IIMS College

ISMT

HUB Education

एउटा यस्तो एप जसले मानसिक तनाव कम गर्छ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । वैज्ञानिकहरुले मध्यम र त्योभन्दा कम आयु भएकाहरुको मद्दतका लागि एउटा स्मार्टफोन एप विकसित गरेका छन् । यो एपले बिरामीहरुको मानसिक तथा अन्य गम्भीर स्थितिका रोगहरुलाई स्वयं व्यवस्थापन गर्नका लागि काम गर्ने गर्दछ । यो एपले लगभग तीन महिनाको अवधिमा १० सेशन लिने गर्दछ ।

 

यो शिलशिलामा रोगीको तनाव, बीमारी, औषधी र रमेग नियन्त्रणका रणनीति आदि जस्ता विषयलाई यो एपले कभर गर्ने गर्दछ । फिजीशियनहरुले यो एपको उपयोग गर्दा टाढाबाट नै रोगीको स्थितिलाई निगरानी९मोनिटर० गर्न सक्दछन् । जब रोग तथा समस्याका बारेमा जानकारी हुने गर्दछ, यो एपले रोगीलाई औषधीका बारेमा जानकारी दिने गर्दछ ।

 

अमेरिकाको डार्टमाउथ कलेजका अनुसन्धानकर्ताहरुले यो एपको उपयोगीताको परीक्षण गरेका हुन् । उनीहरुले गम्भीर मानसिक रोगबाट ग्रस्त रहेका ५५.३ औसत आयु भएका सहभागिहरु स्मार्टफोनको यो उपयोगीतालाई लिएर सन्तुष्ट भएको पाएका थिए । साथै सीमित प्रविधिका बारेमा ज्ञान भएका रोगीहरुहरुले पनि यो एपलाई सफलतापूर्वक प्रयोग गरिरहेका थिए ।

 

अमेरिकाको डार्टमाउथ कलेजका अनुसन्धानकर्तामध्येका एक क्यारन फेर्ट्यूनाले भने, गम्भीर मानसिक रोगबाट पीडित वयस्कहरुद्धारा मोबाइल स्वास्थ्यको उपयोग एउटा प्रमिसिङ एप्रोचका रुपमा रहेको छ । जुन अत्याधिक व्यवहारिक र स्वीकार्य छ ।

 

अनुसन्धानकर्ताहरुका अनुसार यस प्रविधिको पारम्परिक मनोवैज्ञानिक हस्तक्षेप र पीडाको तुलनामा कयौँ फाइदा रहेका छन् । यसमा समयको वितरण, व्यापक प्रचार प्रसार र अधिक मानिसहरुका लागि एकैपटक प्रभाव पार्न सक्ने लगायतका थुप्रै फाइदाहरु समावेश गरिएका छन् ।

 

उनीहरुले भने, स्मार्टफोन एप्लिकेशन सहभागिताले बिमारी हुनुभन्दा पहिले नै उसको रोकथामका उपायहरुका बारेमा सचेत गराउने सुविधा प्रदान गर्दछ । स्वास्थ्य सेवामा रोग लाग्नुभन्दा अगाडी नै रोगको आत्मव्यवस्थापनलाई तीव्र मात्रामा अपनाउन सकिने छ र हाल मानिसहरुले यस्तो प्रयोग गरिरहेका पनि छन् ।

 

यो एप डाक्टर र रोगी दुवैका लागि फाइदाजनक मानिन्छ । यस्तोमा डाक्टर र रोगी दुवैका लागि यो अहम् हुने गर्दछ कि, उनीहरु यो तरिका वा प्रविधिको समर्थन गरुन् वा अन्य नयाँ प्रविधिको प्रयोग र विकासमा सक्रिय रुपमा सहभागि हुन् ।


थप समाचार

तारकेश्वरको एक विद्यालयको ट्रस खस्दा ४० जना विद्यार्थी घाइते (फोटोफिचर)

  • 4 hours ago
तारकेश्वरको एक  विद्यालयको ट्रस खस्दा ४० जना विद्यार्थी घाइते (फोटोफिचर)

काठमाडौँ । काठमाडौँको एक विद्यालयको ट्रस खस्दा ४० जना विद्यार्थी घाइते भएका छन् । बुधबार तारकेश्वर नगरपालिका ३ स्थित तारकेश्वर विद्याकुन्जको ट्रस ट्रस खस्दा विद्यार्थीहरु घाइते भएका हुन् ।

राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रमको निर्देशन

  • 8 hours ago
राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय अगावै सक्ने गरी काम गर्न सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त

शेयर बजारमा सामान्य सुधार

  • 8 hours ago
शेयर बजारमा सामान्य सुधार

काठमाडौँ । बुधबारको शेयर बजारमा सुधार देखिएको छ। आज नेप्से सुचक ७.७९ अंकले बढेर ११४२.६० अंकमा पुगेको छ । नेप्से सुचक बढे पनि कारोबार अंकमा भने खासै सुधार देखिएको छैन । आज १ सय ५३ कम्पनीको शेयर



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

'शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ'

'शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ'

एजेन्सी । शाकाहारी भोजनमा रोगसँग लड्ने क्षमता हुन्छ । मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ ।

विचित्र विश्व

सन्यासीको आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको कालाे धन फेला

सन्यासीको आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको कालाे धन फेला

एजेनसी । भारतको आयकर विभागले आंध्र प्रदेश, कर्नाटक र तमिलनाडुमा रहेका एक सन्यासीको घरमा छापा मार्दा ६०० करोडभन्दा बढीको स्रोत नखुलाइएको सम्पत्ति फेला पारेको छ । ती सन्यासी बस्दै आइरहेको कल्कि भगवान आश्रमबाट ६०० करोड भारतीय रुपैयाँ भन्दा बढी भेट्टाएको छ।