IIMS College

ISMT

HUB Education

अमेजनले भारतमा सन् २०२५ सम्म १० लाख नयाँ रोजगारी सिर्जना गर्ने

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

नयाँ दिल्ली (एजेन्सी) । विश्वव्यापी ई–वाणिज्य कम्पनी अमेजनले भारतमा सन् २०२५ सम्मा दश लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । रोजगारी सिर्जना गर्ने घोषणा गर्दै शुक्रबार अमेजनले प्रविधि, पूर्वाधार र नेटवर्किंगको क्षेत्रमा लगानी गर्ने बताएको हो ।

 

कम्पनीले सिर्जना गर्न लागेको सो रोजगार पछिल्लो ६ वर्षमा अमेजनले भारतमा गरेको लगानीबाट सिर्जित ७ लाखभन्दा धेरै रोजगारी भन्दा अलग हुने समेत बताइएको छ । 

 

‘सन् २०२५ सम्म भारतमा दश लाख नयाँ रोजगारी सिर्जना गर्ने अमेजनको योजना छ’, कम्पनीद्वारा जारी एक वक्तव्यमा जनाइएको छ । वक्तव्यमा कम्पनीले प्रत्यक्ष र अप्रत्यक्ष दुवै रोजगारी सिर्जना गरिने जनाइएको छ । 

 

उक्त रोजगारी सूचना–प्रविधि, सीप विकास, मनोरञ्जन सामाग्री निर्माण, खुद्रा बजार र निर्माणको क्षेत्रमा सिर्जना गरिने कम्पनीले जनाएको छ । 

 

अमेजन डटकमका प्रमुख जेफ बेजोसले बुधबार मात्रै भारतमा एक अर्ब डलर लगानी गर्ने घोषणा गरेका थिए । यो लगानीले लघु एवँ मध्यम खालका उद्योगहरूलाई अनलाइन प्रणाली ल्याउन मद्दत गर्ने उनको दाबी छ । 

 

त्यस्तै बेजोसले सन् २०२५ सम्ममा भारतमा निर्मित करिब १० अर्ब डलर बराबरको सामान निर्यात गर्ने प्रतिबद्धता पनि गरेका छन् । 

 

‘हामी आगामी पाँच वर्षभित्र भारतमा १० लाख नयाँ रोजगारी सिर्जना गर्नको लागि लगानी गरिरहेका छौँ’, बेजोसले भने, ‘हामीलाई हाम्रो कर्मचारीहरूबाट अभूतपूर्व सहयोग प्राप्त भएको छ । हामीसँग जोडिएका कारोबारीहरूमा हामीले असाधारण रचनात्मकता देखेका छौँ ।’ 

 

बेजोसले अमेजनका ग्राहकहरूबाट पनि अविश्वसनीय सहयोग प्राप्त भइरहेको बताउँदै आगामी दिनलाई लिएर रोमाञ्चित रहेको बताएका छन् ।


थप समाचार

प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा बालुवाटारमा विशेष कार्यक्रम

  • 13 minutes ago
प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा बालुवाटारमा विशेष कार्यक्रम

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औँ जन्मदिनको अवसरमा बालुवाटारमा विशेष कार्यक्रम भएको छ । प्रधानमन्त्रीको सचिवालय र केही नेताहरुको आयोजनामा आइतबार बिहान वालुवाटारमा विशेष कार्यक्रमको आयोजन

बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • 19 minutes ago
बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति गंगाहल अगाडि ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मोटरसाइकलको पछि ब

‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

  • 24 minutes ago
‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

काठमाडौँ । मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ । कुनै – कुनै मानिसले हरेक राति एउटै समयमा ब्यूझिँने नियम बनाएका हुन्छन् भने त्यसलाई सामान्य मान्न सकिन्छ ।

विचित्र विश्व

‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

काठमाडौँ । मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ ।