Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठबिचार‘वर्तमान संकट पाखा लगाइएका राजा वा राजसंस्थाबाट होइन’

‘वर्तमान संकट पाखा लगाइएका राजा वा राजसंस्थाबाट होइन’


राजनीतिक दल वा नेताहरूले आपसमा एकता गर्ने, सहकार्य गर्ने वा मोर्चा बनाउने कार्य स्वाभाविक अभ्यास हो। तर सोमबार घोषणा गरिएको ‘समाजवादी मोर्चा’का अधिकांश नेताहरू र खासगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोर्चाको गठन प्रतिगमन र प्रतिगामी शक्तिका विरुद्ध युद्धको घोषणा भएको उल्लेख गर्नुभयो।

प्रतिगामी शक्ति भनेर उहाँले राजसंस्था र हिन्दुराष्ट्र पक्षधर एवं संघीयता विरोधी शक्तिहरूलाई इंगित गर्नुभएको बुझ्न गाह्रो छैन। प्रधानमन्त्री प्रचण्डलाई मेरो प्रश्न( कतिञ्जेल प्रतिगमनको खतरा देखाएर देश र जनताको शोषण गर्नुहुन्छरु देशलाई वर्तमान संकटको दलदलमा फसाउने काम १७ वर्ष अघि पाखा लगाइएका राजा वा राजसंस्थाबाट होइन।

अहिले लोकतन्त्रको आवरणमा ब्रम्हलुट कायम छ, नेताहरूमा विदेशीको सामु घुँडा टेक्ने आत्मसमर्पणवादी मानसिकता हावी भएको छ। विदेशीहरूको चलखेल र हस्तक्षेप बढेको छ। सनातन धर्म संस्कृतिमाथि निरन्तर आक्रमण जारी छ, अर्थतन्त्र संकटग्रस्त छ, देशभित्र रोजगारी नपाएर लाखौँ युवाहरू विदेश पलायन हुन बाध्य भएका छन्।

यो अवस्थाको सिर्जना कसले गरेको होरु राजा वा हिन्दुवादीहरूले होरु वास्तवमा २०६३ सालको राजनीतिक परिवर्तनपछि आमुल परिवर्तनको नाममा अबलम्बन गरिएको अवधारणा र राष्ट्रनिर्माणको मार्गचित्र नै गलत थियो।

देशले भोग्नु परेको रोग,भोक, अशिक्षा,गरिबी र पछ्यौटेपनको ‌मूलकारण राजसंस्था, हिन्दुराष्ट्र र एकात्मक राज्य प्रणाली दोषी हुन् भन्ने भाष्य नै गलत थियो। यस्ता त्रुटि र कमजोरीहरू सच्याएर देश र जनताको हितमा काम गर्नुको सट्टा अमुर्त र भ्रामक त्राश सिर्जना गर्नु हाल विद्यमान कुशासन, भ्रष्टाचार र अराजकतालाई निरन्तरता दिने चाहना र बहाना मात्र हो।

यस अवस्थामा राष्ट्रियता र प्रजातन्त्रको संरक्षण, सनातन धर्म संस्कृतिको रक्षा एवं सुशासनको माध्यमबाट नेपाली जनताको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिहरूका बीचमा सहकार्य र एकता आजको आवश्यकता हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं’

आदरणीय केन्द्रीय समिति सदस्यहरू, प्रिय सभापति ज्यू, पार्टी सचिवालयको निर्णयपश्चात, देशको ३८ वटा जिल्लाको माटो छोई, समीक्षा यात्रा गरी पार्टी

तालाबन्दी आवरणमा नेता पत्रकारको पद लोलुपता र स्वार्थको रोइलो

नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचन २०८१ जेठ २६ गते एकसाथ गर्ने कार्यतालिका सार्वजनिक भएलगत्तै सो निर्वाचनमा

उद्योगी राज्यलाई कर छल्ने, राजनीतिक दलहरु सहयोग गर्ने अनि सरकार…

काठमाडाैँ । विद्युत प्रयोग गर्ने तर महसुस भुक्तानी नगर्ने उद्योगीहरुको संख्या बढ्दो छ । सरकारले पटक—पटक महसुस भुक्तानी गर्न आग्रह

‘नेता र तिनका कार्यकर्ताले बनाए देश ‘ध्वस्त’’

राजनीति देश र जनताको सेवा हो । राजनीतिमा लाग्ने व्यक्ति त्यागी हुनुपर्छ । ऊ आफ्नो व्यक्तिगत स्वार्थ छोडेर देश र

घरभाडा निर्धारण गर्ने काम कसको ?

काठमाडौँ । मुलुकमा तीन वटा सरकार छ, स्थानीय, प्रदेश र संघीय । तर, तीन वटै सरकारले घर भाडा निर्धारण गरेको

क्यास नबोक्नु मेरो गल्ती होर ?

हरेक दिन २ पटक यातायात व्यवस्था कार्यालय अगाडीकै बाटो हिँड्ने म लाइसेन्स रिन्यू गर्ने बेला भएको छ भन्ने थाहा हुँदाहुँदै

Techie IT