Techie IT
२०८२ असार २६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थ‘भरतपुर भ्रमण वर्ष २०२४’ का लागि चितवन राष्ट्रिय निकुञ्जको यस्तो छ तयारी

‘भरतपुर भ्रमण वर्ष २०२४’ का लागि चितवन राष्ट्रिय निकुञ्जको यस्तो छ तयारी


चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भरतपुर भ्रमण वर्ष २०२४ को लागि तयारी थालिएको छ । फागुन १८ गतेदेखि सुरु हुने भरतपुर भ्रमण वर्षको लागि निकुञ्जसँगै जोडिएका मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वनमा पनि तयारीलाई तीब्र पारिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीका अनुसार मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वन, बाटुली पोखरी, किङ फिसर ताल, बीस हजारी तालमा सरसफाईको काम भइसकेको छ ।

भरतपुर भ्रमण वर्षको मुख्य पर्यटकीय गन्तव्य रहेको निकुञ्ज हो । निकुञ्जले यहाँ रहेका जीप सफारीको पुराना रुटमा पनि सरसफाई गरिसकेको छ । निकुञ्जका सूचना अधिकारी तिवारीले पर्यटकीय स्थलमा नक्सा (म्याप) पनि राख्ने काम पनि गरिएको जानकारी दिए ।

निकुञ्जभित्र रहेका ताल, पोखरी र घाँसे मैदानलाई पनि व्यवस्थित बनाउने निकुञ्जको वार्षिक कार्यक्रम अनुसार अगाडि बढाइएको सूचना अधिकारी तिवारीले बताए ।
मेघौली क्षेत्रका सामुदायिक वनका प्रवेश द्धारलाई श्रंगार गर्ने काम गरिएको छ भने निकुञ्जको हेटक्वाटर कसरामा सरसफाई र रङ रोगनका कार्य भएको छ । भ्रमण वर्षमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागत गर्ने गरी व्यवस्था मिलाइएको छ ।

भ्रमण वर्षमा भरतपुर आउने प्रकृति पर्यटकलाई निकुञ्जभित्र हुने पर्यटन गतिविधिलाई सहज बनाउन मिल्ने कामलाई तीब्रता दिएको उहाँको भनाइ छ । निकुञ्ज जीप तथा हात्ती सफारीको लागि प्रख्यात मानिन्छ ।

यस्तै भरतपुर ६ देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा बाघ राख्न मिल्ने गरी बनाइएको केजको निर्माण कार्य पनि पुरा भएको निकुञ्जले जनाएको छ । उद्धार केन्द्रकै कम्पाण्डमा गैँडालाई राख्न मिल्ने गरी तारबारको काम पनि अहिले भइरहेको छ । निकुञ्ज घुम्न आउने पर्यटकले पाटे बाघ र गैँडा देख्न नपाएको खण्डमा सहज तरिकाबाट देखाउने उदेश्यले चिडिया घर शैलीमा उद्धार केन्द्रलाई निर्माण गरिएको हो ।
निकुञ्जमा समय र परिस्थिति नमिलेको अवस्था वन्यजन्तु नदेखि सम्भावना रहन्छ । पर्यटकलाई बाघ र गैँडा देख्न पाईयो भन्ने आभाष दिलाउन केभभित्र बाघ राख्ने तयारी गरिएको हो । फागुनको पहिलो साता बाघलाई केभमा राख्ने निकुञ्जको तयारी छ ।

निकुञ्जले टिकटलाई अनलाईन र डिजिटल बनाउने सम्बन्धमा निकुञ्ज विभागलाई पत्रचार गरेको छ । भ्रमण वर्षमा पर्यटकको चाप वृद्धि हुने र टिकट काट्न असहज हुने अनुमानका साथ टिकट प्रणालीलाई अनलाईन बनाउने पहल भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जाले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

Techie IT