ गते

संविधानले सम्झिएका सुशील र सुवास

नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्यो होला ? नेपालमा दुई–दुईपटक संविधानसभाको निर्वाचन गरेर

Techie IT