IIMS College

ISMT

HUB Education

अनिश्चित ब्रेक्जिट : अब के हुन्छ ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

सामान्य अवस्था रहेको भए युरोपेली संघबाट बेलायतको बहुप्रतिक्षित बहिर्गमन (ब्रेक्जिट) को प्रक्रिया गतसाता नै पूरा हुनुपर्ने थियो । तर मार्च २९ को निर्धारित डेडलाइन अहिले अप्रिल १२ तारिखसम्मको लागि सरेको मात्रै छैन, सिंगो  ब्रेक्जिट नै अब के हुन्छ भन्नै नसकिने ठूलो अनिश्चयको दलदलमा फसेको छ ।

 

प्रधानमन्त्री टेरेसा मेले युरोपेली संघसंग सहमति गरेको ब्रेक्जिट डिललाई बेलायती संसदले  ३ पटकसम्म अस्वीकृत गरिदियो, त्यो पनि भारी मतको अन्तरबाट । 

 

बिना कुनै डिल (नो डिल ) ब्रेक्जिट गर्ने कि भनेर संसदमा मतदान गराइंदा उक्त प्रस्ताव पनि खारेज भयो । यसबीचमा जारी गतिरोध अन्त्य गर्न संसदले नै अग्रसरता लिने कोशिस पनि गर्यो । तर ब्रेक्जिटका कैयौं विकल्पहरुमाथि मतदान गराइंदा समेत त्यस्तो कुनै पनि एक विकल्प निस्किन सकेन, जसमा संसदको बहुमत पुगेको होस् । 

 

एकातिर बेलायत सरकारले युरोपेली संघसंग गरेको डिललाई संसदले तीन तीन पटकसम्म अस्वीकृत गरिदिएको छ । अर्कातिर सांसदहरुमाझ अरु विभिन्न १ दर्जन विकल्पहरुमाथि मतदान गराइंदा समेत कुनै एक विकल्पमा पनि बहुमत जुट्न सकेको छैन । न  प्रधानमन्त्रीको डिललाई संसदले पास गरेको छ, न त अरु कुनै विकल्प नै प्रस्तुत गर्न सकेको छ । फेरि बहुमत सांसदहरु नो डिल ब्रेक्जिटको पनि विपक्षमा छन् ।  यहि अन्योल र गतिरोधको बीचमा अहिले ब्रेक्जिट गुज्रिरहेको छ । 

 

अब के हुन्छ ?

 

ब्रेक्जिटको प्रक्रिया अब यसरी नै अघि बढ्ला भनेर आंकलन गर्न अहिले सजिलो छैन ।  अप्रिल १२ मै नो डिल ब्रेक्जिट हुनेदखि, फेरि म्याद बढाएर अर्को डिलमा सहमति खोज्ने, पुनः जनमत संग्रह गराउने तथा आम निर्वाचनमा गएर नयाँ प्रधानमन्त्रीले प्रक्रियाको नेतृत्व गर्नेदेखि ब्रेक्जिट नै स्थगित हुनेसम्मका विकल्पहरु अहिले सम्भावनाका रुपमा चर्चामा छन् । 

 

पहिलो सम्भावना त डिलसहितको ब्रेक्जिट नै हो । जसका लागि प्रधानमन्त्री मेले युरोपेली संघसंग सहमति गरेको सम्झौता बेलायती संसदबाट पास हुनु आवश्यक छ । यसअघि ३ पटक अस्वीकृत उक्त सम्झौतामाथि यहि साता चौंथोपटक संसदमा मतदान गराइने चर्चा छ । अहिलेको परिस्थितिमा डिल पास हुने सम्भावना झिनो देखिन्छ । तर कुनै परिवर्तन भएर डिल पास भयो भने उक्त डिलसहित नै बेलायत संघबाट बाहिरिनेछ । 

 

अहिलेको लागि दोस्रो विकल्प नो डिल ब्रेक्जिट हो । यदि प्रधानमन्त्रीको डिल संसदले फेरि पनि अस्वीकृत गर्छ र  ब्रेक्जिटको म्याद अप्रिल १२ बाट थप लम्ब्याउने वातावरण बन्दैन भने यहि  अप्रिल १२ मा बिना कुनै डिल बेलायत संघबाट बाहिरिनेछ ।  बहुमत सांसदहरु नो डिलको विपक्षमा भएको कारण यसको सम्भावना झिनो नै देखिन्छ । तर थोरै नै सहि, नो डिलको सम्भावना बढ्दै गएको ठानिन्छ । 

 

यदि डिल सांसदहरुले पास गर्दैनन् र नो डिल ब्रेक्जिटको विपक्षमा उभिन पनि छोड्दैनन् भने पुनः युरोपेली संघसंग वार्ता गरेर अर्को नयाँ डिलमा सहमति गर्नुपर्ने हुन सक्छ । त्यसका लागि ब्रेक्जिटको लामो म्याद थप्नुपर्ने हुन्छ । त्यो अवस्थामा आगामी मे महिनामा हुने युरोपियन काउन्सिलको निर्वाचनमा पनि बेलायतले भाग लिनुपर्ने हुन्छ । 

 

प्रधानमन्त्री मेले सहमति गरेको यो डिल पास नभएर अर्को नयाँ डिल गर्ने अवस्थामा यसअघि चर्चा गरिंदै आएको नर्वे मोडल उत्तम विकल्प बन्न सक्छ । अहिलेको डिलको तुलनामा नर्वे मोडलको डिलले बेलायतलाई युरोपेली संघसंग थप नजिक राख्नेछ । नयाँ डिलको लागि वार्ता गर्न बेलायतले चाहेर मात्र हुंदैन, युरोपेली संघ पनि तयार बन्नुपर्नेछ । 

 

अर्को जनमतसंग्रह पनि एक विकल्पका रुपमा चर्चा हुने गरेको छ । तर जनमतसंग्रहका लागि कानुन नै पास हुनुपर्ने लगायतका प्रक्रियागत झञ्झट र लामो समय आवश्यक पर्ने हुन्छ । सन् २०१६ मा भएको ब्रेक्जिटसम्बन्धी जनमतसंग्रह कानुनी रुपमा बाध्यकारी थिएन । जनमतसंग्रहको नतिजालाई मान्नु सरकारको नैतिक कर्तव्य रहेपनि कानुनी हिसाबले मान्नैपर्ने कर थिएन ।

अब फेरि जनमत संग्रह गर्दा भने पहिलेको जस्तो नभएर कानुनी रुपमै बाध्यकारी हुने खालको गर्नुपर्छ भनेर कतिपय सांसदहरुले अवाज उठाइरहेका छन् । यदि जनमतसंग्रहको विकल्पमा जाने हो भने अबको नतिजाले सन् २०१६ को जनमतसंग्रहको म्याण्डेटलाई उल्टाइदिन सक्छ । 

 

जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री टेरेसा मेले आम निर्वाचन घोषणा गर्न सक्छिन् । जसका लागि उनलाई दुई तिहाई सांसदहरुको समर्थन आवश्यक पर्छ । नयाँ निर्वाचनको लागि कम्तीमा २५ दिनको समय राखेर घोषणा गर्नुपर्ने हुन्छ । प्रमुख प्रतिपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले पनि ताजा जनादेशका लागि यहि विकल्पमा जानुपर्ने आवाज उठाउंदै आएका छन् । 

 

पहिलोपटक प्रधानमन्त्री मेको ब्रेक्जिट डिल अस्वीकृत भएलगत्तै विपक्षी लेबर पार्टीले प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता गरेको थियो, तर उनले बहुमत सांसदको समर्थन प्राप्त गरिन् । 

लेबर पार्टीले अब फेरि उनीमाथि अविश्वासको प्रस्ताव दर्ता गर्न सक्छ । त्यसअवस्थामा उनले बहुमत प्राप्त गर्न सकिनन् भने उनको १४ दिनको उल्टो गन्ती सुरु हुन्छ । त्यस अवधिभित्र पनि बहुमत सुरक्षित गर्न नसके उनले पद छोड्नुपर्छ र देश नयाँ निर्वाचनमा जान्छ । 

 

ब्रेक्जिट नै स्थगित गर्ने पनि एक विकल्प रहन सक्छ । युरोपियन कोर्ट अफ जस्टिसले बेलायतले ब्रेक्जिटसम्बन्धी आर्टिकल ५० लाई रद्ध गर्ने निर्णय गरेमा ब्रेक्जिट नै स्थगित हुन सक्ने र त्यसका लागि युरोपेली संघको सहमति आवश्यक नपर्ने निर्णय सुनाइसकेको छ । जसका लागि बेलायती सांसदमा ब्रेक्जिट रद्ध गर्नेसम्बन्धी प्रस्ताव पास भयो भने पनि पर्याप्त हुन्छ । 

 

ब्रेक्जिट नै स्थगित हुने सम्भावना अहिले देखिदैन । तर तोकिएको समयमा ब्रेक्जिट नभएर म्याद लम्ब्याउने कार्यले ब्रेक्जिट नै नहुने हो कि भन्ने प्रश्नलाई थप बलियो बनाउने काम भने अवश्य गर्छ । फेरि डिलमा सहमति नबनेर प्रक्रिया अनिश्चित बनिरहंदा ब्रेक्जिट रद्ध गरेर युरोपेली संघमै बस्नुपर्ने आवाज पनि क्रमश चर्को बन्दै गइरहेको छ । 

 


थप समाचार

बामदेवको सांसद बन्ने सपना फेरि चक्नाचुर हुने सम्भावना, प्रधानमन्त्रीले दिए यस्तो जबाफ

  • 19 minutes ago
बामदेवको सांसद बन्ने सपना फेरि चक्नाचुर हुने सम्भावना, प्रधानमन्त्रीले दिए यस्तो जबाफ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको केही समय नबित्दै प्रधानमन्त्री के पी शर्मा ओलीले उनलाई सिफारिस गर्न अ

रियल मड्रिडका कोर्तोवा जसले सिटीका डी ब्रुयनाको प्रेमिकासँग अनैतिक सम्बन्ध राखेका थिए

  • 33 minutes ago
रियल मड्रिडका कोर्तोवा जसले सिटीका डी ब्रुयनाको प्रेमिकासँग अनैतिक सम्बन्ध राखेका थिए

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका गोलकिपर थिवाउट कोर्तोवा जहिले पनि अरुभन्दा अघि हुन चाहान्छन् । बेल्जियमको राष्ट्रिय टिमको महत्वपूर्ण सदस्य कोर्तोवाले चेल्सी पिटर चेकलाई पछि पारे । रियलमा गएपछि पन

सदनमा एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश

  • 40 minutes ago
सदनमा एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले ‘ बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’लाई स्वीकृत गरेको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।