Techie IT
२०८१ साउन १०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठविचित्र विश्वचर्चामा संसारकै पातलो होटल ‘पिटूरुम्स’

चर्चामा संसारकै पातलो होटल ‘पिटूरुम्स’


एजेन्सी । इन्डोनेसियाको एउटा होटल हाल चर्चामा छ । सेन्ट्रल जाभाको सलाटिगा टाउनमा रहेको ‘पिटुरुम्स’ होटललाई विश्वको सबैभन्दा पातलो होटल मानिन्छ ।

९ फिट चौडाइमा बनेको यो होटल विलासी सुविधाले सुसज्जित छ । यो पाँच तले होटलको डिजाइन र प्रत्येक कोठाको भित्री भागको मानिसले प्रशंसा गरेका छन् ।

यस होटलले यहाँ बस्ने पाहुनाहरूलाई फरक अनुभव दिन्छ । द सनको रिपोर्टका अनुसार यो अचम्मको होटल प्रयोग नगरिएको जमिनको टुक्रामा निर्माण गरिएको हो । यो जग्गा सडक र घरको बीचमा रहेको देख्न सकिन्छ, जसलाई स्थानीयले डम्पिङ ग्राउन्डका रूपमा प्रयोग गर्दै आएका छन् ।

यो भवन सिंगापुर र जकार्तामा वास्तुकारको रूपमा तालिम लिएका आर्किटेक्ट एरी इन्द्रले पिटरुम्स प्रोजेक्टको एक हिस्साको रूपमा डिजाइन गरेको बताइएको छ ।

एरि इन्द्रले डिसेम्बर २०२२ मा यो होटल खोलेको बताइएको छ । यसको उद्घाटनदेखि नै यहाँ ९५ प्रतिशत पाहुना इन्डोनेसियाली रहेको बताइएको छ । सात कोठा भएको यस होटलको नाम पिटूरुम्स राखिएको छ किनभने जाभानीज भाषामा पिटू भनेको सात हो ।

यस होटलको माथिल्लो तल्लामा एक बार र रेष्टुरेन्ट छ, जसले यहाँ आउने पाहुनाहरूलाई धेरै विशेष र फरक अनुभव दिन्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कोप–२८ः जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

काठमाडौँ । वर्षभरि नै सेता देखिने हिमाल क्रमशः काला पहाडमा रुपान्तरण भइरहेका छन् । हिमनदीहरू पग्लदै गएका छन् । अनावृष्टि,

गाजामा हमासको नियन्त्रण समाप्त हुँदै ! इजरायलले गाजाको संसद भवन…

एजेन्सी । इजरायल र हमासबीच जारी युद्ध भएको एक महिनाभन्दा बढी भइसकेको छ । इजरायलले हमासमाथि लगातार आक्रमण गरिरहेको छ

कोरियाली युद्धको बारेमा धेरैलाई थाहा नभएका १० तथ्यहरु

एजेन्सी । उत्तर कोरिया र दक्षिण कोरियाको सम्बन्ध आज पनि उत्तिकै कमजोर रहेको छ । लामो समय युद्धको मार झेलेका

किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला !

एजेन्सी । उत्तर कोरियाको बारेमा धेरै कम जानकारी बाहिर आउँछ । उत्तर कोरियालाई पुरुष प्रधान देश पनि भनेर चिनिन्छ ।

मुकेश अम्बानीलाई अज्ञात व्यक्तिद्वारा ज्यान मार्ने धम्की

एजेन्सी । भारतका धनी व्यापारी मुकेश अम्बानीलाई अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । उक्त व्यक्तिले इमेलमा २० करोड

धौलागिरि अस्पतालमा ४ केजी ७५० ग्राम तौल भएको बच्चाको जन्म

धौलागिरि । धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ । बडादसैँका बेला अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा

Techie IT