IIMS College

ISMT

HUB Education

यस्तो अवस्था कसैलाई नआओस् !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । अमेरिकामा ५४ वर्षीया महिला आइतबार राति साउथ क्यारिलोनाको इन्टरस्टेट ९५ हाइवेमा यात्रा गर्दै थिइन् । त्यसैक्रममा उनको कारको टायर पन्चर हुन पुग्यो ।

 

नर्थ क्यारोलिनाको शार्लोटमा रहँदै आएकी उक्त महिलाले कार रोकेर ज्याक लगाइन र टायर फेर्ने कोशिस गरिन् । यसैक्रममा ज्याकबाट कार चिप्लिन पुग्यो । जसबाट महिलाको दुबै हातको औंलाहरु टायरमुनी च्यापियो ।

 

एकदमै पिडा र इञ्जिनको भारले महिला आफ्नो हातलाई त्यहाँबाट निकाल्न सकिनन् । यस्तो अवस्थामा महिलाले आफ्नो खुट्टाले नजिकै राखेको ब्यागबाट मोबाइल निकालिन् र खुट्टाको औंलाले नै इमरजेन्सी नम्बर (९११) डायल गरेर मद्दत मागिन् ।

 

त्यसपछि काउन्टी फायर रेस्क्यु टिम तत्काल त्यहाँ पुगे । तब ३५ मिनेट भन्दा बढी भइसकेको थियो । उक्त टिम अन्य अभियानका लागि दोस्रो इलाकामा रहेका थिए । त्यसकारण उनीहरु पुग्न ढीला भयो ।

 

रेस्क्यु टिमले टायर लिभरको मद्दतले महिलाको एक हातको औंलाहरु निकाले । त्यसैबेला अर्को रेस्क्यु टिम पनि घटनास्थलमा आइपुग्यो । उनीहरुले हातको औंला निकाल्नका लागि हाइड्रोलिकको प्रयोग गरे । महिलालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था अहिले सामान्य रहेको बताइएको छ ।


थप समाचार

सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा

  • 14 hours ago
सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा स्थगित गरिएपछि आज क्षमा पूजा गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा संस्कृत छात्रा

काठमाडौँ उपत्यकाबाट दुई हजार ६७६ गाडी नियन्त्रणमा

  • 15 hours ago
काठमाडौँ उपत्यकाबाट दुई हजार ६७६ गाडी नियन्त्रणमा

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने दुई हजार ६७६ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठम

कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग

  • 15 hours ago
कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग

काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेसले नोबेल कोरोना भाइरस (कोभिड–१९) परीक्षणको दायरा बढाउन माग गरेको छ । युनियनका महासचिव योगेन्द्रबहादुर कुँवरले बुधबार एक विज्ञप्तीमार्फत कोरोना भाइरस रोकथाम तथा नि



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।

विचित्र विश्व

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।