IIMS College

ISMT

HUB Education

सोलीमानी हत्याकाण्डः अमेरिकाभन्दा पनि यो समुह निकै खुसी

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका शीर्ष कमाण्डर कासिम सुलेमानीको हत्या गर्ने निर्णयको प्रभाव धेरै छन्। तर, ती मध्ये एक जिहादीहरूविरुद्ध अपूर्ण लडाई हो।

 

सुलेमानीको हत्या भएको लगत्तै अमेरिकाको नेतृत्वमा रहेको गठबन्धन सेनाले इराकमा इस्लामिक स्टेटकोविरूद्ध आफ्नो अभियान रोकेको खबर बाहिर आयो।

अमेरिका र उनीहरूका सहयोगीहरूले  प्राथमिकता विभिन्न निकायको सुरक्षाको विश्लेष गर्दै आइरहेका छन् । 

 

इरान र इराकमा उनको समर्थन गर्ने मिलिसियाहरूले सुलेमानीको हत्याको बदला लिने कुरा गर्दै आइरहेका छन्।

गत शुक्रवार, बगदाद एयरपोर्टमा अमेरिकी ड्रोन हमलामा इरानको कुडस फोर्सका प्रमुख कासिम सुलेमानी मारिए।

 

सुलेमानीको मृत्युपछि अमेरिकी र इराकमा रहेका अन्य पश्चिमी देशका सैनिकहरू निशानामा आए।

 

तर, यो स्थितिले इस्लामिक स्टेटलाई फाइदा पनि पुर्‍याउँछ जसले प्रमुख अबु बकर अल बगदादीको मृत्यु पछि घटनाबाट मुक्त हुने प्रयास गर्ने सुरक्षाविद्हरु बताउँछन्।

 

इस्लामिक स्टेटका लागि यो अझ राम्रो समाचार भएको उनीहरुको ठम्याई रहेका छ । इराकी संसदले पनि अमेरिकी सेनालाई उनीहरूको देश छोडेर जानका लागि प्रस्ताव पारित गरेको छ ।

 

जब इराकमा अल कायदा सीमित थियो, इस्लामिक स्टेटले यसको जग निर्माण गरेको थियो।

 

सन् २०१६ र २०१७ मा, इराक र सिरियामा आईएसद्वारा नियन्त्रित इलाकामा एउटा ठूलो सैन्य अप्ररेशन सुरू भएको थियो।

 

यस अभियानमा धेरै आइएसका लडाकू मारिए र धेरै पक्राऊ पनि परे। तर, उनीहरुलाई पुर्णरुपमा समाप्त पार्न भने आजसम्म अमेरिका असफल रहेको छ । 

इराक र सिरियाका धेरै क्षेत्रमा अहिले पनि उनीहरु उत्तिकै सक्रिय रहेका छन्। तिनीहरू गुप्त रूपमा आक्रमण गर्छन्, पैसा लुट्छन् र हत्या गर्दै आइरहेका छन् ।  

 

इराकमा, अमेरिका र अन्य पश्चिमी देशहरुका प्रशिक्षित सैनिकहरु र प्रहरीहरु छन्, जो आइएसविरुद्धको युद्धमा संलग्न छन्।

 

सुलेमानीको मृत्यु पछि अमेरिकाले यस अभियानलाई मात्र रोकेको छैन, तर तालिम पनि बन्द गरेको छ। अमेरिकाको साथसाथ, डेनमार्क र जर्मनीले पनि उनीहरूको अभियान रोकेको छ।

 

जर्मनीले आफ्ना प्रशिक्षकहरूलाई जोर्डन र कुवेत पठाएको छ। आइएसविरुद्धको अभियानमा इराकी सैनिकहरूले सबैभन्दा बढी जोखिमको सामना गर्नु परेको छ।

तर, तिनीहरू तालिम र अन्य सहयोगका लागि अमेरिकी सैनिकहरूमा निर्भर छन्। तर, अमेरिकी सैनिकहरूले अब उनीहरूको सक्रियता घटाइरहेका छन्। सोलेमानीले पनि आइएसविरुद्ध ठुलो कदम चाल्दै आइरहेका थिए ।

 

तर, उनी अमेरिका विरोधी पनि रहेका थिए । खाडी क्षेत्रबाट उनी अमेरिकाको प्रभाव कम होस् भन्ने चाहना राख्दै आइरहेका थिए । उक्त काममा व्यस्त रहेका उनीमाथि अमेरिकाले अन्ततः ड्रोन हमला गरी ज्यान लियो । यसले आइएस लडाकुलाई केही हदसम्म फाइदा पुर्याएको सुरक्षाविद्हरु बताउँछन् ।

अमेरिकाले आफ्नो स्वार्थका लागि उक्त हत्याकाण्ड मच्चाए पनि आइएस अमेरिका विरोधी भए पनि सोलीमानीको घटनालाई लिएरु खुसी रहेको बताइन्छ । 


थप समाचार

बेल्जियमका राजकुमारी अस्ट्रिड नेपालमा

  • 28 minutes ago
बेल्जियमका राजकुमारी अस्ट्रिड नेपालमा

काठमाडौँ । एक साताका लागि नेपाल भ्रमणमा आउनुभएका बेल्जियमका राजकुमारी अस्ट्रिडले ‘नेपाल भ्रमण वर्ष २०२०’ को सफलता र नेपालको समृद्धिको कामना गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उ

कसरी भयो काठमाडौँ उपत्यकामा चरम मूल्यवृद्धि ?

  • 36 minutes ago
कसरी भयो काठमाडौँ उपत्यकामा चरम मूल्यवृद्धि ?

काठमाडौँ । काठमाडौँ उपत्यकामा चरम मूल्यवृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उपत्यकामा उपभोक्ता मुद्रास्फीतिमा २०७५ को तुलनामा मू

पाँच जलविद्युत् आयोजना २३ अर्बभन्दा बढी लगानीमा बन्दै

  • 43 minutes ago
पाँच जलविद्युत् आयोजना २३ अर्बभन्दा बढी लगानीमा बन्दै

लमजुङ । लमजुङ जिल्लामा रु २३ अर्बभन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणाधीन रहेका छन् । दोस्रो ठूलो दोर्दीखोला तथा दोर्दी करिडोरमा विभिन्न पाँच जलविद्युत्का आयोजना धमाधम निर्माण भइरहेका हुन



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

वि.सं.२०७६ साल माघ ०६ गते । सोमबार । ईश्वी सन् २०२० जनवरी २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– एकादशी, ५१ घडी ५३ पला, रातको ०३ बजेर ४२ मिनेट उप्रान्त द्वादशी । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३२ मिनेट ।

विचित्र विश्व

सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा...

सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा...

एजेन्सी । आजको समयमा इमान्दारिता कम नै भेटिन्छ । यदि तपाईको सामान हराएको छ या भुलबस छुटेको छ भने त्यसलाई कसैले फिर्ता गर्यो भने तपाईलाइ पक्कै खुसी मिल्छ ।