Techie IT
२०८२ असार २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलआईपीएलको प्लेअफ समीकरबारे सम्पूर्ण जानकारी, कसरी पुग्छन् फाइनलमा ?

आईपीएलको प्लेअफ समीकरबारे सम्पूर्ण जानकारी, कसरी पुग्छन् फाइनलमा ?


एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औं सिजनमा लिग राउण्डका खेलहरु सकिएका छन् । ७० खेलपछि प्लेअफका चार टोलीको टुंगो लागेको छ ।

लिग राउण्डको अन्तिम खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्यो । यो हारपछि आरसीबी टोली प्रतियोगिताबाट बाहिरिएको छ । उसको प्लेअफ पुग्ने सपना चकनाचुर भयो । यता, आरसीबीको पराजयको फाइदा उठाउँदै मुम्बई इन्डियन्सले अन्तिम ४ मा स्थान बनाएको छ ।

आइतबार गुजरात र आरसीबीबीचको खेलअघि मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीचको खेल खेलिएको थियो । यो खेलमा मुम्बईले क्यामरुन ग्रीनको शतकको मद्दतले जित निकाल्यो । यो प्रतियोगितामा मुम्बईको आठौं जित हो । उसले राजस्थान रोयल्स र आरसीबीलाई पछि पार्दै चौथो स्थानमा पुग्यो ।

यदि आरसीबीले आफ्नो खेलमा गुजरातलाई हराएको थियो भने, उसले मुम्बईको बराबर १६ अंक पाउने थियो र राम्रो नेट रनरेटका साथ प्लेअफमा पुग्ने थियो । तर, त्यसो हुन सकेन र आरसीबी पराजित हुन पुग्यो । मुम्बईले उसको हारबाट फाइदा उठाउँदै प्लेअफको टिकट पायो ।

अंक तालिकाको शीर्ष स्थानमा गुजरात टाइटन्स रह्यो । उसले १४ मध्ये १० खेल जित्यो । २० अंकसहित गुजरात पहिलो स्थानमा छ । चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्ट्सले आठ–आठ खेल जिते । दुईबीचको एक खेल रद्द भएको थियो । यसरी चेन्नई र लखनउको १७–१७ अंक छ । चेन्नई राम्रो नेट रनरेटको आधारमा दोस्रो स्थानमा रह्यो । लखनउले तेस्रो स्थान हासिल गर्यो । मुम्बईले आठ जितबाट १६ अंक जोड्दै चौथो नम्बरमा उभियो ।

प्लेअफको कुरा गर्दा सबैभन्दा पहिले क्वालिफायर–१ मा गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच भिडन्त हुनेछ । यो खेल चेन्नईको घरेलु मैदान चेपौक स्टेडियममा हुनेछ । यसपछि चेन्नईमा नै मुम्बई इन्डियन्स र लखनउ सुपरजायन्ट्सबीच एलिमिनेटर खेल हुनेछ ।

क्वालिफायर–१ मा हारेको टोली र एलिमिनेटर खेल जितेको टोलीबीच क्वालिफायर–२ खेलाइनेछ । यस खेलको विजेता टोलीले क्वालिफायर–१ को विजेतासँग फाइनल खेल्नेछ ।

खेल तालिकाः
गुजरात टाइटन्स भर्सेस चेन्नई सुपर किंग्स, मंगलबार – ७ः४५ बजे
लखनउ सुपरजायन्ट्स भर्सेस मुम्बई इन्डियन्स, बुधबार – ७ः४५ बजे




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, विजेता टोलीले २१ लाख रुपैयाँ…

काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल)

आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्

काठमाडाैँ । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ

नेपाल एएफसी महिला एसियन कप फुटबलमा छनोट हुन असफल

काठमाडौं । घरेलु टिम उज्वेकिस्तानसँग पराजित भएपछि नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । शनिबार राति

एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्ने

काठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा

एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जित

काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर

Techie IT