नोबेल साकोस साहित्य संस्थामा रक्तदान

  • आइतबार, २३ चैत, २०७६
  • 1 month ago
  • नेपाल

काठमाडौँ । ‘नोबेल साकोस साहित्यिक संस्था’ले आज आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । 

 

सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी प्राज्ञ उषा ठाकुर तथा पूर्वराजदूत  डा रामभक्त ठाकुरको उपस्थिति र साकोसका अध्यक्ष सरस्वती गौतमको संयोजकत्वमा आज संस्थाकै केन्द्रीय कार्यालय  कामपा–२९ घट्टेकुलो (निजी निवास)मा आयोजित उक्त रक्त सङ्कलन कार्यक्रमलाई प्राविधिक रुपमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर तथा ब्लोदान काठमाडौँका सचिव एवं डोर टु डोर रक्त सङ्कलनका संयोजक अनिलरत्न तुलाधरको सहयोग रहेको थियो । 

 

्संस्थाका पदाधिकारी राजनप्रसाद न्यौपाने, रोहित कार्की, सम्राट् न्यौपाने, इन्दिरा भण्डारी, लिजना न्यौपाने र एन्जेलिना न्यौपाने तथा रामेश्वर निरौला र उनको परिवारले रक्तदानमा सहयोग गरेका थिए । 


थप समाचार

बर्दियासँग जोडिएको भारतीय सीमा बन्द

  • 1 minute ago
बर्दियासँग जोडिएको भारतीय सीमा बन्द

बर्दिया । बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका सम्पूर्ण खुला सीमा बन्द हुने भएको छ । नगरपालिकाको आज बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले भारतसँग जोडिएका सबै सीमा बन्द गर्ने निर्णय गरेको हो ।

बाजुराकी दुई वर्षे बालिका कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि

  • 29 minutes ago
बाजुराकी दुई वर्षे बालिका कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि

धनगढी । बाजुराको बुढिगंगा–१ की २ वर्षीया बालिकाको कोरोना संक्रमणबाटै मृत्यु भएको पुष्टि भएको छ । अस्पतालको आइसोलेशनमै रहेका बेला उनको आइतबार बिहान मृत्यु भएको थियो ।

कोरोनाभाइरस संक्रमितको संख्या ६० लाख बढी, लकडाउन खोल्न सबैतिर हतारो

  • 38 minutes ago
कोरोनाभाइरस संक्रमितको संख्या ६० लाख बढी, लकडाउन खोल्न सबैतिर हतारो

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट आइतबारसम्म ६० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो पटक ब्राजिलमा दैनिक संक्रमितको संख्या निकै बढी देखिएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।