Techie IT
२०८१ भदौ २६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थशरद ऋतुमा हिमाल आरोहणका लागि अनुमति

शरद ऋतुमा हिमाल आरोहणका लागि अनुमति


काठमाडौँ । यस वर्षको शरद ऋतु (अटम सिजन)मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन् ।

पर्यटन विभागकानुसार यस सिजनका लागि हालसम्म १२ आरोही समूहका ३४ महिला र ३८ पुरुष गरी एक सय ३२ जनाले आरोहण अनुमति लिइसकेका छन् । विभागको पर्वतारोहण शाखाको तथ्याङ्गअनुसार सबैभन्दा धेरै मनास्लु हिमाल आरोहणमा ३२ महिला र ८८ पुरुष गरी १० आरोही समूहका एक सय २० जनाले अनुमति लिएका छन् ।

तीन हिमाल आरोहणका लागि नेपालसहित ३१ देशका आरोहीले अनुमति लिएका छन् । किलर माउन्टेनको रूपमा परिचित आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल पछिल्लो समय आरोहीको सर्वाधिक रोजाइमा पर्न थालेको छ । यसपटक पनि सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि अनुमति लिइएको छ ।

शरद ऋतु मनास्लु हिमाल आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यही समयमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन् ।

मनास्लु हिमाल विश्वको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो । सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले मनास्लुको सफल आरोहण गरेका थिए । त्यसको दुई दिनपछि अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लु आरोहण गरेको रेकर्ड छ । सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनास्लु आरोहण गरेका थिए ।

यस्तै, पुथा हिउँचुली आरोहणका लागि एक आरोही समूहका सात र अन्नपूर्ण चौथोका लागि एक आरोही समूहका पाँच जनाले अनुमति लिएको विभागले उल्लेख गरेको छ । यस सिजनका लागि हिमाल आरोहणबापत एक करोड ३० लाख ९६ हजार दुई सय ६४ रोयल्टी सरकारी खातामा जम्मा भएको जनाइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भूकम्प र कोरोनापछि खस्किएको अर्थतन्त्रमा सुधार भएको छ: गभर्नर अधिकारी

ललितपुर । नेपाल राष्ट्र बैंकका गभर्नर डा महाप्रसाद अधिकारीले भूकम्प र कोरोनापछि खस्किएको अर्थतन्त्र पछिल्लो दुई वर्षमा सुधार भएको बताएका

नेप्से परिसूचकमा उच्च अंकले बृद्धि

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले बृद्धि भएको छ । बिहीबार ७८ अंकले

वैदेशिक लगानी उच्च प्राथमिकता छ: मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताएका छन्

नेपालकै पहिलो ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा, ५० प्रतिशत क्यासब्याक

काठमाडाैँ । सिटिजन्स बैंकले फोनपेसँगको सहकार्यमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नेपालको

वर्तमान सरकारले जनतामा आशा जगाएको ऊर्जामन्त्रीको दाबी

विराटनगर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्तमान सरकारले जनतामा आशा जगाएको बताएका छन् । नेपाली कांग्रेस मोरङ जिल्ला

दशैंका लागि असोज १३ गतेबाट सुकिला नोट साट्न पाइने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि दशैँलक्षित नोट सटही सुविधा खुला गर्ने भएको छ। बैंकले असोज १३ गतेदेखि

Techie IT