Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनशिल्पी थिएटरमा ‘गंगालाल’ मञ्चन हुने

शिल्पी थिएटरमा ‘गंगालाल’ मञ्चन हुने


काठमाडौँ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा भोलि शुक्रबारबाट नाटक ‘गंगालाल’ मञ्चन हुने भएको छ । सहिद गंगालाल श्रेष्ठको जीवनमा आधारित यो नाटक शुक्रबारदेखि माघ २९ सम्म मञ्चन हुनेछ ।

गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको यो नाटक चे शंकरको लेखन तथा निर्देशनमा तयार भएको हो । सहिद गंगालाललाई नाटकमा क्रान्तिकारी मात्र नभई एक पूर्ण मानिसको रुपमा प्रस्तुत गरिएको निर्देशक चे शंकरले बताए ।

विक्रम संवत १९९१ देखि १९९७ सम्म नेपाली राजनीतिक परिवेशमा घटेका घटनाक्रम र सहिद गंगालालका जीवनका घटनालाई आधार मानी नाटकको कल्पना गरिएको उनको भनाइ छ ।

नाटक गंगालालमा सहिद धर्मभक्त, सहिद शुक्रराज र सहिद दशरथका साथै टंकप्रसाद आचार्य, गणेशमान सिंह र कवि सिद्धिचरण श्रेष्ठसमेत पात्र बनेर मञ्चमा देखिने छन् ।

यस नाटक स्कुलका विद्यार्थी, शिक्षक, राजनीतिज्ञ, लेखक र कलाकारहरुले गंगालाललाई फरक पाटोबाट चिन्न हेर्नु पर्नेछ । सहिद दिवसको सन्दर्भ पारेर प्रदर्शन गर्न लागिएको यस नाटकलाई माघ १६ गते नाचघरमा सहिद दिवस मनाउँदै प्रथम मञ्चन गरिएको थियो ।

नाटकमा निर्भीक, शकु शाह, इनारा बानु, दीपक छल्दंग्या, सन्दिप डंगोल, प्रदिप कुमार चौधरी, निरज दाहाल, विश्वास मानन्धर, ऋषिकेश, कृमु एडेन बात्री, एलिजा तुम्बापो, रेवन राई, रोशन चन्दको अभिनय रहेको छ ।

नाटकको अतिरिक्त मन्चन शनिबार १ बजे पनि हुनेछ। यो शैक्षिक बिषयसँग जोडिएको नाटक भएकाले स्कुलका बालबालिका र शैक्षिक संस्थाले अनुरोध गरेमा भिन्न भिन्न समयमा पनि मन्चन गरिने बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

Techie IT