NIC ASIA

ISMT

HUB Education

सवारी दुर्घटना हुँदा मोरङमा दश महिनामा ९५ को मृत्यु

  • बिहीबार, १० जेष्ठ, २०७५
  • 1 year ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

विराटनगर । चालु आर्थिक वर्षको १० महिनामा मोरङ जिल्लामा ४२२ वटा सवारी दुर्घटना भई ९५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । 

 

गत साउनदेखि वैशाख अवधिमा सो दुर्घटनाका कारण मृत्यु हुनेमा ८० पुरुष, नौ महिला, दुई बालक र चार जना बालिका छन् । 

 

सवारी दुर्घटनामा परी २२७ जना गम्भीर घाइते र ३८९ जना समान्य घाइते भएको सहायक प्रहरी निरीक्षक तुलामणि आचार्यले जानकारी दिए ।

 

अहिले जिल्ला ट्राफिक कार्यालय मातहतमा रहेका ९० जना ट्राफिक प्रहरीमध्ये १ नं प्रदेशको राजधानी विराटनगर महानगरपालिकामा ४५ र अन्य ट्राफिक प्रहरी मोरङका मुख्य बजार एवं शहर उर्लावारी, पथरी, रंगेली, विराट चोकमा केन्द्रित भएर काम गरिरहेको बताइएको छ । 

 

राजमार्ग तथा आसपासका क्षेत्र एवं बजारमा सवारी दुर्घटना हुँदा तत्काल ट्राफिक प्रहरी पुग्नुपर्ने भएकाले ट्राफिक प्रहरीको दरबन्दी र साधन अत्यन्त आवश्यक रहेको छ निरीक्षक आचार्यले भने । 

 

यसैगरी, सो अवधिमा ४२ हजार ४७२ वटा सवारी साधन ट्राफिक प्रहरीको कारबाहीमा परी कूल रु दुई करोड ३१ लाख ३६ हजार जरिवाना असुलउपर गरिएको छ ।


थप समाचार

विवादका कारण एनआरएन यूकेको मतगणना सुरु नहुंदै स्थगित

  • 22 minutes ago
विवादका कारण एनआरएन यूकेको मतगणना सुरु नहुंदै स्थगित

अल्डरसट । विवादका कारण शनिबार सम्पन्न एनआरएन यूके निर्वाचनको मतगणना सुरु हुन नसकी स्थगित भएको छ ।

आज पनि सुन र चाँदीको भाउ घट्यो

  • 28 minutes ago
आज पनि सुन र चाँदीको भाउ घट्यो

काठमाडौँ । गत साताबाट ओरालो लागेको सुन र चाँदीको भाउ आज पनि घटेको छ । आज छापावाल सुन तोलाको ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको भन्दा आज तोलामा ४ सय रुपैयाँको गिरावट आएको हो ।

आन्सु फाटीले जे गरे त्यो सामान्य होइनः भालभर्दे

  • 34 minutes ago
आन्सु फाटीले जे गरे त्यो सामान्य होइनः भालभर्दे

काठमाडौँ । बार्सिलोनाका मुख्य प्रशिक्षक अर्नेष्टो भालभर्देले आन्सु फाटीको प्रशंसा गरेका छन् । शनिबार राति भ्यालेन्सियाविरुद्धको खेलमा फाटीले शानदार प्रदर्शन गरेपछि उनको भालदर्भेले प्रशंसा गरेका हुन् ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।