IIMS College

ISMT

HUB Education

थप अन्योलमा ब्रेक्जिट : बहिर्गमन सम्झौताको प्रस्ताव संसदमा तेस्रोपटक अस्वीकृत

  • शुक्रबार, १५ चैत, २०७५
  • 1 year ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । बेलायती संसदले युरोपेली संघबाट बेलायतको बहिर्गमनसम्बन्धी प्रधानमन्त्री टेरेसा मेको प्रस्तावलाई तेस्रोपटक पनि अस्वीकृत गरिदिएको छ । 

 

शुक्रबार हाउस अफ कमन्समा भएको मतदानमा प्रधानमन्त्री मेको प्रस्ताव अस्वीकृत भएपछि ब्रेक्जिटसम्बन्धी अन्योल थप बढेको छ । 

 

प्रधानमन्त्रीको प्रस्तावको पक्षमा २ सय ८६ र विपक्षमा  ३ सय ४४ सांसदको मत परेको छ । 

 

बहिर्गमन सम्झौता संसदबाट अस्वीकृत भएपछि ब्रेक्जिटको तिथि अप्रिल १२ सम्म मात्रै सर्ने भएको छ । 

 

यसअघि युरोपेली संघले सम्झौता पास भएको अवस्थामा मे २२ सम्म र पास नभए अप्रिल १२ सम्म मात्रै ब्रेक्जिटको मिति लम्ब्याउन सहमति दिएको थियो । 

 

युरोपेली संघसंग प्रधानमन्त्री मेले गरेको ब्रेक्जिट सम्झौता संसदबाट यसअघि २ पटकसम्म भारी मतबाट अस्वीकृत भएपछि तेस्रोपटक सम्झौताभित्रको दुई भागमध्ये बहिर्गमनसम्बन्धी भागमाथि मात्र मतदान गराइएको थियो । 

 

उक्त सम्झौताको प्रस्तावलाई संसदले पास गरे आफु प्रधानमन्त्रीको पदबाट हट्ने समेत आश्वासन उनले आलोचक सांसदहरुलाई दिइसकेकी थिइन् । 

 

तेस्रोपटक पनि प्रधानमन्त्रीकोे प्रस्ताव अस्वीकृत भएपछि ब्रेक्जिटसम्बन्धी जारी अन्योल थप बढेको छ भने यसले प्रधानमन्त्रीलाई पदबाट राजिनामा गर्नको  लागि समेत दबाब बढाउनेछ । 

 


थप समाचार

यस समयमा सही रूपमा बाँच्न सिकेनौं भने मनोसामाजिक रोगको शिकार भइन्छः डा. राई

  • 31 seconds ago
यस समयमा सही रूपमा बाँच्न सिकेनौं भने मनोसामाजिक रोगको शिकार भइन्छः डा. राई

मनोविज्ञ डा. सुमाया राई त्रिभुवन विश्वविद्यालयकी पूर्व उपप्राध्यापक हुन् । उनले मनोविज्ञान विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरेकी छिन् । हाल उनी लण्डनको ह्यारोमा बसोबास गर्दै र्आकी छिन् ।

कोरोना भाइरसबाट संक्रमित एक जना नेपालीको अमेरिकामा मृत्यु

  • 11 minutes ago
कोरोना भाइरसबाट संक्रमित एक जना नेपालीको अमेरिकामा मृत्यु

एजेन्सी । अमेरिकामा पछिल्लो समय कोरोना भाइरसबाट संक्रमित नेपालीहरुको मृत्यु खबर बाहिर आएको छ । लामो समयदेखि अमेरिकामा बस्दै आइरहेका ४३ वर्षिय निमा तेम्बा शेर्पाको मृत्यु भएको छ ।

क्वारेन्टाइन अभियान नाट्य महोत्सवमा आज दुई नाटक प्रशारण हुँदै

  • 26 minutes ago
क्वारेन्टाइन अभियान नाट्य महोत्सवमा आज दुई नाटक प्रशारण हुँदै

काठमाडौँ । ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ अन्तर्गत आज दुई नाटकहरु प्रशारण हुने भएको छ । महोत्सवको चौधौं दिन आज हाँस्यव्यङ्ग्य विधाको नाटक ‘अंधेरी नगरी चौपट राजा’ र ‘द फ्लाइट’ प्रशारण हुन लाग



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

एजेन्सी । स्वस्थ जीवनका लागि कम्तीमा पनि सात–आठ घन्टाको निद्रा जरुरी हुन्छ । निद्रा नपुग्दा पाचन प्रणालीदेखि लिएर सौन्दर्यमा समेत ह्रास आउछ । त्यति मात्र होइन, निद्रा पुगेन भने मानसिक तथा शारीरिक ‘स्ट्रेस’ पनि बढ्छ ।

विचित्र विश्व

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

काठमाडौँ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो ।