Techie IT
२०८१ वैशाख १५, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलभारतद्वारा अफगानिस्तान आठ विकेटले पराजित, रोहितको कीर्तिमान

भारतद्वारा अफगानिस्तान आठ विकेटले पराजित, रोहितको कीर्तिमान


काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत बुधबार भएको खेलमा भारतले अफगानिस्तानलाई पराजित गरेको छ । भारतले अफगानिस्तानलाई आठ विकेटले पराजित गरेको हो ।

भारतको राजधानी नयाँ दिल्लीस्थित अरुण जेट्ली रङ्गशालामा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ७२ रन बनायो । भारतले दुई सय ७३ रनको विजयी लक्ष्य ३५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

भारतका कप्तान रोहित शर्माले कीर्तिमानी ब्याटिङ गरे । उनले ८४ बलमा १६ चौका र पाँच छक्कासहित सर्वाधिक एक सय ३१ रन बनाए । विश्वकपमा शर्माको यो सातौँ शतक हो । उनी विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बनेका छन् । यसअघि विश्वकपमा भारतका पूर्वकप्तान सचिन तेन्दुलकरले ६ तथा श्रीलङकाका पूर्वकप्तान कुमार सङ्गाकारा र रिक्की पोन्टिङले पाँच पाँच शतक प्रहार गरेका थिए ।

यस्तै भारतका लागि ईशान किशनले ४७ बलमा पाँच चौका र दुई छक्कासहित ४७, विराट कोहलीले ५६ बलमा ६ चौकासहित ५५ तथा श्रेयस अययरले २३ बलमा एक चौका र एक छक्काको मद्दतमा २५ रन बनाए ।

बलिङतर्फ फगानिस्तानका राशिद खानले आठ ओभरमा ५७ रन खर्चेर दुई विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानका लागि कप्तान हश्मातुल्लाह शाहिदीले ८८ बलमा आठ चौका र एक छक्कासहित ८०, आजमतुल्लाह ओमरजाईले ६९ बलमा दुई चौका र चार छक्कासहित ६२, रहमाउल्लाह गुरबाजले २८ बलमा तीन चौका र एक छक्कासहित २१, इब्राहिम जद्रानले २८ बलमा चार चौकासहित २२, मोहम्मद नाबीले १९ तथा रहमात शाहले १६ रन बनाए ।

बलिङतर्फ भारतका जस्प्रित बुमराहले १० ओभरमा ३९ रन खर्चेर चार, हार्दिक पान्ड्याले सात ओभरमा ४३ रन खर्चेर दुई तथा शार्दुल ठाकुर र कुलदीप यादवले एक एक विकेट लिए । यसअघि पहिलो खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो ।

अफगानिस्तान भने बङ्गलादेशसित ६ विकेटले पराजित भएको थियो । भारतले अब आफ्नो तेस्रो खेल शनिबार पाकिस्तानसित खेल्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ कास्य…

काठमाडाैँ । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

Techie IT