Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालमेची-काली अभियानले फेरियो चन्द्रकलाको जीवन

मेची-काली अभियानले फेरियो चन्द्रकलाको जीवन


काठमाडौँ । कोल्वी–८, नयाँबस्ती, बाराकी चन्द्रकला तिमल्सिनाकोे घर कुनै गाईगोठभन्दा कम छैन । उमेरले १५ टेक्दै गरेकी उनलाई जन्मदै बौद्धिक अपाङ्गता थियो । साठीको नजिक पुग्नुभएको बुबा मुक्तिनारायण व्यवहारको दलदलमा यसरी फसेका छन् कि लाग्छ परिस्थिति अब उनको नियन्त्रण बाहिर छ ।

चन्द्रकलाकी आमा मुक्तिनारायणकी चौथो श्रीमती हुन् । उनी अघिका तीन श्रीमतीले छाडेपछि चन्द्रकलाको आमासँग उनको विवाह भयो । साथमा माइली श्रीमतीबाट जन्मेको आकाश छन् । पैसा कमाउन भारत लागेका उनी फर्कदा मनोरोगी भएर फर्किएका थिए । उनी दिनभर घर बस्दैनन् । दिनभर गाउँ डुलिरहन्छन् र भोक लागेपछि घर आउँछन् । घर बाहिर फलैंचामा नै उनको विस्तरा छ । चरालाई चारा राखिदिए झैं गरी उनलाई डोरीमा थाल झुण्डाएर खाना राख्ने गरेको रहेछ । आकाश कुनबेला आएर खान्छन् र जान्छन् कसैलाई थाहा हुँदैन ।

चन्द्रकला आफूलाई दिशापिसाव लागेको समेत थाहा पाउँदिनन् । उनको स्याहारसुसार र घरधन्दा मनोरोगी आमाको जिम्मेवारीमा छ । साथमा एउटा गाई, केही बाख्रा र कुखुरा पालेका छन्, ६० वर्षीय मुक्तिनारायण सकिनसकी घाँस काट्न जान्छन्, दाउरा खोज्छन्, गाईबस्तुको कुँडोपानी गर्छन् ।

मानव सेवा आश्रमका उद्धार टोली चन्द्रकलाको घर पुग्दा सबै गाउँले जम्मा भएर उनको उद्धार गर्न अनुनय विनय गर्न थाले । उनको उद्धारले परिवारमा थप सहजता मिल्ने र चन्द्रकलाको आगामी जीवन थप सहर बनाउन सकिने निचोडसहित यात्रीले चन्द्रकलाको उद्धार गरे । उनीसहित हिजो उद्धार गरिएकाहरुलाई मानव सेवा आश्रम वीरगञ्ज शाखामा राखिएको छ ।

यतिबेला देश दशैंमय भएको छ । मीठो खाने, राम्रो लगाउने, परिवारजन भेला हुने र सद्भाव बाढ्ने, अग्रजको आशीर्वाद ग्रहण गर्ने जस्ता क्रियाकलापमा सिंगो नेपाली समाज रमाइरहदा मानव सेवा आश्रमले भने यस पटकको दशैं फरक तरिकाले मनाइरहेको छ । ‘यस वर्षको चाडपर्वमा कसैले बस्नु पर्दैन सडकमा’ भन्ने मूल नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले गत असोज २७ गतेदेखि आगामी मङ्सिर ४ गतेसम्म विशेष अभियान सञ्चालन गरेको छ । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवहरुको उद्धार, पारिवारिक पुनर्मिलनदेखि उनीहरुसँगै दशैं, तिहार, छठजस्ता पर्वहरु मनाउने गरी सो अभियान सञ्चालन गरिएको हो ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पूर्व–पश्चिम राजमार्गसँग जोडिएका ४६ जिल्ला तथा बागमती र गण्डकी प्रदेशका केही जिल्लालाई लक्षित गरी अभियान सञ्चालन गरिएको मानव सेवा आश्रम केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । विगत वर्षहरुमा पुस÷माघको जाडो याममा सञ्चालन गरिने गरेको यस किसिमको अभियान यसपटक नेपालीको मुख्य चाडलाई लक्षित गरी सञ्चालन गरिएको उनले बताए । उहाँका अनुसार यस अभियानमा करिब तीन सय जनाको उद्धार गरिनेछ ।

गत असोज २६ गते प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै एक कार्यक्रमबीच यात्रीहरुलाई बिदाइ गर्दै यो अभियानले आफूलाई हर्षित तुल्याएको र चाडपर्वका बेलामा अब असहायलाई सडकबाट उद्धार गरी आश्रय दिनु महत्वपूर्ण विषय भएको बताएका थिए । राजनीतिक दबाब र तनावपूर्ण चुनौती मात्रै नभई समाजसेवा झन बढी महत्वपूर्ण रहेको अनुभूति गर्ने अवसर यो कार्यक्रमले आफूलाई दिएको उनको भनाइ थियो ।

अठ्तीस दिनसम्म सञ्चालन हुने अभियानमा आश्रमका ३८ जना स्वयंसेवकको सहभागिता छ । यात्रीहरुले असोज २७ गते पूर्वीनाका मेची पुलमा पुगेर दीप प्रज्ज्वलन गरी उद्धार कार्यको शुभारम्भ गरेका थिए । कोशी प्रदेशमा चार दिन बिताएर मधेश प्रदेश केन्द्रित भएका उद्धार टोलीले हिजोसम्म ८३ जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरिसकेको छ । उद्धार गरिएकाहरुमध्ये अधिकांश मनोरोगी छन् ।

यसपटक यस अभियानलाई अझ प्रभावकारी बनाउन वरिष्ठ समाजसेवी एवं आनी छोइङ डोल्मा फाउण्डेशनकी अध्यक्ष आनी छोइङ डोल्मा पनि सहभागी हुनुभएको छ । यात्राको सम्पूर्ण खर्च सोही फाउण्डेसनले बेहोरिरहेको छ । संसारलाई महँगोमा गीत सुनाएर आफूले प्राप्त गरेको अधिकांश पारिश्रमिक समाज सेवामा लगाउँदै आइरहेकी आनी छोइङ डोल्मा यतिखेर सहयोगापेक्षीहरुको उद्धार, नुवाइधुवाई र सरसफाइमा रमाइरहहेकी छन् ।

मानव सेवाभन्दा अर्को महान् धर्म केही नभएकाले आफू पनि यस अभियानमा जोडिएको समाजसेवी आनी छोइङले बताइन् । उनी भन्छिन्, ‘दीनदुःखी र असहायको सेवा गर्दा मनमा शान्ति मिल्छ, पुण्य संग्रह बढ्छ । मानव सेवा आश्रमले गरिरहेको सत्कर्मको पुण्य मलाई पनि मिलोस् भनेर अभियानलाई साथ दिएकी हुँ ।’’ मानिसका गलत सोच, व्यवहारलाई सुधार गर्नु पनि समाजसेवा नै हो । सकारात्मक सन्देश दिन र राम्रो कामको देखासिकी गराउन यस्ता अभियानहरु सार्थक रहने उनको भनाइ छ ।

मानव सेवा आश्रमका देशका सातै प्रदेशका १९ जिल्लामा २४ वटा सेवा केन्द्र छन् । ती केन्द्रहरुबाट हालसम्म आठ हजारभन्दा बढीको उद्धार गरिएको छ र हाल १६ सय जना संरक्षणमा छन् । तीमध्ये करिब सय बालबालिका छन् भने एक हजार मानसिक समस्या भएका व्यक्ति छन् । यसअघि पनि आश्रमले मेची महाकाली अभियान चलाइसकेको छ । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘डेङ्गु नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक पर्छ ’

काठमाडौँ । पछिल्लो समय डेङ्गु सङ्क्रमण जनस्वास्थ्यका रुपमा देखा पर्न थालेको छ । नेपालको केही वर्षको तथ्याङ्कले पनि डेङ्गु महामारीका

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौँ । प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार

लागुऔषध कोकिन सहित ठमेलबाट २ ब्राजिलियन पक्राउ

काठमाडौँ । ठमेलबाट लागुऔषध कोकिनसहित २ जना ब्राजिलियन नागरिक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका १७ ठमेलस्थित एक होटलबाट ब्राजिलियन

बागमतीका मुख्यमन्त्रीले चैत १९ गते विश्वासको मत लिने

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन् । फागुन २३ गते नेपाली

दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सहसचिव राजेन्द्रदेव

काठमाडौँका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समयसीमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समयसीमा दिएको छ । महानगरपालिकाले हिजो सूचना

Techie IT