ब्रेक्जिटको डेडलाइन लम्ब्याउन बेलायती संसदको म्यान्डेट

  • शनिबार, २ कार्तिक, २०७६
  • 7 months ago
  • युके

 

लन्डन  ।  ब्रेक्जिटका लागि तोकिएको अक्टोबर ३१ को डेडलाइनमै बेलायतलाई युरोपेली संघबाट अलग गराउने प्रयासमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई ठुलो ठक्कर लागेको छ ।  

 

 

शनिबार बेलायती   संसदले  प्रधानमन्त्री  जोनसनलाई ब्रेक्जिटको  डेडलाइन लम्ब्याउन युरोपेली संघलाई प्रस्ताव   गर्ने म्यान्डेट  दिएको छ ।  

 

 

हाउस अफ कमन्समा भएको मतदानमा ब्रेक्जिट   लम्ब्याउने प्रस्तावको पक्षमा ३ सय २२ सांसदले  मत दिए ।  विपक्षमा ३ सय ६ सांसदको मत आयो ।  

 

 

सुरुदेखि नै अक्टोबर  ३१ मा ब्रेक्जिट गराएरै छोड्ने अठोट गरेका प्रधानमन्त्री   जोनसन संसदको पछिल्लो म्यान्डेटसंगै अफ्टेरोमा परेका छन् । 

 

 

तर उनले संसदको पछिल्लो  मतको बाबजुद ब्रेक्जिट    डेडलाइन लम्ब्याउन आफुले प्रस्ताव  नगर्ने बताएका छन् ।  

 

 

आवश्यक कानुनलाई सच्चाएर भएपनि  आफ्नो प्रतिबद्धता पूरा गर्ने उनको अडान छ ।  

 

 

यसअघि प्रधानमन्त्री  जोनसनले युरोपेली संघसँग सहमति गरेको ब्रेक्जिट सम्झौताको नयाँ  प्रस्ताव समेत आउंदो  साता संसदमा ल्याउने उनको योजना रहेको बताइएको छ ।  


थप समाचार

सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी

  • 2 hours ago
सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी

काठमाडाैँ । कोरोना सङ्क्रमित दुई हजार नाघेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा आइसोलेशन सञ्चालन र सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी गरेको

प्रदेश नं २ मा ८५९ सङ्क्रमितको सङ्ख्या

  • 2 hours ago
प्रदेश नं २ मा ८५९ सङ्क्रमितको सङ्ख्या

धनुषा । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि सो सङ्ख्या पुगेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जा

‘अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ’

  • 2 hours ago
‘अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ’

काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी असरले यतिबेला नेपालको अर्थतन्त्र र विशेष गरी औद्योगिक क्षेत्र नराम्ररी प्रभावित भएको छ । लामो समयको बन्दाबन्दीले उद्योगी व्यवसायी मारमा परेका छन् । बैंकको चर्को ब



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।