अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित राहत घोषणा

सिड्नी । पछिल्लो समय अष्ट्रेलियामा कोरोना संक्रमण विस्तारै नियन्त्रणमा आउन थालेको छ । नियन्त्रणमा आउन थालेसँगै आर्थिक गतिविधि सुरु हुन थालेका छन् भने उच्च सतर्कता पनि उत्तिकै अपनाउन आग्रह गरिएको छ । कोरोना भाईरसका कारण सिर्जित महामारीका कारण समस्यामा परेका अष्ट्रेलियाका अन्तर्राष्ट्रिय विद्यार्थी लक्षित राहत घोषणा गर्ने क्रम जारी रहेको छ ।

 

यसैक्रममा अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा बसोबास गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि राज्यले २ करोड डलर सहयोग गर्ने घोषणा गरेको छ । यो सहयोग मूलतः उनीहरुको बसोबासमा आइपरेको समस्या समाधानमा केन्द्रित हुनेछ । अष्ट्रेलियामा शिक्षामन्त्री डान तेहानले आपतकालीन बसोबासको समस्या समाधान गर्न यो सहयोगी हुने आशा व्यक्त गरे । २ करोड डलरको प्याकेजमा केही समयका लागि बसोबासको व्यवस्था गरिनेछ । यसमा घर भाडा अथवा होमस्टेको व्यवस्था गरिदिने सुविधा हुनेछ ।

 

अष्ट्रेलियामा रहेका ६ लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीले यतिबेला काम गुमाउने क्रम बढिरहेको छ भने आफ्नो देशबाट रकम समेत ल्याउन पाएका छैनन् । अर्कोतर्फ, उनीहरु देश फर्किएर जाने बाटो पनि बन्द छ । न्यूसाउथवेल्सका शीप तथा अनौपचारिक शिक्षा मन्त्री जीअफ लीले अन्तर्राष्ट्रिय विद्यार्थी समूदायको र अर्थतन्त्रको अभिन्न अंग भएको बताएका छन् । उनले यही क्षेत्रमा आश्रित हजारौं अष्ट्रेलियन परिवार रहेको पनि खुलाए । 

 

न्यूसाउथवेल्सको व्यापारी समूह र नेताहरुले सरकारसँग अन्तर्राष्ट्रिय विद्यार्थीलाई अप्ठेरो परेको बेलामा दिल खोलेर सहयोग गर्नुपर्ने बताइरहेका छन् । तर, सुरुको चरणमा उनीहरुको समस्या कमैमात्र प्राथमिकतामा परेको थियो ।

 

न्यूसाउथवेल्सको पछिल्लो घोषणाको काउन्सिल अफ ईन्टरनेशनल स्टुडेन्टस अष्ट्रेलिया ९सीसा०ले स्वागत गरेको छ । संस्थाका अध्यक्ष अहमद अडेमोग्लुले बसोबासका लागि सहयोग गर्ने योजना स्वागतयोग्य भएको बताएका छन् ।


थप समाचार

काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

  • 5 minutes ago
काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । काँग्रेस संसदीय दलको कार्यलयले आज एक विज्ञप्ती जारी शुक्रबार दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थ

लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमबाट समेत प्रसारण

  • 10 minutes ago
लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमबाट समेत प्रसारण

काठमाडौँ । सरकारले सूचना प्रविधिमा आधारित सञ्चार माध्यमलाई प्रवद्र्धन गर्ने उद्देश्यले सार्वजनिक सरोकार र लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमबाट समेत प्रसारण गर्ने भएको छ ।

खानेपानी मन्त्रालयलाई ४३ अर्ब १० करोड बजेट

  • 16 minutes ago
खानेपानी मन्त्रालयलाई ४३ अर्ब १० करोड बजेट

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि रु ४३ अर्ब १० करोड बजेट छुट्टाएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आवमा ९४ प्रतिशत जनसङ्ख्या



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।