चीनकाे सडक प्रयाेग गरेर नेपालकाे गरिबी हटाउछाैँ : प्रधानमन्त्री ओली

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका सडक प्रयोग गरेर पूर्वदेखि पश्चिमसम्म खाद्यान्न आपूर्तिमा सहजता ल्याउने बताएका छन् । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल बोरिङ मेशिनद्वारा निर्मित सुरुङको आज ‘ब्रेक थ्रु’ गर्दै प्रधानमन्त्री ओलीले चीनसँग उत्तरी नाका सञ्चालनका लागि सम्झाैता कार्य अघि बढाइएकाे जानकारी दिए । विस्तृतमा


विप्लव नेतृत्वकाे नेकपालार्इ लक्षित गर्दै नेपाली सेनाले शुरू गर्‍याे सर्च अप्रेशन

विप्लव नेतृत्वकाे नेकपालार्इ लक्षित गर्दै नेपाली सेनाले शुरू गर्‍याे सर्च अप्रेशन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सैन्य तालिम सञ्चालन गरेको भन्दै नेपाली सेनाले मकवानपुरको एउटा गाँउमा ५ दिनदेखि अप्रेशन चलाएकाे छ । मकवानपुरको राक्सीराङ गाभा वडा नं ७ गर्लिङमा ज्वाईं भनेर चिनिने धावा सिहँ सिन्ताङको घर क्षेत्रमा मङ्सिर ९ गतेदेखि नेपाली सेना बसिरहेको स्थानीयहरूले जनाएका छन् ।

‘एशिया प्यासिफिक समिट’को लागि विदेशी पाहुना आउने क्रम सुरु

‘एशिया प्यासिफिक समिट’को लागि विदेशी पाहुना आउने क्रम सुरु

काठमाडौँ । आज (शुक्रबार)देखि काठमाडौंमा सुरु हुने विवादास्पद ‘एशिया प्यासिफिक समिट’को नाममा आजबाट सवारी साधनमा जोर-बिजोर प्रणाली लागू भएको छ ।

जिल्ला सभापतिको भेलामा किन गएनन् देउवा ?

जिल्ला सभापतिको भेलामा किन गएनन् देउवा ?

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नुवाकोटको ककनीमा बुधबार सुरु जिल्ला सभापतिको भेलामा अनुपस्थित भएका छन् । देउवाबाटै भेलाको उद्घाटन गर्ने तयारी गरिए पनि अन्तिम समयमा उनी अनुपस्थित भएका हुन्।

फोरममा विवादमा उपाध्यक्ष रेणु यादव पनि तानिइन्

फोरममा विवादमा उपाध्यक्ष रेणु यादव पनि तानिइन्

काठमाडौं । संघीय समाजवादी फोरममा गत ३ असोजको संविधान दिवसलाई कालो दिन मान्ने कि नमान्ने भन्नेमा विवाद बढेको छ । संविधान दिवस मनाएको २ महिनापछि फोरममा विवादको विषय औपचारिक रुपमा आएको हो ।

मन्त्री लालबाबुले ढाँटेः संसद्को राज्यव्यवस्था समिति छल्न बिरामीको बहाना

मन्त्री लालबाबुले ढाँटेः संसद्को राज्यव्यवस्था समिति छल्न बिरामीको बहाना

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय संसद्को राज्यव्यवस्था समितिलाई ढाँटेका छन् । उनले समितिको बैठक छल्न बिरामी भएको बहाना पारेका हुन् ।

नेकपा सचिवालय बैठकले प्रदेश कमिटी सदस्यको नाम टुङ्गो लगायो

नेकपा सचिवालय बैठकले प्रदेश कमिटी सदस्यको नाम टुङ्गो लगायो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले लामो समयपछि सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको र नामावली भने बिहीबार सार्वजनिक हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ ।

काँग्रेसको संशोधित विधान मस्यौदामा उमेद्वारबारे एकमहिना अघि नै निर्णय गरिसक्नुपर्ने

काँग्रेसको संशोधित विधान मस्यौदामा उमेद्वारबारे एकमहिना अघि नै निर्णय गरिसक्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेसको संशोधित विधान मस्यौदामा निर्वाचनको बेला मनोनयन गर्नु एकमहिना अघि नै उमेद्वारबारे निर्णय गरिसक्नु पर्ने प्रस्ताव गरिएको छ । यसअघि काग्रेसको उमेद्वारी दर्ता गर्ने केही घण्टा अघिसम्म उमेद्वारबारे निर्णय गरि मनोनयन गरिन्थ्यो ।

सुकीकाे नेपाल भ्रमणप्रति मुस्लिम संघकाे अापत्ति, विमानस्थलमा कालाे झण्डा देखाउने तयारी

सुकीकाे नेपाल भ्रमणप्रति मुस्लिम संघकाे अापत्ति, विमानस्थलमा कालाे झण्डा देखाउने तयारी

काठमाडाैँ । म्यानमारकी नेतृ आङ सान सुकीको नेपाल भ्रमणप्रति नेपाल मुस्लिम संघले विरोध जनाएको छ । मानवअधिकार हननका घटनामा संलग्न रहेको भन्दै सर्वोच्च सम्मान समेत फिर्ता गर्नु परेकी म्यानमारकी नेतृ सुकीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राजकीय नेपाल भ्रमणको निम्तो दिएर मानवअधिकारको खिल्ली उठाएको भन्दै संघले विरोध जनाएको हो ।

सामाजिक सुरक्षा याेजनाले नयाँ युगकाे शुरूवात गर्‍याे : मुख्यमन्त्री शंकर पाेखरेल

सामाजिक सुरक्षा याेजनाले नयाँ युगकाे शुरूवात गर्‍याे : मुख्यमन्त्री शंकर पाेखरेल

दाङ । प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले नयाँ युगको शुरूवात गरेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ दाङले आज बिहान घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले निजी क्षेत्रमा काम गर्ने कामदारलाई सुरक्षाको प्रत्याभूति दिने गरी अगाडि ल्याएको योजनाले नेपालीमा एउटा युगको शुरुआत गरेको बताएका हुन् ।

नेकपा सचिवालय बैठक आज अपराह्न ४ बजे, पोलिटब्यूरो कमिटी र केन्द्रीय सदस्यको कार्यबिभाजन होला त ?

नेकपा सचिवालय बैठक आज अपराह्न ४ बजे, पोलिटब्यूरो कमिटी र केन्द्रीय सदस्यको कार्यबिभाजन होला त ?

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपराह्न ४ बजे नेकपा सचिवालय बैठक बोलाइएको छ । तयारी नपुगेको भन्दै लगातार दुई दिनसम्म आह्वान हुँदै स्थगित हुँदै गरेको सत्तारुढ दल नेकपा सचिवालय बैठन आज पनि बोलाइएको हो ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि तृतीया, २० घडी ३७ पला, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अनुराधा, ३४ घडी १० पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात,०० घडि ३७ पला,बिहान ०५ बजेर ५० मिनेट उप्रान्त वरियान ।

विचित्र विश्व

ब्रेकअपपछि युवतीहरुले गर्छन् यस्ता अजबगजबका हर्कतहरु

ब्रेकअपपछि युवतीहरुले गर्छन् यस्ता अजबगजबका हर्कतहरु

माया एउटा मिठो आभास हो । कसैको मायामा परिन्छ भने एक झलक पाउन पाए संसार जितेजस्तै भावनाहरु मनमा बारम्बार आइरहन्छन् । तर, धेरैको माया सजिलै बस्छ पछि सम्बन्ध बिग्रदै गएपछि एकाअर्काप्रति दोषारोपण गर्ने बानी पर्छ । माया लगाउन त सजिलो छ तर निभाउन साह्रै गाह्रो ।