Techie IT
२०८२ असार २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिययुक्रेन युद्धमा उत्तर कोरिया रुसको साथमा, उत्तर कोरियाबाट हतियारको पहिलो खेप रुस पुग्यो !

युक्रेन युद्धमा उत्तर कोरिया रुसको साथमा, उत्तर कोरियाबाट हतियारको पहिलो खेप रुस पुग्यो !


एजेन्सी । युक्रेन युद्धमा उत्तर कोरियामा निर्मित हतियार प्रयोग हुने भएको मिडिया रिपोर्टमा उल्लेख छ । अमेरिकाको बारम्बार चेतावनीका बाबजुद उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गर्न थालेको छ ।

किम जोङ उनले राष्ट्रपति जो बाइडेनको हरेक चेतावनीलाई बेवास्ता गर्दै रुसलाई थप घातक हतियार दिन थालेको हो। दु

वै नेताबीच हालै भेटवार्ता भएको थियो ।

दुवै नेताले एकअर्कालाई पत्र लेख्दा नै यो निर्णय भइसकेको थियो । रुससँग उत्तर कोरियाको एकता अमेरिकाका लागि ठूलो टाउको दुखाइ बन्न सक्छ ।

उत्तर कोरियाले रुसलाई आपूर्ति गरिरहेको हतियार छिट्टै युद्धक्षेत्रमा पठाइनेछ ।

धेरै मोर्चामा हतियारको अभाव झेलिरहेको रुसी सेनाले चाँडै नै धेरै घातक हतियार पाउने भएको छ ।

विदेशी मिडियाका अनुसार किमको हतियारको पहिलो खेप रुस पुगेको छ । अ

मेरिकी सञ्चारमाध्यमले उत्तर कोरियाबाट हतियार लिनुको अर्थ पुटिन हताश भएको स्पष्ट भएको बताएको छ ।

भ्लादिमिर पुटिनले कथित रुपमा किम उनलाई पत्र लेखेर युक्रेन युद्धमा सहयोग गर्न अपिल गरेका थिए ।

किम पनि यसमा सहमत भएका थिए ।

उत्तर कोरियाले युक्रेनमा प्रयोगका लागि क्रेमलिनसँग संलग्न निजी सेना वाग्नर समूहलाई रकेट र मिसाइललगायत हतियार आपूर्ति गरेको अमेरिकाले आरोप लगाएको छ, जुन आरोप रुस र उत्तर कोरियाले अस्वीकार गरेका छन्।

उत्तर कोरियासँग पुरानो आर्टिलरी उपकरण र रकेटहरूको ठूलो भण्डार रहेको दाबी गर्दै आइरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

Techie IT