बङ्लादेशी नागरिकको पारिवारिक मिलन

  • शुक्रबार, १ चैत, २०७५
  • 3 days ago
  • नेपाल

काठमाडौँ । मानवसेवा आश्रमले काठमाडौँको महाराजगञ्जस्थित सडकपेटीबाट उद्धार गरी संरक्षण दिँदै आएका एक बङ्लादेशी नागरिकलाई पारिवारिक पुनर्मिलन गराएको छ । 

 

बङ्लादेशको ढाकास्थित नेपाली दूतावास र काठमाडौँस्थित बङ्लादेश दूतावासको समन्वयमा बङ्लादेशी महिला विलकिश वेगमलाई स्वदेश फर्काउन सफल भएको आश्रमका काठमाडौँ संयोजक सुमन वर्तौलाले जानकारी दिए । 

 

उनलाई आश्रमले २०७४ जेठ २१ गते महाराजगञ्ज सडकपेटीबाट उद्धार गरेको थियो । आठ वर्षदेखि बेपत्ता भएकी विलकिशलाई बिहीबार पारिवारिक मिलन गराइएको हो । विलकिश बेगमको स्थायी घर बङ्लादेशको नारायणगञ्ज मुन्सीनगर कुटुबपुर पत्ता लागेपछि मिलन गराउन सफल भएको आश्रमले जनाएको छ । 

 

उनलाई उद्धार गर्दा परिवार र आफन्तबारे केही बताउन नसक्ने मनोरोगी थिए । आश्रमले संरक्षण गरी औषधि उपचार र मनोविमर्श सेवा दिएपछि उहाँले ठाउँ ठेगाना बताएका थिए । उनलाई पछिल्लो समय वीरगञ्जस्थित आश्रममा राखिएको थियो । 

 

व्यवसायको सिलसिलामा वीरगञ्ज आएका बङ्लादेशका व्यवसायीसँग आश्रमका अभिभावक प्रकाश थारुले परिवार खोजी गरिदिन आग्रह गरेपछि उनीहरुकै पहलमा परिवार पत्ता लागेको आश्रमले जनाएको छ । 

 

नेपालस्थित बङ्लादेश दूतावासको सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पठाइएको हो । उनलाई लिन परिवार ढाकाको विमानस्थलमा पुगेका जनाइएको छ । यसअघि आश्रमले भारतीय नागरिकलाई पनि १२ वर्षपछि पारिवारिक मिलन गराइएको थियो । 

 

मानवसेवा आश्रमले २०६९ सालदेखि विलकिश जस्तै घरबारविहीन, बेसहारा तथा असहाय मानवलाई सडकपेटीबाट उद्धार गरी सेवा दिँदै आएको छ । मानवसेवा आश्रमले हालसम्म ५६० नेपाली तथा भारतीय र बङ्लादेशी गरी ३० जनालाई पारिवारिक मिलन गराइसकेको छ । एक हजार ८०० बढीको सडकबाट उद्धार गरेको आश्रममा हाल ६०० बढी संरक्षणमा छन् । 


थप समाचार

लण्डनमा नेपाली बालबालिका र अभिभावकमाझ धर्म, संस्कृति र संस्कारसम्बन्धी अन्तरक्रिया

  • 4 hours ago
लण्डनमा नेपाली बालबालिका र अभिभावकमाझ धर्म, संस्कृति र संस्कारसम्बन्धी अन्तरक्रिया

कार्यक्रमका संयोजक मनोज श्रेष्ठका अनुसार सनातन धर्म, संस्कृति र संस्कार तथा दैनिक जीवनमा यसको आवश्यकताका बारेमा स्कुल र कलेज जाने उमेरका बालबालिकाहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना ग

कुनै समय १०० केजी तौलकी जरिन खान यसरी घटाएकी थिइन् तौल

  • 5 hours ago
कुनै समय १०० केजी तौलकी जरिन खान यसरी घटाएकी थिइन् तौल

एजेन्सी । अभिनेता सलमान खानकोे फिल्म ‘वीर’बाट बलिउडको यात्रा तय गरेकी जरिन खान कुनैबेला १०० केजी तौलकी थिइन् । सलमानले फिल्ममा लिने पक्का गरेपछि उनलाई पहिलो शर्त तौल कम गर्नुपर्ने राखेका थिए ।

रहेनन बरिष्ठ उद्योगी शिवकुमार अग्रवाल

  • 6 hours ago
रहेनन बरिष्ठ उद्योगी शिवकुमार अग्रवाल

काठमाडौं—बरिष्ठ उद्योगी तथा चर्चित ब्यवसायिक घराना एमएस ग्रुपका अध्यक्ष शिवकुमार अग्रवालको निधन भएको छ । २२ फागुनमा उपचारका क्रममा भारतको चेन्नईमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

बालबालिकाको सबैभन्दा महत्वपूर्ण जिम्मेवारीमध्ये विद्यालय जानु पनि एक हो । विहान चाँडै उठ्ने, विद्यालय जाने र गृहकार्य गर्ने जस्ता जिम्मेवारी एक विद्यार्थीको हुन्छ ।

विचित्र विश्व

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

एजेन्सी । मृत्यु जुनसुकै बेला, कुनै पनि रुपमा आउन सक्छ । संसारका कोही पनि व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ भन्ने बारे थाहा हुँदैन ।