'बोरिसलाई भेन्टिलेटरमा राखिएको छैन'

  • मंगलबार, २५ चैत, २०७६
  • 1 month ago
  • युके

लण्डन । कोरोनाभाइरस संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई चिकित्सकको सल्लाह अनुसार सोमबार राति नै सघन उपचार कक्षमा राखेर उपचार थालिएको छ । बेलायती एक वरिष्ट मन्त्री माइकल गभले प्रधानमन्त्री जोन्सनलाई अक्सिजन दिइएको तर भेन्टिलेटरमा नराखिएको जानकारी दिए। 

 

बेलायतको एलबिसी रेडियोलाई अन्तर्वार्ता दिँदै गभले भने, “प्रधामन्त्रीलाई अक्सिजन दिइएको छ । स्वास्थ्य अवस्था विचार गरी आवश्यक भएमा भेन्टिलेटरमा राखिनेछ ।”

 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुनेमध्ये प्रधानमन्त्री जोन्सन सबैभन्दा उच्चपदस्थ राजनीतिज्ञ हुन् । 

 

कोरोनाभाइरसको संक्रमण भएदेखि नै ५५ वर्षीय प्रधानमन्त्री जोन्सन एकान्तबास (आइसोलेसन) मा बसेका थिए । तर उनमा कोरोनाभाइरसको संक्रमण बढी खतरापूर्ण स्थितिमा पुगेको भन्दै चिकित्सकको सल्लाहमा आइतबार लन्डनस्थित सेन्ट टोमस अस्पतालमा भर्ना गरिएको हो । 

 

प्रधानमन्त्री जोन्सनलाई विगत १० दिनदेखि उच्च ज्वरो र सुक्खा खोकी समेतका कोरोनाभाइरसका लक्षणहरु देखिएका थिए । सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि प्रधानमन्त्री होसमै रहनु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।  

 

प्रधानमन्त्रीको कार्यालयका अनुसार प्रधानमन्त्री जोन्सनले सरकारका तर्फबाट गर्नुपर्ने कार्यहरु सम्पादन गर्न विदेशमन्त्री डोमिनिक राबलाई जिम्मेवारी दिएका छन् । तर विदेशमन्त्री राबले आफूले प्रधानमन्त्रीसँग गत शनिबारदेखि कुराकानी गर्न नपाएको स्पष्ट गरेका छन् । तर उनले “सरकारी कामकारबाही यथावत र बिना अवरोध रहनेछन्” भने।

 

विदेशमन्त्री राबले प्रधानमन्त्रीको उपचारमा कुनै कमी नभएको र उपचारमा उत्कृष्ट चिकित्सा टोली संलग्न रहेको बताए ।


थप समाचार

मोदीको सुझावः कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी

  • 6 minutes ago
मोदीको सुझावः कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कम्युनिटी, युनिटी र इम्युनिटी (अर्थात् समुदाय, एकता र शारीरिक क्षमता) का लागि योगाभ्यास अत्यन्त उपयोगी रहेको बताएका छन् ।

काबुल बिस्फोटमा पत्रकार सहित दुई जनाको मृत्यु, ६ जना घाइते

  • 17 minutes ago
काबुल बिस्फोटमा पत्रकार सहित दुई जनाको मृत्यु, ६ जना घाइते

एजेन्सी । अफगानिस्तानको एउटा निजी टेलिभिजन च्यानल खुर्शिद टिभीको सवारी साधनलाई लक्षित गरी शनिबार गराइएको बिस्फोटमा एक जना पत्रकार र गाडी चालकको मृत्यु भएको छ ।

भारतमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि

  • 21 minutes ago
भारतमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि

एजेन्सी । भारतमा कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेहरुको दैनिक संख्यामा बृद्धि हुँदै गएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।