Techie IT
२०८२ असार २४, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपाल६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण


काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले हिजो सार्वजनिक गरेको तथ्याङ्कअनुसार, सन् २०२५ को पहिलो ६ महिनामा पाँच लाख ७७ हजार तीन सय ३३ विदेशी पर्यटक नेपाल आएका हुन् ।

गएको वर्षको यही अवधिमा पाँच लाख ८३ हजार ११ पर्यटक नेपाल आएका थिए । यसपालिको जुन महिनामा ७६ हजार चार सय २५ पर्यटक नेपाल आएका छन् । जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट आएका छन् ।

बोर्डका अनुसार भारतबाट ३२ हजार छ सय ६२ पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट नौ हजार छ सय छ, चीनबाट छ हजार सात सय ३६, बङ्गलादेशबाट पाँच हजार चार सय ४९ र बेलायतबाट दुई हजार दुई सय ८४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस अवधिमा अष्ट्रेलिया, मलेशिया, भुटान, जापान र दक्षिण कोरियाबाट पनि पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सशस्त्र संघर्ष, जनआन्दोलन तथा तराई मधेश आन्दोलनका घाइतेको उपचारमा सहजता ल्याउने निर्णय

त्रिशूली नदी किनारमा सावधानी अपनाउन धादिङ प्रशासनको आग्रह

काठमाडाैँ । त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सूचना निकालेर

हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडियो

काठमाडाैँ । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । चुवाखोला–कर्णाली नदीमाथि

भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

काठमाडौं । भोजपुरको रामप्रसादराई गाँउपालिका–२ धोद्लेखानीमा एकै परिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, भोजपुरका अनुसार भोजपुर

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

Techie IT