Techie IT
२०८३ कात्तिक १६, आईतबार
NepaliPatra logo
गृहपृष्ठ ∕ UK ∕ गाजा युद्ध अन्त्य गर्न आवश्यक कदम नचाले प्यालेस्टाइनलाई मान्यता दिने बेलायतको घोषणा

गाजा युद्ध अन्त्य गर्न आवश्यक कदम नचाले प्यालेस्टाइनलाई मान्यता दिने बेलायतको घोषणा


लण्डन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री स्टार्मरले युद्धविराममा सहमति, मानवीय सहायता आपूर्तिको प्रतिबद्धतालगायतका शर्तहरू अघि सार्नुभएको बीबीसीले जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बेलायतको यस्तो कदमले हमासको आतङ्कलाई बढवा दिने प्रतिक्रिया दिनुभएको खबरमा उल्लेख छ ।

गाजामा मानवीय अवस्थाको सुधार र दुई–देशबीचको समस्या समाधानको सम्भावना समाप्त हुँदै गएकाले अहिले नै योजना सार्वजनिक गरेको बेलायतको भनाइ छ ।

हमासले पनि बन्धकहरू तुरुन्त मुक्त गर्न, युद्धविराममा सहमति जनाउन, हातहतियार त्याग्न र गाजाको शासनमा भाग नलिनुपर्ने बेलायतको भनाइ छ ।

फ्रान्सले पनि गएको हप्ता सेप्टेम्बरमै प्यालेस्टाइनलाई मान्यता दिने घोषणा गरिसकेको छ । अहिलेसम्म विश्वका १३९ देशले प्यालेस्टाइनलाई औपचारिक मान्यता दिइसकेका छन् ।

यसैबीचसंयुक्त राष्ट्रसङ्घले गाजा क्षेत्रमा भइरहेको भोकमरी र मानवीय सङ्कट अत्यन्तै गम्भीर बन्दै गएको जनाएको छ ।

खाद्य सुरक्षा मूल्याङ्कन निकाय (आईपीसी) ले गाजाको धेरैजसो क्षेत्रमा भोकमरीको अवस्था गम्भीर तह पार गरिसकेको जनाएको एएफपीले जनाएको छ ।

यदि तुरुन्तै राहत सामग्री सहज रूपमा गाजामा प्रवेश गर्न नदिए स्थिति झनै डरलाग्दो हुने संयुक्त राष्ट्रसङ्घले चेतावनी समेत दिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन

लण्डन । नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन भएकी छिन् । जुलाई २५ देखि २७ सम्म डरहममा

शङ्कर पोखरेल बेलायतमा

लण्डन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल बेलायत आइपुगेका छन् । अन्तर्राष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन

लन्डनमा स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमाल

काठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा

स्पेनमा भारी वर्षा, जनजीवन प्रभावित

एजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

Techie IT