IIMS College

ISMT

HUB Education

अन्तरराष्ट्रिय बौद्ध सम्मेलनको तयारी शुरु

  • मंगलबार, ६ फागुन, २०७६
  • 1 month ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । सरकारले आगामी वैशाखको २३ देखि २५ सम्म लुम्बिनीमा आयोजना हुने अन्तरराष्ट्रिय बौद्ध सम्मेलनको तयारी शुरु गरेको छ । सम्मेलन मूल आयोजक समितिका अध्यक्ष रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा सोमबार मन्त्रालयमा भएको बैठकले २५६४औँ बुद्धजयन्ती तथा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलनको औपचारिक तयारी थालेको हो ।

 

बैठकमा मन्त्री भट्टराईले नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउने विभिन्न आयाममध्ये बुद्धको जन्मस्थल पनि एउटा भएको भन्दै यो सम्मेलनले नेपाललाई त्यहीँ उचाइबाट चिनाउन सफल हुने बताए । उनले लुम्बिनी र बुद्धका बारेमा जति धरै चर्चा ग¥यो, नेपालको छवि त्यत्ति नै माथि जाने उल्लेख गर्दै यो बौद्ध सम्मेलनलाई भ्रमण वर्ष २०२० को अवसरसँग पनि जोडर हेरिर्नुपर्नेमा जोड दिए । 

 

सम्मेलनमा बुद्ध र ‘बुद्धिज्म’को अध्ययन तथा अनुसन्धानका लागि आउनेहरुबाट नेपाल भ्रमणको प्रचारमा पनि ठूलो टेवा पुग्ने पर्यटनमन्त्रीको भनाइ थियो । विगतमा बौद्ध सम्मेलन गर्दा हलको समस्या भोग्नु परेपनि यसपटक सरकारले लुम्बिनीमा पाँच हजार जना अट्ने सभाहल (विश्व शान्ति ध्यान केन्द्र) बनाएकाले सोही स्थलमा सम्मेलन गरिनेछ ।

 

पर्यटनमन्त्री भट्टराईले यसपटक सम्मेलन केन्द्रका बेला लुम्बिनी अन्तरराष्ट्रिय विमानस्थललाई पनि सञ्चालनमा ल्याउने अधिकतम प्रयास भइरहेको जानकारी दिए । सम्मेलनलाई भव्य र सभ्य रुपमा सफल पार्न सरकारले यसअघि नै आयोजक समितिको सदस्य–सचिवमा पासाङ शर्पालाई नियुक्त गरेको थियो । पर्यटनमन्त्री अध्यक्ष रहने आयोजक मूल समितिमा ९५ सदस्य रहेका छन् । बैठकले सम्मेलनलाई भव्यता पूर्वक सम्पन्न गर्न विभिन्न २० वटा विभिन्न उपसमिति पनि गठन गरेको छ ।

 

सम्मेलनमा सहभागिताका लागि श्रीलङ्काका राष्ट्रपति, थाइल्याण्डका प्रधानमन्त्री, म्यानमारका स्टेट काउन्सिलर, भारत, चीन, भियतनाम, कम्बोडिया, लाओस्, जापान, दक्षिण कोरिया, भुटान, मङ्गोलिया, मलेसिया, सिङ्गापुर, बङ्गलादेश, अमेरिका, बेलायत, रसिया, कोस्टारिका, फ्रान्स र जर्मनका संस्कृति तथा धार्मिक मामिलामन्त्री तथा संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव वान कि मुन, भारतका सिक्किम, लद्धाख, अरुणान्चल, उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाल, उत्तराखण्डका मुख्यमन्त्री, तीब्बतका गर्भनरका साथै संयुक्त राष्ट्रसङ्घ, विशव पर्यटन सङ्गठनका महासचिवलाई पनि आमन्त्रण गरिने जनाइएको छ । नेपालले सन् २०१६ देखि हरेक दुई वर्षको अन्तरालमा अन्तरराष्ट्रिय बौद्ध सम्मेलन गर्दै आएको छ ।


थप समाचार

भैरहवामा पनि कोरोना परीक्षण हुँदै

  • 1 hour ago
भैरहवामा पनि कोरोना परीक्षण हुँदै

बुटवल । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आइतबारदेखि सेवा शुरु हुने भएको छ । सरकारले प्रदेश ५

नोबेल साकोस साहित्य संस्थामा रक्तदान

  • 1 hour ago
नोबेल साकोस साहित्य संस्थामा रक्तदान

काठमाडौँ । ‘नोबेल साकोस साहित्यिक संस्था’ले आज आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी प्राज्ञ उषा ठाकुर तथा पूर्वराज

सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

  • 2 hours ago
सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले १६ लाख सहयोग गर्ने भएको छ । कोरोना भाइरस रोकथाममा सरकारले चालेको कमदको सराहना गर्दै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।