IIMS College

ISMT

HUB Education

बलिउडका ९ चर्चित झापडकाण्डहरुः सलमान खानले पनि खाएका अपरिचित युवतीको झापड

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । बलिउडका केही यस्ता सेलिब्रिटीहरु रहेका छन् जो चर्चामा आउनका लागि बेलाबेलामा आश्चर्यलाग्दा पब्लिसिटी गरिरहन्छन् । कोही भने आफ्नो रिस सम्हाल्न नसक्दा यस्ता हर्कतहरु गर्ने गर्छन् । कतिपय आफ्नो बयानका कारण चर्चामा आउँछन् र खुलेआम झापड हानेका दृश्यका कारण विवादमा आउने गरेका छन् । आउनुहोस् हेरौ केही यस्तौ बलिउड सेलिब्रिटीका झापड काण्डहरु 

 

१. मिका सिंह

बलिउडका गायक मिक्का सिंहलाई आफ्नो कन्सर्टको क्रममा एक डाक्टरलाई झापड हानेको घटनाले धेरै ने तनाव दियो । दिल्ली प्रहरीले इन्द्रपूरी प्रहरी थानामा मिक्काको विरुद्धमा एक केश फाइल गर्यो जसमा उक्त घटनामा मिक्काको गल्ती भएको प्रष्ट्याइएको छ । 

 

मिक्काको झापडबाट पिडित श्रीकान्त एक आँखा चिकित्सक थिए । मिकाको झापड यति कडा थियो कित्यसले श्रीकान्तको देब्रे कानभित्र चोट लागेको थियो । उक्त घटना दिल्ली अप्थामोलोजिकल सोसाइटीले आयोजना गरेको एक कार्यक्रममा भएको थियो ।

 

२. सलमान खान

सन् २००९ मा दिल्लीको एक व्यापारीको छोरी नशाको सुरमा नायक सलमान खानको प्राइभेट पार्टीमा पसिन् र सलमान खानलाई सबैको अगाडि एक झापड हानिन् । तर यो झापड क्यामेरामा कैद भएको थिएन । 

 

स्रोतको अनुसार उनले सलमानलाई झापड हान्नु भन्दा पहिले सुस्मिता सेन र सोहेल खानलाई पनि दुव्र्यवहार गरेकी थिइन ।सलमानले नरिसाइकन आफ्नो बडिगार्डलाई उक्त केटीलाई बाहिर निकाल्न लगाएका थिए ।

 

३. गोविन्दा

बलिउड स्टार गोविन्दाले फिल्म ‘मनि हे तो हनि हे’ को सुटिङको क्रममा एकजना पत्रकारलाई झापड हानेको क्यामेरामा कैद भएको थियो जसले बलिउड नै हल्लाएको थियो । ति पत्रकारले गोविन्दाले अन्य कलाकार र नायिकालाई दुव्र्यवहार गरेको आरोप लगाएका थिए । 

 

४. उमा भारती

भाजपा नेतृ उमा भारती जो आफ्नो रिसाहा स्वभावको कारणले चर्चित छन् उनले एक पार्टी कार्यकर्तालाई सार्वजनिक रुपमा झापड हानेकी थिइन । सन् २००८ मा र यो क्यामेरामा कैद भएको थियो ।

 

५. राखी सावन्त

राखी सावन्तले पनि आफ्नो एक प्रेमी अभिषेक अवस्थीलाई झापड हानेकी हुन् । अवस्थीले प्रेमको नाटक गरेको भन्दै राखीले झापड हानेकी हुन् ।

 

६. ऋतिक रोशन

ऋतिक रोशन कुल स्वभाव भएका नायक मानिन्छन् तर शिरडी मन्दिरबाट बाहिरिने क्रममा मिडियाकर्मीहरुले उनलाई यतिपछ्याए कि उनलाई रिस उठ्यो र एकजनालाई झापड नै हानिदिए । यो उनको फिल्म ‘काइट्स’ को प्रर्दशन हुनु भन्दा केही पहिलेको कुरा हो त्यस्तै सन् २०१२ मा पनि यी स्टारलाई हाँसो मजाकमा एक साथीले थप्पड हानेको भिडियो भाइरल भएको थियो ।

 

७. सुनन्दा पुश्कर

सन् २०१२ मा मानव संशाधन मन्त्री भएका शशी थरुरकी श्रीमती सुनन्दा पुश्करले विमान स्थलमा दुव्र्यवहार गरेको भन्दै एक युवकलाई झापड हानेकी थिइन् ।

 

८. नग्मा

कलाकारिताबाट राजनितिमा प्रवेश गरेकी नग्माले सन् २०१४ को लोकसभा चुनावमा कांग्रेसको प्रचार प्रसार गर्ने क्रममा एक मानिसलाई झापड हानेकी थिइन् । उक्त मानिसले भिडमा उनलाई दुव्र्यवहार गरेको आरोपमा झापड हानेकी हुन् ।

 

९. गौहर खान

अभिनेत्री गौहर खानलाई एक टिभी कार्यक्रमको सुटिङको क्रममा एकजना दर्शकले छोटो कपडा लगाएको आरोपमा झापड हानेका थिए ।

 


थप समाचार

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

  • 11 hours ago
थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

एनआइसी एशिया बैंकको चमत्कारिक फाइदा सुविधा

  • 12 hours ago
एनआइसी एशिया बैंकको चमत्कारिक फाइदा सुविधा

काठमाडौँ । एनआईसी एशिया बैंकले खाता खोल्दा न्यूनतम ५० हजार रूपैयाँदेखि २ लाख १४ हजार रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा ल्याएको छ। बिमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्

पशुपतिमा विन्दास बाबाको बेग्लै ताल (फोटो फिचर)

  • 12 hours ago
पशुपतिमा विन्दास बाबाको बेग्लै ताल  (फोटो फिचर)

पशुपतिनाथमा शिवरात्रिका दिन पशुपतिनाथमा भक्तजनहरूको ठूलो भीड लाग्ने गर्छ। शिवरात्रिका लागि भारतबाट सयौंको सङ्ख्यामा साधु आउने गरेका छन्।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

विचित्र विश्व

‘जसको मिल्ने साथी सिंह हो’

‘जसको मिल्ने साथी सिंह हो’

एजेन्सी । पाकिस्तानको कराचाीस्थित एक युवकले सिंह पालेका छन् । अज्लान नामका एक युवाले सिम्बा नामको सिंहलाई पालेका हुन् । ४ वर्ष अघि उनले सिम्बालाई उद्धार गरेर ल्याएका हुन् । उक्त समयमा सिम्बा मात्र दुई हप्ताको भएको थियो ।