Techie IT
२०८१ वैशाख २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठबिचारकोशी प्रदेशः नामाकरणमा पहिचान खोज्नेहरूको कुँडिएको मन कसरी शान्त पार्ने?

कोशी प्रदेशः नामाकरणमा पहिचान खोज्नेहरूको कुँडिएको मन कसरी शान्त पार्ने?


प्रदेश १ को नामाकरण कोशी सङ्ग्–सङ्गै, यो प्रदेशको माहोल तातिएको छ, पहिचानवादीहरु आफ्नो अस्तित्वमा हमला भएको, आफ्नो संस्कृतीमाथि अपहेलना भएको अनि आफ्नो अधिकारमाथी जबर्जस्ती कुठाराघात भएको भन्दै अन्दोलित भएका छन्। यही आन्दोलनको क्रममा एक पहिचानवादी व्यक्तिले सहादत प्राप्त गरिसकेका छन् भने कैयौ घाइते भएका छन्। त्यस्तै गरी आदोलनकारिको तर्फबाट पनि प्रदेश राज्यका राजनैतिक प्रतिनिधिहरुविरुद्ध कयौं आक्रमणको प्रयास भएको देखिन्छ। राज्यले यो र त्यो को आधारमा अन्दोलनकारिहरुलार्र्इ बेवस्ता गरिनुहुन्नथ्यो र गरिनुहुँदैन किनकी पहिचानको लडाई साह्रै दर्दानक अनि खतरनाक हुन् सक्छ तसर्थ यसलाई सही तवरले सही समयमा सम्बोधन गर्नु हामी सम्पूर्ण प्रदेशवासी अनि देशवासीको निम्ति फलदायी हुनेछ। त्यस्तै गरी पहिचानका पक्षधर टोलीले पनि आन्दोलनको उद्देश्य पूर्तिका लागि पहिचानवादीहरु भित्रैमात्र एक नामको सङ्कल्पमा पुगेर बिभिन्न नाममा नअल्झेर प्रदेश र देशलाइ सहज र सरल हुने वातावरण निर्माणगर्नु एक चरम उत्तरदायित्व निर्वाह गर्नुपर्दछ। दुवै पक्षले बराबरी लिने दिने गरी सही ठाउँमा समझदारी होस्।

कोशी प्रदेश अहिले सम्वेदनशिल घडिमा आइपुगेको छ किनकी यहाँका मुलबासीहरु प्रदेशको नाममा असन्तुष्ट भए सङ्ग्–सङ्गै आक्रामकस्थितिमा नै पुगिसकेको छ।प्रदेश सरकारले पनि बास्तवमै भन्ने हो भन्ने सभासदहरुलाइ नाम रोज्नको निम्ति अवसर दिएकै थिए, जसले प्रदेशभरिबाट प्रतिनिधित्व गरेर नै आएका हुन् तर ति प्रतिनिधिहरुले जनताको आवाज नसुनेर मात्रै पार्टीका नेताहरुको मात्रै बोली सुनेको हुकुम सुनेको पहिचानवादीहरुको स्पष्ट दाबी छ। त्यस्तै, उनिहरुले बिभिन्न सभासदहरुलार्इ आफ्नो प्रतिनिधित्व गरेको क्षेत्रमा जान नै बहिस्कार गरिसकेका छन्। यि बिभिन्न दबाबपछि अवश्य नै केही पार्टीहरुले सरकारबाट आफ्नो समर्थन फिर्ता सङ्ग्–सङ्गै सरकारबाट बाहिरीसकेका छन् भने नेपाली कांग्रेसका केही जिल्लाका पार्टी सभापतिहरुले कोशी नामको बिकल्पमा सोच्नका लागि सरकारको ध्यानाकर्षण गर्न बिज्ञप्ती निकालिसकेका छन्। तर किन सबै पापार्टीहरु यो आन्दोलनको सुनुवाइमा ढिला भइरहेको छ। यो गम्भीर अनि सोचनिय बिषय रहेको छ। जे होस अब सबैको ध्यान खिचिएको छ यो पहिचानको आन्दोलनमा अव यो आन्दोलन यहा भन्दा पर पुग्नु अगावै सबै पक्षबाट सम्बोधन होस प्रदेशमा बस्ने सबैलार्इ केही न केही तवरबाट नामले सम्बोधन गरोस्, यो छ मेरो कामना।

अब चर्चा गरौँ छोटकरीमा किरातकोः नेपालको इतिहासलाइ सरसर्ती हेर्दा नेपालमा बिधिगत तवरले शासन सुरु भएको किरात कालबाट नै हो, जुन यलम्बर ले ८०० बि.सि. सुरु गरेका थिए, नेपालमाथि विजय गरे पश्चात। यलम्बर बहुत सक्तिशाली अनि बहादुर थिए भन्ने खोज अनुसन्धानबाट थाह हुन्छ। उनी महाभारतको लडाइमा प्रत्यक्षदर्शीका रुपमा गएका थिए रे। आजसम्म पनि काठमाडौँका नेवारहरुले उनको टाउकोलाई काल भैरबको रुपमा एक भगवानको रुपमा पुजेको कुराले थप पुष्टी गर्दछ, उनमा साच्चिकै दैविक शक्ति थियो वा उनि भगवान् कै रुप हुन्। उनको समयमा नेपाल त्रिशुली नदीबाट टिष्टा नदीसम्म थियो। किरातीहरु सबै जातजाती भाषभाषीहरुप्रति किरात कालबाट नै सचेत थिए अनि सबैलार्इ समान रुपमा हेर्दथे भन्ने कुरा किरात कालमा काठमाडौँमा गौतम बुद्द आएको र बौद्द धर्मको प्रचार–प्रसार गरेको कुरा अनि मौर्यका सम्राट अषोक आएर उनले पनि आफ्नो धर्मको प्रचार गरेका थिए। यसको मतलव किरातहरु सबैसङ्ग सौहाद्र अनि सहनशिल थिए परापुर्ब कालबाट नै। तर, समयको चक्र सङ्गै राजा गस्तिको पालामा लिच्छबीहरुबाट हार ब्यहोरेपछि किरातहरु बनेपा धुलिखेल हुँदै पुर्वका अहिलेको कोशी प्रदेश ४५० सि. ई. तिर गएका हुन्। उनिहरुले आफ्नो नयाँ राज्यको निर्माण सङ–सङ्गै नयाँ नाम राखेका हुन्, वल्लो किरातः सुनुवारको राज्य, माझ किरातः खम्बुको राज्य, अनि पल्लो किरात लिम्बुको राज्य, यसरी राज्य निर्माण निर्माण भयो किरातको पुर्बमा, यसरी एक हारेर गएको राज्य तिन राज्य बन्यो पुर्बमा तर कसरी? यो अर्को अध्ययनको बिषय हो।

समय अघि बढिरहेकै थियो। किरात राज्यहरु स–साना राज्यहरुमै सिमित थिए तत्कालिन भारतमा मुसलमान राजाहरुसङ्ग आफ्नो राज्य हार खाएपछि खसहरु पुर्बका माझ किरात, वल्लो किरात अनि पल्लो किरातमा शरण लिन आए जुन बिशाल रिदयका किरातहरुले सहर्श स्विकार गरे। समयक्रमसङ्गै गोर्खाको पृथ्वीनारायणा शाहको उदय भयो, जो बहादुर, चतुर अनि दुर्दर्शी थिए, उनले आधुनिक नेपालको निर्माण बिभिन्न स–साना राज्यहरुलार्इ जित्दै गरेको इतिहास छ। उनले बिभिन्न राज्य जितिरहेको बेला यता खोटाङका पोखरेलहरुलार्इ किरात राज्यको मुनी आफु बस्न मन परिरहेको थिएन उनैले गएर पृथ्वीनारयाण साहको फौर्जीमाझ किरातमा बोलाएर षड्यन्त्रपूर्वक माज किरातलार्इ हराएको इतिहास जानकारहरु बताउँछन्।

यता, पल्लो किरातका राजाहरुले मकवानपुरका सेनलार्र्इ मानार्थ राजाका रुपमा मानिरहेका थिए रे। जबा उनिहरुले युद्द हारे पृथ्बीनारायणसँग पल्लो किरातले किपटको नाममा बिना युद्द नै पृथ्वीनारायणको फौजसङ सम्झौता गरे, वल्लो किरात सानो भएकोले पृथ्वीनारायणको फौजलार्इ सजिलो भयो माझ किरात पश्चात बिजय गर्न। जब जुन–जुन राज्य जिते पृथ्वीनारायण शाहले उनले त्यो ठाउँमा आफ्नो अधिपत्य देखाउन अधिकार जमाउन त्यहाँको मौलिकतामाथि मौलिक्ता स्थपित गर्ने नाममा राज्यको नाम परिवर्तन गरे फलस्वरुप पल्लो किरात लिम्बुवान, बन्यो, माझ किरात खम्बुवान बन्यो। त्यस्तै अन्य ठाउँमा तमुवान्, थारुवान आदिको नामकारण भयो। किनकी पृथ्वीनारायण शाहको उदय हुनु अघि यस्तो कुनै नाम थियन। यो वान लिम्बु, राइ, सुनुवार्, गुरुङ्, मगर्, थारु कसैको भाषाको शब्द नभएर सस्कृत भाषाको शब्द हो।

मैले किन सक्षिप्त रुपमा किरात इतिहासलाइ राखेको हो भने अहिले अब प्रदेशको पुनः नमाङ्न गर्दाचाँही सक्दो प्रदेशमा बस्ने प्रदेशवासीलाई समेट्न सकोस भनेर हो। नत्र जसरी पहिले खोटाङका पोखरेलले आफुलार्इ शरण दिने कै बिरुद्दमा आफ्नो पहिचान झल्काउनको निम्ती गोर्खाली राजासँग मिलि माझ किरातसङ्गै वल्लो–पल्लो किरात ध्वस्त बनायो त्यो नहोला भन्न सकिन्न।अनी जसरी आज कोशी नामकोविरुद्ध आन्दोलन चर्किरहेको छ आफ्नो इतिहासको निम्ति, पहिचानको निम्ति त्यो भोली फेरि नहोला भन्न सकिन्न। हुन त किरात प्रदेश राख्यो भने किरातको पुराना इतिहासहरुलार्इ पुनर्जागरण गरेर प्रदेश १ लार्र्इ ऐतिहासिक थाक थलो बनाएर बिकासको मुल फुटाउन सकिन्छ भन्ने दाबी छ केही पहिचान वादीहरुको। हो वास्तवमै भन्न लायक बोल्न लायक धेरै गढीका इतिहासहरु बेखबर छन, यो प्रदेशमा। हुन त अहिले नै पनि सम्भव छ, तर राज्यले नै बोलिदिए सुनमा सुगन्ध अवश्य नै हो। भन्छन् किरात एक भुगोल मात्र हैन्, यो सभ्यता पनि हो, यो एक सभ्यता मात्र हैन एक नेपालको पौराणिक इतिहास पनि हो, यो इतिहास मात्र हैन, यो वर्तमान अनि भविष्य पनि हो भन्छन्। किरात भित्रका हाङ्गाहरु हुन् रार्इ, लिम्बु, सुनुवार्, धिमाल्, थारु, कोचे मेचे, नेवार, आदी। लिम्बु, रार्इ अनि सुनुवारले त आफ्नो जातिय संस्थाको अगाडि नै किरात शब्द जोडेका छन्, जस्तैः किरात याख्थुम चुम्लुङ आदी। भन्छन् किरात सभ्यताभित्र खसहरुको मौलिकता पनि झल्किन्छ अनि सुरक्षित छ। क्षेत्री, बाहुन सबै किरात सभ्यताको एक अंश नै हो रे माझ किरात्, वल्लो किरात अनि पल्लो किरात, यसलाइ मान्ने हो भने कोशी हटाएर किरात राख्दा सबैलाइ अटाउने नै हो, अनि सबैलाइ शान्ती मिल्ने नै हो। तसर्थ यो अर्थमा किरात प्रदेश उत्तम प्रदेश हुन सक्छ।

हामीले बुझ्नुपर्ने कुरा सिक्कामा सँधै दुर्इ पाटा हुन्छ। एक पाटालार्इ मात्रै हरेर त्यसको मुल्याङ्कन गर्नु भयानक हुन सक्छ। तसर्थ दुर्इवटै पाटालाइ हेर्नुपर्ने हुन्छ त्यो सिक्काको सही मुल्य थाहा पाउनलार्इ। तसर्थ अर्को पंक्तिको कुरालाइ हेर्ने हो भने कोशीले गर्दा नै कोशीको पानी भएकै कारण सभ्यताको सुरुवात भयो रे! कोशी नामले खस जातिलार्इ क्षेत्री बाहुनलार्इ प्रतिनिधित्व गर्छ रे! वास्तबमा भन्ने हो भने हाम्रो मुख्य उदेश्य इतिहासलार्इ साक्षी राखेर इतिहासलाइ बोकेर बर्तमानमा टेकेर भबिष्यको सुनिश्चितता कायम राख्ने हुनुपर्छ। आजको कदम भोलीको निम्ति बिबादरहित हुनुपर्छ। तसर्थ सम्पुर्ण प्रदेशबासी जात जाती जुटेर सबैलार्इ समेटन सक्ने किरात्–कोशी नाम राख्दा पनि उपयुक्त नै देखिन्छ। जे होस् जे नाम राख्दा पनि भोली बिबाद नआउने हुनुपर्छ।

अन्त्यमा सबैभन्दा ठूलो मानवता हो, सबैभन्दा असली कर्म समाझदारी अनि बलिदानी नै हो। यो यस्तो महत्वपुर्ण घडीमा आफ्नो लागि होइन, अरुको निम्ति बलिदानी दिउन्। सबैलाइ दिलमा अटाउन सक्ने दिलको निर्माण गरौं। यहा सभ्यता पनि बचोस्, इतिहास पनि बचोस्, बर्तमान पनि बचोस अनि भबिष्य पनि बचोस्। यहा यो प्रदेशमा सबै बचोस अनि सबै फलोस फुलोस त्यस्तो नामको पुन्ः नामाङ्कन होस्। शुभकामना।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘नेता र तिनका कार्यकर्ताले बनाए देश ‘ध्वस्त’’

राजनीति देश र जनताको सेवा हो । राजनीतिमा लाग्ने व्यक्ति त्यागी हुनुपर्छ । ऊ आफ्नो व्यक्तिगत स्वार्थ छोडेर देश र

घरभाडा निर्धारण गर्ने काम कसको ?

काठमाडौँ । मुलुकमा तीन वटा सरकार छ, स्थानीय, प्रदेश र संघीय । तर, तीन वटै सरकारले घर भाडा निर्धारण गरेको

क्यास नबोक्नु मेरो गल्ती होर ?

हरेक दिन २ पटक यातायात व्यवस्था कार्यालय अगाडीकै बाटो हिँड्ने म लाइसेन्स रिन्यू गर्ने बेला भएको छ भन्ने थाहा हुँदाहुँदै

‘चिसो भयो भन्दैमा कतैबाट पनि हावा छिर्न नदिनेगरी बस्नु हुँदैन’

जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी

कोप–२८ः चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको

युएई । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) संयुक्त अरब इमिरेट्सको दुबईमा यही मङ्सिर १४ गते

संविधानले सम्झिएका सुशील र सुवास

नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्यो होला ? नेपालमा दुई–दुईपटक संविधानसभाको निर्वाचन गरेर

Techie IT