गृहपृष्ठ ∕ राजनीति ∕ भाटभटेनीका मालिकले एमाले पार्टी कार्यालय बनाउने निर्णय सच्याउन बिन्दा पाण्डेको मागभाटभटेनीका मालिकले एमाले पार्टी कार्यालय बनाउने निर्णय सच्याउन बिन्दा पाण्डेको माग नेपालीपत्र सोमबार, २०८१ असोज २८ गते, १५:३५ मा प्रकाशित राजनीति काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले कीर्तिपुरमा भाटभटेनी सुपर मार्केटमा संचालक मीनबहादुर गुरुङलाई एमालेको पार्टी कार्यालय बनाउन जिम्मा दिने निर्णयले साढे ५ लाख पार्टी सदस्यको शिर झुकाएको बताएकी छिन् ।त्यसैगरी पाण्डेले सो निर्णयले २८ लाख मतदाताको समेत अपमान भएकाले उक्त निर्णय सच्याउन आग्रह गरेकी छन् । सोमबार सामाजिक सजालमार्फत यसबारे पार्टीमा छलफल, निर्णय नभएको र जानकारी समेत नभएको बताएकी छिन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि भवनको शिलान्यास गरेका थिए । सो भवन भाटभटेनी सुपरमार्केटका संचालक गुरूङले बनाइदिन लागेका हुन् । भवन शिलान्यासमा गुरूङ दम्पत्ति पनि सहभागी भएका थिए । पाण्डेले कीर्तिपुरमा एमाले केन्द्रीय कार्यालय भवन व्यवसायीबाट निर्माण गराउने कुरा भविष्यमा पार्टीका लागि आत्मघाती हुने बताएकी छिन् ।एमालेको पार्टी कार्यालयका लागि गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले १० रोपनी १४ आना जग्गा उपलब्ध गराएका हुन् । पाण्डेले मनमोहन अधिकारी र मदनभण्डारीले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउन व्यापारीबाट भवन निर्माण गर्ने गÞलत निर्णय सच्याउनुपर्ने उल्लेख गरेकी छिन । #एमालेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुदधेरै पढिएका खबर १ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन २ ब्रिटिस कलेजका पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने ३ फुङ्लिङमा शनिवार बिहानै एक घरमा आगलागी ४ कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मत्यु ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ एसीसी यू– १९ प्रिमियर कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा ७ कोशी सरकारबारे निर्णय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठकThe Film Nepal