Techie IT
२०८१ मंसीर २५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीधादिङको गंगाजमुनामा एकादशी मेलाको रौनक

धादिङको गंगाजमुनामा एकादशी मेलाको रौनक


धादिङ । एक हजार तीन सय वर्ष पुरानो ईतिहास बोकेको उत्तरी धादिङको गंगा-जमुना गाउँपालिकामा लाग्ने हरिबोधिनी एकादशी मेला हिजोदेखि सुरु भएको छ । मेला आज साँझसम्म लाग्ने छ ।

एकादशीको दिन बिहान गङ्गा जमुनाको छहरामा स्नान गरी डोली तार्ने, बत्ती सेलाउने र पहरामा रहेको भगवान गंगा जमुनाको दर्शन गरी फर्किने चलन छ ।

हरिबोधिनी एकादशीमा भगवान् विष्णु एवं नारायणको पूजा हुने गरे पनि गङ्गा जमुनामा भने महादेवको पूजा हुने गरेको छ । गङ्गा जमुना झरनासँगै रहेको कुकुर धारोमा नुहाउनेको पनि त्यहाँ घुइँचो लाग्छ ।

विशेषगरी वर्षभरि कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष हराउने धार्मिक विश्वास रहेकोले कुकुर धारोमा नुहाउने चलन रहेको छ ।

मेला भर्न धादिङका विभिन्न स्थानका साथै छिमेकी जिल्ला रसुवा, नुवाकोट, चितवन, गोर्खा, तनहुँ, कास्की, काठमाडौँलगायतका ठाउँबाट भक्तजन यहाँ आउने गर्छन् ।

एकादशीको राति झाँक्री नाचको रौनक अझ छुट्टै देखिन्छ । भाकल बुझाउन वा दर्शन गर्न आउनेले रातभर आ-आफ्नो पहिरनअनुसारको कला देखाउँछन् ।

गंगा र जमुना नाम गरेका दुई छोरी बेपत्ता भएको र परिवारले खोज्दै जाँदा गुफाभित्रबाट हामी यही सुरक्षित छौँ, हाम्रो यहीँ पूजापाठ गर्नुहोला भनेपछि उनै गंगा र जमुनाको सम्झनामा हरेक वर्ष गंगाजमुना माईको मेला सुरु भएको किम्बदन्ती छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चीनमा नेपालको पर्यटन प्रवर्द्धन

काठमाडौं । चीनका दुई सहरमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले चीनका ग्वान्जाउ

हुम्लामा हिमपात

हुम्ला । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी

दुर्लभ कृष्णवक्ष रातोकण्ठ चरा कञ्चनपुरमा पहिलो पटक देखियो

कञ्चनपुर । हिमालय पर्वतमालामा पाइने दुलर्भ कृष्णवक्ष रातोकण्ठ (चाइनिज रुबीथ्रोट) चरा पहिलो पटक कञ्चनपुरमा देखापरेको छ । बेलौरी नगरपालिका–७ नकैया

‘लुम्बिनी महोत्सवले सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउनेछ’

मंसिर २० गते बिहीबारदेखि भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव संचालन हुँदैछ । मुलुकभरका ठूला, घरेलु तथा साना उद्योगका उत्पादन, कृषि,

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर परीक्षण हुने

काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान

पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार

बनियानी (झापा) । जिल्लाको शिवसताक्षी नगरपालिका-१० स्थित पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार निर्माण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच नगरप्रमुख मेगाहाङ

Techie IT