अष्ट्रेलियामा नेपाली लोकनृत्य प्रतियोगिताको आयोजना हुँदै, प्रथम हुनेलाई १६०० डलर

सिड्नी । नेप्लिज एसोसिएसन अफ् कुइन्सलाण्डको आयोजनामा नेपाली लोकनृत्व प्रतियोगिता आयोजना हुन लागेको छ । नेपाली राजदूतावास क्यानबेराको सहयोग र गैरआवासीय नेपाली संघ, अष्ट्रेलियाको संयोजनमा यही सेप्टेम्बर २८ र २९ तारिखका दिन ब्रिस्बेनस्थित क्यूयुटी गार्डेन थिएटरमा प्रतियोगिताको आयोजना हुन लागेको हो ।

 

‘हाम्रो संस्कृति हाम्रो पहिचान, गरौँ प्रवर्द्धन, सम्वर्द्धन अनि सम्मान’ को नारा सहित अष्ट्रेलियाव्यापी प्रतियोगिता हुन लागेको हो । अष्ट्रेलियाको तास्मेनिया राज्य बाहेक अन्य  सबै राज्य र  न्युजल्याण्ड समेतको  सहभागीयता रहेको उक्त्त नृत्य  प्रतियोगितामा नेपालका विभिन्न जातजाति, भेषभूषा, भाषा, साहित्य, कला र लोक संस्कृति झल्काउने लोकनृत्यहरु प्रस्तुत हुने आयोजकले जनाएको छ । 

 

टाइटल स्पोन्सर एक्सपर्ट एजेकेशन एण्ड भिजा सर्भिस रहेको उक्त्त  प्रतियोगितामा एकल, युगल र समूह गरी जम्मा ३ प्रकारका नृत्यहरुको प्रस्तुति रहने छ । प्रतियोगितामा १७ वटा एकल, ९ जोडी र १० समूह नृत्यहरु छनौटमा परि प्रतिस्पर्धाका लागि तयारी भइरहेको छ । 

 

आयोजकका अनुसार आ–आफ्नो नृत्य प्रस्तुत गर्ने क्रममा प्रतियोगीले आफूले प्रस्तुत गर्ने नृत्य र सोसँग सम्बन्धित साँस्कृतिक महत्वको बारेमा बढीमा २ मिनेटको जानकारी प्रदान गर्नु पर्ने छ भने उक्त प्रस्तुति मूल्यांकनमा समावेश गरिने छ । प्रतियोगिता पहिलो र दोश्रो गरी दुई चरणको हुने छ भने उत्कृष्टताको आधारमा छनौटमा पर्ने प्रत्येक समूहबाट पाँच वटा नृत्य दोश्रो चरण अर्थात फाइनल राउन्डमा जाने छन् । 

 

एकल नृत्यमा प्रथम हुनेले ८००, दृतीय हुनेले  ५०० तथा तृतीय हुनेले ३०० डलर पुरस्कार पाउनेछन् भने  युगल नृत्यमा प्रथम हुनेले १२००, दृतीय हुनेले ७०० तथा तृतीय  हुनेले ४०० रडलर पुरस्कार पाउनेछन् । यस्तै, समूह नृत्यमा प्रथम हुनेले १६००, दृतीय हुनेले ९०० तथा तृतीय हुनेले ५०० डलर नगद पुरस्कार पाउनेछन् । 

 

आयोजक कमिटीका संयोजक डा केशब शर्माले आफूहरुले कलाकारहरुलाई मौलिक नृत्य प्रस्तुत गर्न प्रोत्साहित गरेको भन्दै  यसखालको प्रतियोगिताले नयाँ पुस्तालाई नेपाली लोक संस्कृतिबारे जानकारी पाउने अवसर मिल्ने बताए । 

 

प्रतियोगितामा कोरियोग्राफर, कथक डान्सर तथा कला प्रशिक्षक सुबिमा श्रेष्ठ मुख्य जजको रुपमा रहेकी छिन् ।  


थप समाचार

होटल, लज र रिसोर्टलाई क्वारेन्टिन बनाउन सुझाव

  • 55 minutes ago
होटल, लज र रिसोर्टलाई क्वारेन्टिन बनाउन सुझाव

काठमाडौँ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका होटल, लज र रिसोर्टलाई क्वारेन्टिनका रूपमा विकास गर्न सकिने सुझाव दिइएको छ । शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार परेको

गोरखाको भीमसेन थापा गाउँपालिकाबाट अवैध काठसहित ५ जना पक्राउ

  • 59 minutes ago
गोरखाको भीमसेन थापा गाउँपालिकाबाट अवैध काठसहित ५ जना पक्राउ

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङबाट अवैध काठसहित पाँचजना पक्राउ परेका छन् । ग१त ३८७३ र ग१त ६२२८ नंको दुई ट्र्याक्टरमा लोड गरी सदरमुकामतर्फ लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको

कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

  • 1 hour ago
कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. विकास देवकोटाले जेठ १० गते भारतबाट नेपाल आउँने क्रममा ज्



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

काठमाडौं । रोग प्रतिरोधात्मक क्षमता– तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जो हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।