IIMS College

ISMT

HUB Education

अरूणखाेलामा डाइभर्सन निर्माण गरी यातायात सुचारू

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोला पुल भाँचिदा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

 

अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फ करमघारी गाउँबाट खोलामा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

 

साना सवारीलाई पुलबाटै सञ्चालन गरिएको छ । ठूला सवारीका लागि भने खोलामा ‘डाइभर्सन’ निर्माण गरिएको उनले बताए । 

 

तत्कालका लागि रोकिएका सवारी सञ्चालनमा ल्याउन पुलको उत्तरतर्फ करमघारी गाउँ नजिक खोलामा भएका खाल्डोलाई पुरेर ‘डाइभर्सन’ निर्माण गरिएको भए पनि पानी परेको खण्डमा समस्या आउनसक्ने प्रहरी निरीक्षक अधिकारीले बताए । 

 

पानी पर्दा खोलमा पानीको सतह बढ्ने तथा निर्माण गरिएको ‘डाइभर्सन’ बगाउन सक्ने भएकाले पुनः यातायात अवरुद्ध हुनसक्ने उनले बताए ।

 

भाँचिएको पुल मर्मतका लागि भने केही समय लाग्ने प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । पुलको तल्लो सतहबाटै मर्मत गर्नुपर्ने भएकाले तत्काल  पूर्णरूपमा पुलबाट यातायात सञ्चालन गर्न केही समय लाग्ने सडक डिभिजन कार्यालयले जानकारी गराएको उनले बताए ।

 

आज बिहान ना६ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुलको  एक स्थानमा क्षति पुगी करीब दुई मिटर तल लच्किएकाले यातायात अवरुद्ध बनेको थियो । अहिले रोकिएका सवारी आ–आफ्नो गन्तव्यतर्फ लागेको प्रहरी  निरीक्षक अधिकारीले बताए । 

 

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासीमा रहेका पुलहरु झण्डै वर्षेनीजस्तो कुनै न कुनैमा क्षति पुग्ने गरेका छन् । यसबाट यात्रुहरुले समस्या झेल्ने गरेका छन् । 

 

नवलपरासीको नवलपुरअन्तर्गत पर्ने जयश्री पुल, बौलाहाखोला पुल, लोकाहा पुलमा गत वर्ष सवारीले ठक्कर दिई क्षति पुग्दा महीनौँसम्म यात्रुले सास्ती पाएका थिए । 

 

वि.सं. २०३० तिर निर्माण गरिएका नारायणगढ–बुटवल सडक खण्डका पुलको संरचनामा ‘ट्रस’को प्रयोग गरिएको छ । पुल निर्माण गरेको लामो समय भएकाले पुलका संरचना कमजोर बन्दै गएका छन् । सवारीसाधनले पुलमा सामान्य ठक्कर दिँदासमेत पुलको संरचनामा धेरै क्षति पुग्ने गरेको  छ ।


थप समाचार

यस कारण मृगौला फेल हुन्छ

  • 19 minutes ago
यस कारण मृगौला फेल हुन्छ

एजेन्सीको सहयोगमा । किड्नीको सामान्य काममा असर हुनु किड्नी फेल हो । किड्नी फेलका धेरै कारण हुन्छन् । कहिलेकाही किड्नीमा चोट लागेर पनि किड्नी फेल हुन्छ । त्यस्तै न्यून रक्तचाप, शल्यक्रियाको साइड इफेक्ट

कंगनाको ‘पंगा’ले पहिलो दिन कति कमायो ?

  • 27 minutes ago
कंगनाको ‘पंगा’ले पहिलो दिन कति कमायो ?

काठमाडौं । अभिनेत्री कंगना रनौत, ऋचा चढ्ढा र जस्सी गिल स्टारर् फिल्म ‘पंगा’ शुक्रबारबाट दर्शकमाझ रिलिजमा आइसकेको छ । नेशनल कबड्डी प्लेयरको जिवनीमा आधारित ‘पंगा’लाई दर्शकहरुले रुचाइरहेका छन् ।

‘पंगा’ अभिनेत्री कंगनाको लेटेस्ट तस्बिर चर्चामा

  • 31 minutes ago
‘पंगा’ अभिनेत्री कंगनाको लेटेस्ट तस्बिर चर्चामा

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावत र जस्सी गिल स्टारर फिल्म ‘पंगा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । फिल्मको प्रमोशन गर्न कंगना निकै मिहिनेत गरिन् । हालसालै फिल्म प्रमोशनका लागि विभिन्न स्थानमा पुगेक



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस कारण मृगौला फेल हुन्छ

यस कारण मृगौला फेल हुन्छ

एजेन्सीको सहयोगमा । किड्नीको सामान्य काममा असर हुनु किड्नी फेल हो । किड्नी फेलका धेरै कारण हुन्छन् । कहिलेकाही किड्नीमा चोट लागेर पनि किड्नी फेल हुन्छ । त्यस्तै न्यून रक्तचाप, शल्यक्रियाको साइड इफेक्ट लगाएतका कारणले किड्नीमा गम्भीर हानी गर्छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।