Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसंसदमा कामकाजभन्दा गत्यावरोध बढेको छः अध्यक्ष ठाकुर

संसदमा कामकाजभन्दा गत्यावरोध बढेको छः अध्यक्ष ठाकुर


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसको पदाधिकारीसम्मको जिम्मेवारी रही तीन दशकभन्दा बढी योगदान पुर्याएका छन् । विसं २०१६ मा राजनीतिक यात्रा आरम्भ गरेका उनी मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनका क्रममा धेरै पटक प्रहरी हिरासत र जेलजीवन बिताए ।

गत एक वर्षमा समग्रतामा सङ्घीय संसद् चलिरहेको देखिए पनि कामकाजभन्दा गत्यारोधमा बढी समय खर्चिएको जनाउँदै ‘सांसदसँग रासस संवाद’मा उनले पूरापूर दुई महिना सांसदले काम नै गर्न नसकेको प्रतिक्रिया दिए ।

नेपालमा प्रजातान्त्रिक अभ्यास लामो नभएको र पटक–पटक अवरोध भएको इतिहास रहेको जनाउँदै पूर्वउपसभामुख ठाकुरले भने, “कसैलाई चित्त बुझेन भने विरोध गर्न सकिन्छ तर दिनदिनै लामो समयसम्म रोष्टम घेराउ गर्ने भनेको संसदीय प्रजातन्त्रभित्रको उग्ररुप हो ।” कानुन बनाउने विषयमा दलहरुले आवश्यक समय र ध्यान दिएन भनी लागेको आरोप भने अस्वीकार गर्दै नेता ठाकुर त्यो ‘आरोप’ मात्रै भएको बताउँछन् ।

उनले भने, “संविधान र सङ्घीयता कार्यान्वयनसँग प्रत्यक्ष सरोकार राख्ने महत्वपूर्ण विधेयकसमेत यस अवधिमा अघि बढ्न सकेन । मिटरब्याजसम्बन्धी विधेयक पारित भए पनि पीडित अझै खुशी छैन । विधेयक भरसक सबैको सहमतिमा टुङ्ग्याउँदा राम्रो हुन्छ ।

एक प्रसङ्गमा शान्तिपूर्ण जुलुस निकाल्ने र सडकमा प्रदर्शन गर्ने सबैको प्रजातान्त्रिक अधिकार भए पनि तोडफोड गर्ने उग्ररुप भएको बताउँदै उनले भने, “सरकारबाट पनि हिंसात्मक हस्तक्षेप हुन्छ, विरोधमा उग्ररुप देखिए सरकारले नियन्त्रणका लागि सशस्त्र बल प्रयोग गर्छ अनि असहज स्थिति आउँछ, त्यो सबैले बुझ्नुपर्छ । ”

केही समय भारतमा निर्वासनसमेत रहेका पूर्वउपसभामुख ठाकुर पछिल्ला दशक मधेस र मधेसी समुदायका हकहितका ‘एजेन्डा’ उठाउँदै कार्यान्वयनका लागि पहल गरिरहेका छन् । उनीसंग शिक्षण र वकालतको अनुभव, निष्ठाको राजनीतिको पर्याय र समानताको पक्षधरको परिचय छ ।

महोत्तरीको पीपरामा विसं १९९९ मा जन्म भई केही समय सर्लाहीलाई कर्मथलो बनाएका ठाकुर विसं २०४८ र २०५१ को मध्यावधि निर्वाचनमा त्यहाँबाट प्रतिनिधित्व गरे ।

तराई मधेस आन्दोलनपछि कांग्रेस परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टी स्थापनासँगै मधेस केन्द्रित राजनीतिमा सक्रिय नेता ठाकुर विसं २०७४ मा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठन गर्नुभई सो पार्टीको अध्यक्षमण्डलको सदस्य भए ।

विसं २०६४ मा मनोनीत संविधासभा सदस्य तथा विसं २०७४ र २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र ३ बाट निर्वाचित भए । कानुनमा स्नातक र इतिहासमा स्नात्तकोत्तर ठाकुरले विसं २०७४ पछि गठन भएको प्रतिनिधिसभामा ज्येष्ठ सदस्यका रुपमा केही समय सभाको अध्यक्षता गर्दै सदनमा प्रवेशी सदस्यलाई शपथ दिलाएर र बैठक सञ्चालन गरे ।

छ वर्षमा बल्लबल्ल ‘पास’ भएको नागरिकता विधेयक कार्यान्वयनमा गए पनि जनताले अझै सहजरुपमा नागरिकता प्राप्त गर्न नसकेको गुनासो सुन्न परेको बताउँदै पूर्वमन्त्री ठाकुरले कर्मचारी संयन्त्रको उल्झन र पैसाको खलखेलले त्यो गुनासो आएको प्रतिक्रिया दिए ।

अध्यक्ष ठाकुरका अनुसार मुलुकमा लोकतन्त्र पुनःस्थापनापछि गाउँबस्तीमा सेवासुविधा र सडकलगायत भौतिक पूर्वाधार निर्माणमा निकै सुधार भएको छ । विद्यालय र कलेजमा पैसा गएको छ । गाउँगाउँमा सामुदायिक भवन बनेका छन् । ग्रामीण सडक पनि ढलान र कालोपत्र भएका छन् । धार्मिक आस्थासँग जोडिएका मठमन्दिर तथा बरमबाबा स्थान घेराबेरा भएको छ ।

पछिल्ला वर्षमा तराई–मधेसमा समेत सिँचाइ र खानेपानी समस्या देखिएको बताउँदै पुराना राजनीतिज्ञ ठाकुरले खण्डित वर्षाले कहीँ सुक्खा त कहीँ बाढी निम्त्याएको अवस्था आएको सुनाए ।

सांसद ठाकुरले भने, “यस वर्ष मिथिला क्षेत्रमा बर्सात कम हुँदा नदी र पोखरी सुक्ने अवस्थामा पुगिसकेको छ । जमिनमा पानीको सतह गहिरिएको छ । कतिपय सहरी क्षेत्रमा खानेपानी अभाव छभने खोला सुकेका कारण सिँचाइ भई धानखेती राम्रो हुन सकेन ।”

उद्योगधन्दा र कलकारखानाको अभावमा बेरोजगारी निकै ठूलो चुनौतीका रुपमा रहेको जनाउँदै पूर्वविज्ञान प्रविधिमन्त्री ठाकुर भन्छन्, “सांसद र मन्त्रीसँग मतदाता धेरै खुशी छैनन्, नोकरी लगाउने र मुद्दासमेत जिताइदिने जनप्रतिनिधिले गर्दियोस् भन्ने समाजमा मान्यता छ । त्यो त एउटा विधि प्रक्रियाका आधारमा हुन्छ नि ।”

अध्यक्ष ठाकुरका अनुसार पहिला उद्योग र आयोजना हुन्थे । काम दिन्थे । अहिले जुन सम्भव छैन । फोन गरेर मात्रै काम हुन्छ र १ काम गर्ने परिस्थिति के छ । कुन अवस्थामा छ । त्यो बुझ्न जरुरी छ ।

पछिल्ला समय खासगरी बालबालिका, युवायुवतीमा राम्रो कपडा लगाउने, होटलमा गएर मीठो खाने, विभिन्न गाउँमा घुमफिर गर्ने चलन बढिरहेको बताउँदै उनले मुलुकमा परिवर्तनको प्रवाह भए पनि आर्थिक सङ्कट र बेरोजगारीले विविध समस्या निम्त्याएको प्रतिक्रिया दिए ।

गठबन्धनको सरकार भएकाले विभिन्न विचारलाई मिलाएर काम गर्नु आफैँमा चुनौती रहेको बताउँदै नेता ठाकुरले भने, “प्रधानमन्त्री आफैँ भनिरहनुभएको छ कि जति हुनुपर्ने त्यो काम गर्न सकिएको छैन । महँगी बढेको छ । बेरोजगारी बढेको छ ।” उनका अनुसार भ्रष्टाचार नियन्त्रण गर्ने संयन्त्र र कानुन पर्याप्त छ । अदालतलाई पनि प्रमाणित गर्न प्रमाण चाहियो । हल्लाको भरमा कसैलाई पनि यति खायो भन्न मिल्दैन । कारबाही गर्ने निकाय छन् ।

राजनीति परिवर्तनमा योगदान पुर्याएका नेताहरु नै सानो गुट, परिवार र नातागोतामा अलमलिए भन्ने आरोपलाई खण्डन गर्दै नेता ठाकुरले त्यो आरोपलाई वास्तविकता नभई सतहीका रुपमा हेरिएको प्रतिक्रिया दिए ।

आन्दोलनमा संलग्न हुँदा सबै परिवार र नातागोता प्रभावित हुने भएकाले अवसर प्रदान गरिदा नाता जोडेर हेर्न नहुने तर्क गर्दै उहाँले एउटा घरको मूली जेल जाँदा परिवारले कति सास्ती खेप्न पर्छ भन्ने पक्षको विश्लेषण नगरी अवसरसँग जोडेर हेर्न मिल्छ र भनी प्रतिप्रश्न गरे ।

अध्यक्ष ठाकुरका अनुसार हामी शहीद के दिन्छौँ । मूर्ति बनाए कि बनाएन भनेर हेर्न आउँछ र १ उसको जीवन गयो । परिवार जेल परे । उसमाथि निर्भर धेरै प्रभावित भए । अनि त्यस्ताका परिवारलाई अवसर दिँदा किन विरोध हुन्छ । तिनले पनि खान परो नि १

आर्थिक दृष्टिकोणले अहिले पनि कम्जोर रहे पनि राजनीतिक केन्द्र हरहमेसा पहाड नै रहेको बताउँदै नेता ठाकुरले जस्तोसुकै बदमासी गरेर सत्तामा जाने प्रयास भएकाले नेपालको राजनीतिक इतिहास शान्तिपूर्ण नरहेको विचार धारणा राखे ।

जनभावना र आवश्यकताका आधारमा नीति निर्माण गरिएमा मात्र परिणाम प्राप्त गर्न सकिने तर्क गर्दै उनले त्यो नहुँदा विगतमा सर्लाहीमा आएको बाढी पीडितलाई बनाइएको छाप्रामा केही नसकेको उदाहरण दिए ।

आफ्नो अधिकार प्राप्तिमा भएका आन्दोलनमा पनि जाति र समुदायबीच विभेद गरिएको आरोप लगाउँदै उनले कानुनका नाममा जथाभावी डन्डा चलाउने कार्य कोही कसैलाई पनि स्वीकार्य नहुने धारणा राखे ।

भौगोलीक विविधता र प्रशस्त प्राकृतिक स्रोतसाधनले भरिपूर्ण नेपालमा विकासको धेरै सम्भावना रहेको बताउँदै अध्यक्ष ठाकुरले भने, “जनता इमान्दार र मेहनती छन् । प्राकृतिक स्रोतसाधन प्रशस्त छ, सदुपयोग गरिनुपर्छ । विकास सम्भव छ ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बागमतीका मुख्यमन्त्रीले चैत १९ गते विश्वासको मत लिने

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन् । फागुन २३ गते नेपाली

दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सहसचिव राजेन्द्रदेव

आकासियो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । तोलामा २ हजार १०० रुपैयाँले बढेको छ । नेपाल

काठमाडौँका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समयसीमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समयसीमा दिएको छ । महानगरपालिकाले हिजो सूचना

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् । महिला उद्यमी महासङ्घद्वारा

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो सवा एक बजे सुरु हुनेछ ।

Techie IT