IIMS College

ISMT

HUB Education

बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी, ७० जनाको मृत्यु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

ढाका । बंगलादेशको राजधानी ढाकामा बुधबार राति भएको आगलागीमा परी कम्तीमा पनि ७० जना व्यक्तिको ज्यान गएको छ । 

 

राजधानी ढाकाको बजार क्षेत्रमा सो आगलागी भएको थियो । राति भएको सो भीषण आगलागीमा परी ७० जनाको ज्यान गएको छ भने अरु दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् । 

 

जलेर मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका छन् । उनीहरुलाई अस्पताल पु¥याइएको र तीमध्ये कैयौँको अवस्था अत्यन्तै गम्भीर रहेको ढाका प्रहरीले जानकारी दिएको छ । 

 

ढाकाको चवाक बजारमा रहेको एक घरमा ग्याँसको सिलीण्डर विस्फोट भएको थियो । त्यो विस्फोटबाट निस्किएको आगोले सबैभन्दा पहिला पाँच तल्ले भवन जलेको थियो । 

 

राजधानी ढाकाको पुरानो वस्तीतिरको क्षेत्र भएकोले घरहरु जोडिएर रहेका र जसका कारण एकपछि अर्को घरमा आगो फैलिएको थियो । 

 

यसरी फैलिएको आगोका कारण यहाँका कैयौँ घर शिकार भएका थिए । कैयौँ घरमा आगो सल्किएको र जनधनको ठूलो क्षति हुन पुगेको प्रहरीले जानकारी दिएको छ । 

 

ढाकाको आगलागी नियन्त्रण विभागका एकजना अधिकारी महफुज रिवनले सो जानकारी दिएका छन् । उनका अनुसार एक घरमा सिलिण्डर पड्किएर भएको आगलागीले सो घरसँगै रहेको अर्को घरलाई पनि छोएको र उक्त घरमा रासायनिक पदार्थहरु राख्ने गरिएको एक गोदाम रहेकोले आगो झन् बढेको जानकारी दिए । 

 

उनले भने बुधबार राति करिब १० बजेतरि उक्त आगलागी शुरु भएको थियो । आगो नियन्त्रणमा लिन निकै धेरै समय लागेको थियो । आगो नियन्त्रणमा लिन मध्यराति सम्म लागेको र जसका कारण ठूलो जनधनको क्षति हुन पुगेको थियो । 

 

उनले आगो नियन्त्रणका लागि कम्तीमा पनि ३७ ओटा दमकलको प्रयोग गरिएको जानकारी दिएका छन् । आगोको मुस्लो बढ्दै जाँदा अर्को घरमा सल्किन पुगेको थियो । 

 

सो आगलागनी नियन्त्रणका लागि ३७ ओटा अग्नि नियन्त्रक र ठूलो संख्याका कर्मचारीले निकै प्रयत्न गरेपछि बिहीबार बिहानीपख ३ बजेमात्र आगो नियन्त्रणमा आएको उनले बताए । 

 

अग्नि नियन्त्रकहरुले अहिले पनि विभिन्न घर र तिनका भग्नावशेषमा लागेको आगो निभाउने प्रयास जारी राखेका बताइएको छ । 

 

ढाका प्रहरीले यहाँको उद्वारको कार्य अझै सम्पन्न भइ नसकेको जनाएको छ । उद्वारको कार्य जारी नै रहेको, कति जनाको ज्यान गएको हो भन्ने बारेमा पनि यकिन हुन बाँकी रहेको बताइएको छ । 

 

हाल ६९ जनाको शव भेटिएको तर जलेर अस्पतालमा उपचार गराइरहेका नागरिकको संख्या धेरै रहेकोले मृतकको संख्या निकै बढ्न सकने बताइएको छ । 


थप समाचार

असोज ९ गतेदेखि भृकुटीण्डपमा फेस्टिवल सपि मार्केट सञ्चालन हुने

  • 1 minute ago
असोज ९ गतेदेखि भृकुटीण्डपमा फेस्टिवल सपि मार्केट सञ्चालन हुने

काठमाडौँ । दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै असोज ९ गतेदेखि राजधानीको भृकुटीण्डपमा फेस्टिवल शपिगं मार्केट संचालन हुने भएको छ ।

एनआरएनए उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी

  • 12 minutes ago
एनआरएनए उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्षमा पूर्वसचिव अर्जुनकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै २०१९–२१ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घो

अनौठो परम्परा ! आमा छोरीको एउटै श्रीमान्

  • 12 minutes ago
अनौठो परम्परा ! आमा छोरीको एउटै श्रीमान्

एजेन्सी । हरेक ठाउँको आफ्ना आफ्ना संस्कृति र रीतिरिवाज रहेका छन् । तर, केही यस्ता अनौठा रीतिहरु पनि रहेका छन् जसले अधिकांशलाई आश्चर्य चकित पार्ने गर्छन् । यस्तै रीति बंगलादेशमा रहेको छ ।



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

वि.सं.२०७६ साल असोज ०७ गते । मंगलबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि दशमी, १४ घडी २४ पला, बिहान ११ बजेर ४३ मिनेट उप्रान्त एकादशी । काठमाडौंमा सूर्योदय ०५ बजेर ५३ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५७ मिनेट ।

विचित्र विश्व

अनौठो परम्परा ! आमा छोरीको एउटै श्रीमान्

अनौठो परम्परा ! आमा छोरीको एउटै श्रीमान्

एजेन्सी । हरेक ठाउँको आफ्ना आफ्ना संस्कृति र रीतिरिवाज रहेका छन् । तर, केही यस्ता अनौठा रीतिहरु पनि रहेका छन् जसले अधिकांशलाई आश्चर्य चकित पार्ने गर्छन् । यस्तै रीति बंगलादेशमा रहेको छ ।