|
साप्ताहिक समाचार (Updated Every Friday) |
|
|
सुरक्षा निकायको विद्रोह गम्भीर मोडमा 
काठमाण्डौं । असार २८ अर्थात् जुलाइ १२, विहान १० बजे । शनिबारको विदामा रमाइलो गर्न नेपालगन्जस्थित प्रहरी व्यायामशालामा जम्मा भएका मध्यपश्चिमका प्रहरी अधिकृतहरू एकाएक गोलीको आवाज सुनेर झस्किए । रक्सीको चुस्कीसग सेकुवाको तास चपाउदै ब्याटमिन्टन खेलिरहेका अधिकृतहरू बाहिर के भयो भनेर ड्युटी इन्चार्जलाई कर्डलेसबाट हप्काउन के खाजेका थिए, उल्टै उताबाट धम्की आयो, "खबरदार ! तपाईहरू हाम्रो कब्जामा परिसक्नुभएको छ । खुरुक्क तपार्इहरूको मोबाइल, कर्डलेस सबै यता दिनुस् ।" |
|
Read more...
|
|
|
प्रमुख निर्वाचन आयुक्त युकेमा |
|
लन्डन । प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले बेलायत भ्रमणका क्रममा यहाका विभिन्न वरिष्ठ अधिकारीहरुसंग भेट गर्नुभएको छ । १०-११ जुलाई मा टि्रनिटी कलेज अफ क्याम्ब्रिज युनिभर्सिटीमा आयोजित सातौं 'इलेक्टोरल डेमोक्रेसी एसेम्ली' मा सहभागी हुन ८ जुलाई बिहान लन्डन आइपुग्नुभएका पोखरेलले 'फरेन एण्ड कमनवेल्थ अफेयर्स्' राज्यमन्त्री लर्ड म्यालोक ब्राउनसंग भेट गर्नुभयो । |
|
Read more...
|
|
|
गोर्खा भर्ती कहिलेसम्म ! - गोपाल शिवाकोटी, चिन्तन अहिले भेदभाव र असमानतामा आधारित अनि नेपाल र नेपालीको अस्मिता एवम् स्वाभिमानविपरीत औपनिवेशिक चरित्रको गोर्खा भर्ती सम्झौतालाई खारेज गर्ने कि यथावत राख्ने भन्ने विवाद चर्किएको छ । जनयुद्धकालदेखि नै आफ्नो एक अभिन्न माग बनाएको गोर्खा भर्ती बन्द गर्ने विषय अहिले माओवादी शक्ति नया नेपालको गणतान्त्रिक सत्तामा सबैभन्दा शक्तिशाली हुनेभएपछि गोर्खा भर्तीका पक्षधर बेलायत, भारत र नया नेपालका पुराना नेताहरू चिन्तित हुन थालेका छन् । |
|
Read more...
|
|
|
गोर्खा भर्ती र नेहरूज् डक्टि्रन लोकेन्द्र विष्ट मगर २१ असारमा पोखरामा गोर्खा भर्तीकेन्द्र बन्द नगर्न प्रदर्शन भएछ । त्यसमा उठेका वा समेटिएका कुराहरू रोजीरोटी र सामान्यजस्ता लागे पनि सोझै राष्ट्रियता र राजनीतिसग जोडिएका छन् । पक्कै पनि माओवादीको चुनावी प्रतिबद्धतापत्रमा गोर्खा भर्तीकेन्द्र बन्द गराउने उल्लेख छ । सरकार गठनको निकटतम् घडीमा भूपू गोर्खा सैनिकहरूले माओवादीप्रति आक्रोश र चेतावनी पोखेका छन् । |
|
Read more...
|
|
|
अस्टि्रयन एयरलाइन्स टिकाउन सफल भइनँ डा. मदनकुमार भट्टराई, नेपाली राजदूत जर्मनी राजदूत भट्टराईले नेपालको परराष्ट्र सेवामा प्रवेश गरेको ३० वर्षपुग्दैछ । सन् २००४ मा परराष्ट्र मन्त्रालयमा प्रवक्ता रहदा सरकारले उहालाई जर्मनी लगायत ८ राष्ट्र हेर्नेगरी राजदूत बनाएको हो । काठमाडौंको कोटेश्वरमा जन्मेका भट्टराईले बीएस्सी, बीएलका साथै नेपाल-भारत सम्बन्धमा विद्यावारिधि गर्नुभएको छ । लोकसेवामा सर्वोत्कृष्ट भएपछि उहाको पहिलो पोस्टिङ भएको थियो कोलकातामा । नेपालको परराष्ट्र सम्बन्ध र संसदका बारेमा किताब लेख्नुभएको छ उहाले । उहा भन्नुहुन्छ, "म जहा काम गरें पनि त्यसको पृष्ठभूमि अर्कालाई नसोध्नुपरोस् भन्ने कुरामा विचार गर्छु" प्रस्तुत छ, उहा सित नेपालीपत्रका प्रबन्ध निर्देशक राजन कँडेलले गरेको कुराकानीको प्रमुख अंश : |
|
Read more...
|
|
|
विदेशमा बस्ने नेपालीको एउटै आवाज (एनआरएन) दिल गुरुङ, अध्यक्ष, एनआरएन जर्मन जर्मनीमा रहेका पुराना नेपालीमध्ये एक हुनुहुन्छ, दिल गुरुङ । उहा गैर आवासीय नेपाली संघ जर्मनी च्याप्टरको दुइ पटक अध्यक्ष रहिसक्नुभएको छ । अव उहा सक्रिय युवा साथीहरूलाई पद हस्तान्तण गर्न चाहनुहुन्छ । ५० वर्षघि मनाङको दुर्गम गाउमा जन्मनुभएका गुरुङ भन्नुहुन्छ, "धेरै मनाङेहरूको सोच कसरी धनी हुने थियो, तर मेरो बुवा चाहि छोराछोरीलाई कसरी शिक्षा दिने भन्ने बारे सोच्नु हुन्थ्यो । त्यो लामा पढाएर हुदैन, मेरो छोरालाई अंगे्रजी बोल्न सक्ने शिक्षा दिन्छु भन्नुहुन्थ्यो ।" दाजुसगै लाओसमा व्यापारमा संलग्न भएर १८ वर्षो उमेरमा आत्मनिर्भर हुनुभयो गुरुङ । २२ वर्षो उमेरमा युरोपतर्फ हानिुनुभयो । र, औषधि विज्ञानमा भर्ना हुनुभयो । त्यसपछि पनि उहाको रोजाइ व्यापार नै हुन पुग्यो । जर्मनीमा पर्यटन बोर्ड, एनआरएन र कांगे्रसको खम्बाका रुपमा परिचित गुरुङसित नेपालीपत्रका प्रबन्ध निर्देशक राजन कँडेलले गर्नुभएको वार्ता : |
|
Read more...
|
|
|
|