अष्ट्रेलियामा ९ जना नेपाली कोरोना भाइरसबाट संक्रमित

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । यसको संक्रमणबाट नेपालीहरु पनि अछुतो रहेका छैनन् । पछिल्लो रिपोर्ट अनुसार यो भाइरसबाट ९ जना नेपाली संक्रमित भएका छन् । तास्मानियामा एकजना नेपाली विद्यार्थीलाई कोरोनाका लक्षण देखिएको र त्यसपछि तीन दिनभत्रै उनी ठीक भएका थिए भने न्यूसाउथवेल्समा कोरोना देखिएका एकजना नेपाली पनि निको भइसकेका छन् । यससँगै निको हुने नेपालीको संख्या २ पुगेको छ भने अहिले पनि ७ जना कोरोनाका कारण आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् ।

 

सिड्नीमा चार जना नेपाली विद्यार्थी र मेलबर्नमा तीन जनामा कोरोनाको संक्रमण देखिएका कारण यतिबेला उनीहरु सेल्फ आइसोलेसनमा बसिरहेका छन् । राजदूत महेशराज दाहालले सबै बिरामीहरु दूतावासको सम्पर्कमा रहेको जानकारी दिए । दूतावासको संरक्षकत्वमा बनाइएको उच्चस्तरीय राहत समितिमार्फत राहत समेत वितरण भइसकेको उनले जानकारी दिए । एनआरएन अष्ट्रेलियाको अध्यक्षतामा सबै सामूदायिक संघ संस्था सम्मिलित यो कमिटीले भर्खरै आएका नेपाली विद्यार्थी लक्षित राहत वितरण गरिरहेको छ । जस अन्तर्गत ३० दिनसम्मको खाना दिने योजना छ ।

 

न्यूसाउथवेलसका संयोजक देव गुरुंगले चार जनालाई आफुहरुले सम्पर्क गरी चिकित्सकहरुबाट हरेक दिन परामर्श दिने कार्यको समेत समन्वय गरिरहेको जानकारी दिए । भिक्टोरियाका संयोजक प्रेम कँडेलले पनि उनीहरुलाई कोराना लागेको अवस्थामा के गर्ने के नगर्ने लगायतका सबै परामर्शनेपाली चिकित्सकहरुले नै प्रदान गरेको जनाकारी दिए । 


थप समाचार

बजेटले राष्ट्रिय समस्यालाई हल गर्न सक्दैनः पूर्वप्रधानमन्त्री भट्टराई

  • 1 minute ago
बजेटले राष्ट्रिय समस्यालाई हल गर्न सक्दैनः पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडाैँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बजेटलाई सत्तारुढ दलले असाध्यै राम्रो भनेर समर्थन गर्ने र विपक्षीले आँखा चिम्लेर विरोध गर्ने प्रवृत्तिले मुलुकको वास्तविक हित नगर्ने हुँदा तथ्यमा आ

बर्दियासँग जोडिएको भारतीय सीमा बन्द

  • 7 minutes ago
बर्दियासँग जोडिएको भारतीय सीमा बन्द

बर्दिया । बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका सम्पूर्ण खुला सीमा बन्द हुने भएको छ । नगरपालिकाको आज बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले भारतसँग जोडिएका सबै सीमा बन्द गर्ने निर्णय गरेको हो ।

बाजुराकी दुई वर्षे बालिका कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि

  • 36 minutes ago
बाजुराकी दुई वर्षे बालिका कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि

धनगढी । बाजुराको बुढिगंगा–१ की २ वर्षीया बालिकाको कोरोना संक्रमणबाटै मृत्यु भएको पुष्टि भएको छ । अस्पतालको आइसोलेशनमै रहेका बेला उनको आइतबार बिहान मृत्यु भएको थियो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।