यस्तो रहेको छ सोमबारको तपाईको भाग्य !

Education Park

वि.सं.२०७५ साल चैत्र ११ गते । सोमबार । ईश्वी सन् २०१९ मार्च २५ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र कृष्ण पक्ष । तिथि पंचमी, ४६ घडी ०४ पला, रातको १२ बजेर ३१ मिनेट उप्रान्त षष्ठि । नक्षत्र विशाखा, १३ घडी ०४ पला, बिहान ११ बजेर १९ मिनेट उप्रान्त अनुराधा ।

 

योग बज्र, ४० घडी ४७ पला, बेलुकी १० बजेर २४ मिनेट उप्रान्त सिद्धि । करण कौलव, दिउसो १२ बजेर ४६ मिनेट उप्रान्त तैतिल, रातको १२ बजेर ३१ मिनेट उप्रान्त गर । आनन्दादिमा मित्र योग । चन्द्रराशि बृश्चिक । काठमाडौंमा सूर्योदय ०६ बजेर ०५ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर १७ मिनेट । दिनमान ३० घडी २९ पला ।

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा चेली माइतीबीच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाइनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । 

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामबाट पनि फुर्सद पाइनेछ। व्यापारकै सुलसिलामा यात्रा हुने योग रहेकोछ ।

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कुनै पनि कामलाई पुनह गर्नु पर्दा मानसिक तनाब बढ्नेछ । पुराना रोगहरु फेरी बल्झन सक्छ ध्यान दिनुहोला । रकम लागनि गर्नको लागि केही समय पर्खनु नै उचित रहेकोछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुदा आर्थिक अवस्था खस्कनेछ । प्रेममा एक अर्कालाई बुझ्न नसक्दा केही समयको लागि टाडिनु पर्ने हुन सक्छ । कुनै पनि बिवादमा सामेल भए हारिने सम्भावन रहेकोछ ।

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शिक्षा क्षेत्र सँग सम्बन्धीतत कामबाट मनग्गे आम्दानि हुनेछ । सन्तान बृद्धिको योग रहेकोछ धने सन्तानको प्रगति देख्न पाइनेछ । धर्म शाष्त्र तथा अध्यात्म ज्ञानमा  बिषेश चासो बढ्नेछ । प्रेम गर्ने जोडीहरुले आफ्ना भावना खुलेरै साटासाट गर्नको लागि समयले साथ दिनेछ भने उपाहार पाइने हुनाले मन प्रशन्न हुनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेकोछ । बिहानको समय मध्ययम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । 

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् । माया प्रेममा बिश्वास बढ्नेछ भने घर परिवारमा आमाको सहयोग पाइनेछ । अन्य काममा व्यास्त हुँदा पढाई लेखाई कमजोर हुन सक्छ । राजनीति तथा समाजसेवामा सहभागी हुँनेहरुले जनतासँग सन्तुलित व्यबहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाति सम्बन्धि समस्या आउँने तथा खर्च बढ्ने योग रहेकोछ ।

 

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) व्यापारमा प्रशस्त समय खर्चिए पनि आम्दानि थोरै हुदा दैनिक कामहरु प्रभावित हुन सक्छन् । छिमेकी तथा दाजुभाईसँग सामान्य कुरामा बिवाद बढ्नेछ भने बाहिरका मानिससँग न्यायिक निर्णयहरुमा सामेल भए हारिने सम्भावना रहेकोछ । सामाजिक तथा परोपकारी क्षेत्रमा सामेल भए पनि आलोचना गर्नेहरुबो बिगबिगी रहनेछ । प्रेममा धोका हुने हुदा आजको दिन टाडै बस्नुनै बेस हुनेछ । 

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) गीत संगीत तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुँनेछन् । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईको बौद्धिकताको सबैले सम्मान गर्नेछन् ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान लिनुहोला । साना तिना घरेलु समस्याले सताउँनेछ भने आफनो भन्दा अरुकै काममा समय बित्नेछ । दिनभर ब्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनमा सामान्य समस्या आउँन सक्छ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले सर्बसाधारणबाट भनेजस्तो समर्थन पाउँन सन्तुलित व्यावहार गर्नुपर्नेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खर्च बढ्नुका साथै आर्थिक संकटको सामना गर्नुपला । अनावश्यक काममा समय बित्नेछ। व्यावसायिक काममा पनि लगानीको समय छ। विदेश भ्रमण वा वैदेशिक क्षेत्रबाट लाभ उठ्न सक्छ। भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। आश्वासन दिनेहरूले यथार्थमा सहयोग नजुटाउलान्। आफन्त तथा अग्रज सँग सानो सानो कुरामा बिवाद सिर्जना हुनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरी अरुभन्दा अगाडि बढ्न सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ भने परिवारका आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ काम पाउँने तथा नोकरीमा पदोन्नति हुने समय रहेको छ । साथिभाईसँग रमाइलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैत्रिक सम्पतिको प्रयोग गरी आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) जानकारीको अभावले कामहरु बिग्रनेछ भने आलोचनाको शिकार होइनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यही बेलामा व्यापार व्यावसायमा मन्दि आउनेछ । आम्दानि भन्दा खर्च अधिक हुने हुनाले रुपैया पैसाको व्यवस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजादा हरुभन्दा पछि परिनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ ।

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यावसायकै सन्द्रर्भमा लामो दुरीको व्यवसायीक यात्रा हुनेछ । यात्रा तथा पर्यटकीय व्यावसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र स्वत स्फुर्त रुपमा अगाडि  बढ्नेछ । 


थप समाचार

राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढाउन मन्त्री राईकाे जाेड

  • 2 hours ago
राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढाउन मन्त्री राईकाे जाेड

ललितपुर । शहरी विकासमन्त्री महोम्मद इस्तियाक राईले हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता अझ बढ्नुपर्नेमा जोड दिएका छन् । मुस्लिम आयोगले आज जावलाखेलमा आयोजना गरेको ‘मुस्लिम समुदायको हकहि

चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा

  • 2 hours ago
चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा

इलाम । स्थानीय सरकारले तोकेको न्यूनतम ज्याला दिन नसक्ने भन्दै यहाँस्थित सूर्योदय नगरपालिकाका उद्यमीले उद्योग बन्द गर्ने घोषणा गरेका छन् । न्यूनतम ज्याला कार्यान्वयन गर्दा चियाबाट आम्दानी लिन नसक्ने भन

अर्का कवि तथा पत्रकार संगीत स्राेता पनि पक्राउ, काठमाडाैँमा एकैदिन दुई कवि गिरफ्तार

  • 2 hours ago
अर्का कवि तथा पत्रकार संगीत स्राेता पनि पक्राउ, काठमाडाैँमा एकैदिन दुई कवि गिरफ्तार

काठमाडौँ । प्रहरीले कवि तथा पत्रकार संगीत स्रोतालाई पक्राउ गरेको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर कलेज अगाडिबाट बुधबार कवि स्रोतालाई प्रहरीले पक्राउ गरेको हो । ठूलो संख्यामा आएक



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।