एप्पलको सामान किन साह्रै महँगो ?

एजेन्सी । एप्पलका सामानहरुको मूल्य एकदमै बढ्दो मात्रामा छ । एप्पलको ल्यापटप, ट्याव, मोबाइल, घडी तथा इयरफोनको मूल्य मानिसहरुको घरको भाडाभन्दा पनि महँगो छ । यी सबै ग्याजेटहरुको मूल्य करिब ३५ सय अमेरिकी डलर पर्छ । उक्त मूल्य भनेको सामान्य अमेरिकन परिवारको साढे २ महिनाको घर भाडा हो । 

 

एप्पलको सामानहरुको मूल्य सुरुदेखि नै सस्तो छैन । पछिल्लो दशकमा मात्रै एप्पलको फोनको मूल्य तेब्बरले बढेको छ । सन् २००७ मा एप्पलको मूल्य ४९९ डलर थियो । सन् २०१८ सम्म आइपुग्दा उक्त फोनको मूल्य ९९९ डलर पुगेको छ । 

 

एप्पलको महँगाईलाई धेरैले ‘कुल फ्याक्टर’को रुपमा पनि लिन्छन् । यही महँगो मूल्यको कारण एप्पल  मूल्यवान् कम्पनी बनेको छ । सन् २०१९ को सुरुमा एप्पलले २४५ बिलियन डलर नगद आरक्षण गरेको थियो । 

 

तर, किन एप्पलका सामानहरु महँगो हुन्छन् त ! धेरैले एप्पलले आफ्नो सामानको मूल्यकै कारण ग्राहक पाइरहेको छ भने पनि ‘एप्पल ट्याक्स’को कारण ग्राहकहरुले बढी मूल्य तिरेर एप्पलको सामान खरिद गरिरहेका छन् । तर, सस्तो मूल्यमा सोही विशेषता भएका अन्य ग्याजेटहरु पाएता पनि ग्राहकहरुले एप्पलकै सामान किन्ने गरेका छन् । 

 

 

सन् २०१८ मा एप्पलका सिइओ टिम कुकले कम्पनीले निकै अघि बढेर फोन बनाएको साथै फोनले क्यामेरा, भिडियो क्यामेरा तथा म्युजिक प्लेयरलाई नै विस्थापित गर्न सघाएको बताएका थिए । सोही समयमा उनले केही नयाँ राम्रो कुराको उत्पादन भयो भने त्यसको मूल्य सस्तो नहुने बताए । यसको मतलव एप्पलले सस्तो सामान राखेर सामग्री उत्पादन गर्दैन भन्ने हो । 

 

एप्पलको आइपड तथा आईफोनले विश्व नै बदलिदिएको छ । सन् २००१ मा एप्पलले आइपड बजारमा ल्याएको थियो । एप्पलले उक्त समयमा आइपडको मूल्य ३९९ डलर राखेको थियो । १ हजार वटासम्म गीत राख्न मिल्ने आइपड ६ वर्षमा १०० मिलियन आइपड विक्री भएको कम्पनीले बताएको छ । यो विक्रीले आइपडमा इतिहास नै राख्यो । सन् २००५ मा एप्पलले आफ्नो मुनाफामा ३८४ प्रतिशतले वृद्धि गरेको थियो । आइपडलाई नै मोडिफाइ गर्दै एप्पल मोबाइल फोनतिर गएको हो ।

 

 

सन् २००७ मा आइपडलाई रिप्लेस गर्दै आइफोन बजारमा आएको हो । आइफोनले हरेक वर्ष विक्री बढाउँदै लगेको छ । सन् २००७ मा १.४ मिलियन आइफोन बेचेको कम्पनीले सन् २०१५ मा २३१.३ मिलियन आइफोन बेच्यो । सन् २०१५ देखि एप्पलको आइफोनको विक्री केही घटेको छ । सन् २०१८ मा २१७.७ मिलियन आइफोन विक्री भएको थियो । यससँगै मुनाफामा पनि तलमाथि भएको छ । चलिरहेको आइफोनको सट्टा अर्को आइफोन किन्ने मानिस धेरै हुँदैन । त्यसैले यसको विक्री संख्या केही घटेको हो । 

 

सन् २०१८ को सुरुमा एप्पलको घडीको मूल्य ३२९ डलर थियो । तर, उक्त मूल्य बढेर ३९९ डलर पुगेको थियो । त्यस्तै, एप्पलले ‘गोल्ड वाच’लाई १० हजार डलर मूल्यमा बेच्न खोजेको थियो । हरेक उत्पादनमा मूल्य बढेसँगै एप्पलको विक्री चीन, भारत, ब्राजिल तथा टर्कीमा घटेको छ । सोही विशेषता भएका कम्पनीका उत्पादनहरु सस्तो पाउँदा उसको व्यापारमा ह्रास आएको हो । यससँगै एप्पल पछिल्लो केही वर्ष यता शीर्ष कम्पनीमा गनिएको छैन । कतिपय विश्लेषकहरुले एप्पलले आफ्नो सामानको मूल्य बढाउन भन्दा पनि अझै थप कुराहरु गरिएको सामान बजारमा ल्याउनुपर्ने अवस्था आएको बताएका छन् ।


थप समाचार

म्याग्दिमा १३ वर्षीया बालिकामा देखियो डेङ्गु

  • 12 minutes ago
म्याग्दिमा १३ वर्षीया बालिकामा देखियो डेङ्गु

बेनी । हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो

फोब्र्सको दाबी, काइली जेनर अर्बपति होइनन् !

  • 32 minutes ago
फोब्र्सको दाबी, काइली जेनर अर्बपति होइनन् !

एजेन्सी । अमेरिकी चर्चित टेलिभिजन पर्सनालिटी काइली जेनरलाई लिएर नयाँ विवाद सिर्जना भएको छ ।

रसियामा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

  • 1 hour ago
रसियामा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ । विश्वमै यस भाइरसले कारण हरेक क्षेत्रमा प्रभावित बनाएको छ । लाखौं मानिसले अकालमै ज्यान गुमाउनु परेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।