Techie IT
२०८२ असार २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलअङ्ग्रेजी नयाँ वर्षमा फेवा किनारमा ‘पोखरा कप अन्तर क्लब’ भलिबल

अङ्ग्रेजी नयाँ वर्षमा फेवा किनारमा ‘पोखरा कप अन्तर क्लब’ भलिबल


कास्की । पर्यटकीय सहर पोखराको फेवाताल किनारमा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर ‘पोखरा कप अन्तर क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता’ सञ्चालनको तयारी गरिएको छ ।

स्थानीय स्तरबाट देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले पोखरा महानगरपालिका भलिबल सङ्घको आयोजनामा आगामी पुस १४ देखि १६ गतेसम्म फेवाताल किनार बसुन्धरा पार्कमा प्रतियोगिता हुँदैछ ।

रेष्टुरेन्ट एन्ड बार एसोसिएसन ९रेबान० पोखराले आयोजना गर्दै आएको सडक महोत्सवको २५औँ संस्करणको आकर्षणका रुपमा सो प्रतियोगिता हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतियोगितामा १२ वटा टोली सहभागी हुने आयोजकको अनुमान छ ।

प्रतियोगितामा पोखराबाहिरका क्लब पनि सहभागी हुन पाउने र टोलीमा दुईजनासम्म राष्ट्रिय खेलाडी समावेश गर्न पाइने सङ्घका अध्यक्ष एवं खेल संयोजक रामबहादुर लामिछानेले बताए ।

उनका अनुसार प्रतियोगिताको विजेताले रु एक लाख ११ हजार एक सय ११ र उपविजेताले रु ७७ हजार सात सय ७७ सहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।

यसैगरी ‘बेस्ट सेटर’, ‘बेस्ट स्पाइकर’, ‘बेस्ट सर्भर’, ‘बेस्ट ब्लकर’, ‘बेस्ट डिफेन्डर’ले जनही रु तीन हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु १० हजारसहित कप र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले जनाएको छ । अध्यक्ष लामिछानेले स्थानीय स्तरबाट खेलाडी उत्पादनमा प्रतियोगिताले सघाउने विश्वास लिइएको बताए ।

सामुदायिक एवं संस्थागत विद्यालयमा रहेका भलिबल खेलाडीलाई प्रतियोगिताले भलिबल खेलप्रति ऊर्जा भर्ने आयोजकको भनाइ छ ।

‘स्रस्टालाई सम्मान, नयाँ पुस्तालाई प्रोत्सहान’ भन्ने उद्देश्यका साथ आयोजना हुने प्रतियोगिता पोखरा महानगर खेलकुद विकास समितिको समन्वय तथा पोखरा महानगरपालिका प्रवद्र्धक रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल एएफसी महिला एसियन कप फुटबलमा छनोट हुन असफल

काठमाडौं । घरेलु टिम उज्वेकिस्तानसँग पराजित भएपछि नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । शनिबार राति

एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्ने

काठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जित

काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर

Techie IT