IIMS College

ISMT

HUB Education

आत्मघाती आक्रमणमा नौ जना प्रहरी मारिए

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

अफगानिस्तानको पूर्वीप्रान्त कुनारमा सोमबार राति आत्मघाती आक्रमण गरी नौ जना प्रहरी अधिकारीको हत्या गरिएको समाचार छ । 

 

सोमबार राति ८ बजे भएको यस आक्रमणमा परी अन्य तीन प्रहरी अधिकारी घाइते भएका स्थानीय अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । 

 

स्थानीय समयाअनुसार चावकी जिल्लाको बबार ताङगइमा रहेको प्रहरी चौकीमा आतङ्ककारी समूहले आक्रमण गरेको प्रान्तीय सरकारका प्रवक्ता गनी मुसामिमले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । 

 

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । यस पहाडी प्रान्तमा तालिबान र इस्लामिक स्टेट्स९आइएस० आतङ्ककारीको बलियो उपस्थिति रहेको छ । 

 

त्यसैले यस आक्रमणमा पनि तालिबानकै हात रहेको अनुमान प्रहरीले गरेको छ । आत्मघाती हमलाकारीको पनि निधन भएको छ । 

 

ती हमलाकारीको परिचय खुल्न नसकेको प्रहरी अधिकारीले जानकारी दिएका छन् । 

 

सन् २०१५ को शुरुबाट अफगानिस्तानको सम्पूर्ण सुरक्षाको जिम्मा अफगान सुरक्षा अधिकारीले लिएपछि सुरक्षा अधिकारीको हताहत बढेको छ । 

 

सन् २०१४ को अन्त्यमा अफगानिस्तानमा युद्धरत अमेरिकी र नेटोआवद्ध सेनाले अफगान युद्ध सकिएको घोषणा गर्दै अफगानिस्तानबाट फर्किएका थिए । 

 

यहाँ बाँकी रहेका केही अमेरिकी र नेटोआवद्ध सैनिकले भने अफगान सुरक्षा अधिकारीलाई सल्लाह र तालिम दिनेकाम मात्र गर्ने गरेका छन् । 

 

अफगानिस्तानमा सरकारसँग युद्ध जारी राखेका तालिबान र अन्य आतङ्ककारी समूहले सरकारी र सुरक्षा अधिकारीलाई लक्ष्य बनाउदै बारम्बार आक्रमण गर्दै आएका छन् । 


थप समाचार

शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

  • 9 hours ago
शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

नेपालको सबैभन्दा ठूलो र पुरानो समाचार एजेन्सीका रुपमा सञ्चालित राससले विदेशस्थित प्रतिनिधिका रुपमा बेलायतमा शर्मालाई नियुक्त गरेको उनले बताए ।

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 11 hours ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 11 hours ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।