एयरलाइन्स कम्पनी र नाट्टाबीच छलफल

  • बिहीबार, १४ भदौ, २०७५
  • 8 months ago
  • अर्थ

काठमाडौँ ।  नेपाली एयरलाइन्स र ट्राभल एण्ड ट्रेडले एयरलाइन्स कम्पनी र नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा) ले संयुक्त कार्यदल बनाएर अगाडि बढ्ने भएका छन् ।

 

ती दुईसंसथाबीच बुधबार भएको छलफलमा एयरलाइन्स र ट्राभल एण्ड टे«डले भोग्नुपरेका समस्या समाधनका लागि संयुक्त कार्यादल बनाएर अगाडि बढ्ने निर्णय भएको हो । 

 

संयुक्त कार्यदलले समस्या समाधानका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, अध्यागमन विभाग, नागरिक उड्डयान प्राधिकरणलगायत सरोकारवाला संस्थासँग छलफल गर्ने निर्णय भएको प्रेसिन्डेन्ट ट्राभलका सञ्चालक भोला थापाले जानकारी दिए । 

 

बैठकमा विमानस्थल अवतरण शुल्कमा छुट दिनुपर्ने, एयरलाइन्सले विदेशबाट तेल हालेर आउने भएकाले स्वदेशमै सस्तो दरमा तेल उपलब्ध गराउन पहल गर्नुुपर्नेलगायतका विषयमा समेत छलफल भएको थियो । 

 

नाट्टाका अध्यक्ष सिएन पाण्डेले सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरिएको र त्यसबखत २० लाख पर्यटक भित्र्याउनका लागि सरकारले एयरलाइन्सलाई सहजीकरण गर्नुपर्ने बताए । 

 

नाट्टाका महासचिव रमेश थापाले एयरलाइन्सले विभिन्न समयमा टिकटमा निकाल्ने छुट तथा विभिन्न प्रदर्शनीबारे जानकारी नाट्टाको इ–बुलेटिनमार्फत प्रचारप्रसार गर्न एयरलाइन्सका प्रतिनिधिलाई आग्रह गरे । 

 

नाट्टाले यो वर्षबाट ‘बुद्धिष्ट टुरिजम एक्पो’ आयोजना गर्न लागेको भन्दै उक्त एक्पो सफल बनाउन एयरलाइन्स कम्पनीले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । 

 


थप समाचार

बेलायतको कोलबर्न टाउनमा मेयर बने डा शर्मा

  • 27 minutes ago
बेलायतको कोलबर्न टाउनमा मेयर बने डा शर्मा

नर्थ योर्कशायरको कोलबर्न टाउन काउन्सिलको मेयरमा डा जगन्नाथ शर्मा निर्वाचित भएका छन् । मेको पहिलो साता सम्पन्न स्थानीय निर्वाचनमा काउन्सिलर निर्वाचित डा शर्मा सोमबार मेयरका लागि भएको निर्वाचनमा विजयी भ

प्रधानमन्त्रीकाे हातमा साबेल

  • 9 hours ago
प्रधानमन्त्रीकाे हातमा साबेल

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गमा (अप्टिकल फाइवर नेटवर्क) को धादिङको गल्छी गाउँपालिका वडा नं. ४ मासटारमा सोमबार शिलान्यास गर्दै ।

‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

  • 9 hours ago
‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद्मा दर्ता गरिएको मिडिया विधेयक सरोकारवालासँग परामर्श नगरी एकोहोरो रुपमा ल्याउनु गलत भएको बताएका छन् । रफत सञ्चार क्लबमा आज



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।