ललितपुरको नखीपोटबाट ११ जुवाडे पक्राउ

काठमाडौँ । महानगरीय प्रहरीवृत्त सातदोबाटोले विभिन्न स्थानमा जुवातास खेलिरहेका ११ जुवाडेलाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका वडा नं १४ नखीपोटमा रहेको सुरज बस्नेतको घरको दोस्रो तलाबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई शनिबार नियन्त्रणमा लिएको हो । पाँचथर अमरपुर वडा नं २ घर भएका कृष्णकुमारी लिम्बूले घर भाडामा लिइ जुवातास खेलाइरहेको जनाइएको छ । विस्तृतमा


चितवन मेडिकल कलेजले बढी लिएको शुल्क समायोजन गर्ने

चितवन मेडिकल कलेजले बढी लिएको शुल्क समायोजन गर्ने

चितवन । चितवन मेडिकल कलेजले गत शैक्षिकसत्रका एमबीबीएस र बिडीएस अध्ययनरत विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन गर्ने भएको छ । कलेजले आज यहाँ पत्रकार सम्मेलन गरी कलेजले बढी लिएको शुल्कको हिसाब गरी समायोजन गर्ने जनाएको हो ।

नक्कली धानको बीउका कारण धानको उत्पादनमा गिरावट

नक्कली धानको बीउका कारण धानको उत्पादनमा गिरावट

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यले अनाधिकृत रूपमा धानको बीउ आयात गर्ने कम्पनीलाई कानूनी कारवाही गर्न र किसानलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन् ।

कुमालको पुख्र्यौली पेशा सङ्कटमा

कुमालको पुख्र्यौली पेशा सङ्कटमा

धम्बोझी । बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका –८ मा बस्ने कुमाल जातिको पुख्र्यौली पेशा सङ्कटमा पर्दै गएको छ । बर्दियाको गुलरियामा हाटबजारहरुमा माटोको दियो, गाग्रो, पाला, जातो, नदिया, सिंगारदान, चुलोसमेत बनाई आम्दानी गर्दै आएका कुमालहरुको पेशा अहिले रेडिमेड झिलीमिली बत्ती, बल्ब, भाँडाकुँडाका कारण सङ्कटमा पर्नुकोे साथै परिवार पाल्न समस्या भएको गुलरिया नगरपालिका वडा नं ८ बस्ने विशाल कुमालले बताए ।

द्वन्द्वपीडितलाई निःशुल्क मिटर

द्वन्द्वपीडितलाई निःशुल्क मिटर

बैतडी । नेपाल विद्युत् प्राधिकरणले जिल्लाका विभिन्न स्थानमा निःशुल्करुपमा मिटर वितरण गर्ने भएको छ । स्थानीय तह तथा वडाको सिफारिसका आधारमा अति गरीब, अपाङ्गता, एकल महिला, द्वन्द्वपीडितलाई विद्युत् मिटर निःशुल्करुपमा उपलब्ध गराउने नेपाल विद्युत् प्राधिकरण बैतडीका सुपरभाइजर माधवप्रसाद लेखकले बताए ।

तिमल्सिना समाजले राजधानीमा बिशेष सम्मान कार्यक्रम गर्ने

तिमल्सिना समाजले   राजधानीमा बिशेष सम्मान कार्यक्रम गर्ने

काठमाण्डौं । तिमल्सिना समाज नेपालको स्थापना दिवसका अवसरमा कार्तिक २३ गते राजधानीमा बिशेष सम्मान कार्यक्रम गरिने भएको छ ।

‘स्मार्ट’ चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने

‘स्मार्ट’ चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने

सञ्चिता घिमिरे काठमाडौं । सवारी चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने भएको छ । डेढ महिना पहिले ल्याइएको मास प्रिन्टर (ठूलो क्षमताको छपाइ उपकरण) सञ्चालनमा आएसँगै छपाइमा रहेको ढिलाइ हट्ने भएको हो ।

मुख्यमन्त्री नमूना गाउँको डिपिआर निर्माणमा स्थानीयवासीको सहभागिता

मुख्यमन्त्री नमूना गाउँको डिपिआर निर्माणमा स्थानीयवासीको सहभागिता

दमौली । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँका रुपमा छनोट भएको तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीका स्थानीयवासी गाउँको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि जुटेका छन् । पाथर्दीलाई व्यवस्थित र नमुना गाउँ बनाउने उद्देश्यसहित निर्माण गर्न लागिएको डिपिआरका लागि स्थानीयवासीले देउसीभैलोबाट रकम सङ्कलन गरेका हुन् ।

नगर सभापतिसहित अत्याधुनिक पेस्तोलसँगै छ पक्राउ

नगर सभापतिसहित अत्याधुनिक पेस्तोलसँगै छ पक्राउ

राँझा । बाँकेको जानकी गाउँपालिकाबाट प्रहरीले अत्याधुनिक पेस्तोलसहित छ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका–६ गनापुरस्थित नमस्ते रिसोर्टबाट गए राति करीब ९ बजे उनीहरुलाई पक्राउ गरेको हो ।

म्याग्दी र बागलुङमा एकाबिहानै भूकम्पको धक्का

म्याग्दी र बागलुङमा एकाबिहानै भूकम्पको धक्का

गलेश्वर । म्याग्दी र बागलुङ जिल्लाका पश्चिमी क्षेत्रका विभिन्न गाउँहरूमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५१ मिनेटमा बागलुङको अधिकारी चौरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

नीलकण्ठ नगरपालिका– ९ को वडा कार्यालयको फाइल चोरी

नीलकण्ठ नगरपालिका– ९ को वडा कार्यालयको फाइल चोरी

धादिङ । नीलकण्ठ नगरपालिका–९ को कार्यालयमा अज्ञात समूहले तोडफोड गरी चोरी गरेको छ । तिहार बिदाको समयमा ज्यामिरेमा रहेको वडा कार्यालयमा तोडफोड गरी मेलमिलापसम्बन्धी फाइल चोरी भएको वडाध्यक्ष भोजराज रेग्मीले बताए । बिहीबार वडा कार्यालय खोल्न जाँदा कार्यालय सहयोगीले कार्यालय फोरिएको सूचना दिएपछि मात्र चोरी भएको बारे थाहा पाएको वडाध्यक्ष रेग्मीले बताए ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हातमा तामाको औठी लगाउँदा हुने ७ फाइदा

हातमा तामाको औठी लगाउँदा हुने ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।

विचित्र विश्व

ब्याउँदै नब्याएको गाईले बाल्टीभरी दुध दिन थालेपछि...

ब्याउँदै नब्याएको गाईले बाल्टीभरी दुध दिन थालेपछि...

मोरङ । मोरङका एक किसानले पालेको कोरली बाछीले दुध दिन थालेको छ । नब्याई दूध दिन थालेको सो बाछीले बिहान बेलुकी गरेर ५ लिटर दुध दिंदै आएको छ । मोरङ उर्लाबारी–८ राजघाटका किसान देवीप्रसाद लामिछानेले पालेको बाछीले नब्याई दूध दिन थालेको हो । ४ बर्ष उमेरको सो बाछीले साढे २ वर्ष अघिबाट नै नियमित दूध दिदै आएको छ ।