सयौंको सहभागितामा ट्राफल्गर स्क्वायरमा बुद्धजयन्ती (फोटोफिचर)

  • सोमबार, ३० बैशाख, २०७६
  • 2 months ago
  • युके
Education Park

तस्विरहरु : अभि महर्जन / एभरेष्ट गौतम

 

लण्डन । बुद्धजयन्तीको अवसरमा आइतबार लण्डनको ट्राफल्गर स्क्वायरमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ ।

 

बेलायतका विभिन्न क्षेत्रबाट ६ सय बढि नेपालीहरु सहभागी बनेको कार्यक्रममा धार्मिक पूजा, शान्तिदीप प्रज्वलन, गौतम बुद्ध र लुम्बिनीसम्बन्धी प्रिजेन्टेसनहरुको साथै विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति गरिएको थियो । 

 

 

बुद्ध फाउण्डेसन यूके र कपिलवस्तु समाज यूकेले लण्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड , गैरआवासीय नेपाली संघ लगायतको सहकार्यमा कार्यक्रम आयोजना गरेका हुन् ।

 

कार्यक्रमका लागि लण्डन र आसपासबाहेक मिडल्याण्ड र स्कटल्याण्डबाट समेत केहि सहभागी लण्डन आएका थिए । 

 

 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा ह्दयरत्न बज्राचार्य सहभागी थिए । डा बज्राचार्यले गौतम बुद्ध र उनको जन्मस्थल लुम्बिनीको विषयमा विशेष जानकारीमुलक प्रस्तुति गरेका थिए । त्यस्तै, दक्षिण एशियाली मुलुकहरुको पुरातत्वसम्बन्धी विषयमा विशेष खोज, अनुसन्धान गरेका डुरह्याम युनिभर्सिटीका प्राध्यापक रोबिन कनिंगहमले समेत एक प्रिजेन्टेसन गरेका थिए । 

 

नेपाल मामिला हेर्ने बेलायती संसदको सर्वदलीय समितिका संयोजक एवम सांसद विरेन्द्र शर्माले बुद्धको शान्ति सन्देश आजको विश्वका लागि झन् बढि सान्दर्भिक बनेको बताए ।  रोयल बरो अफ केन्सिंगटन एण्ड चेल्सीकी मेयर टेरेसी रोसीले नेपाल भ्रमण वर्षको सफलताको कामना गर्दै उक्त वर्षभित्र आफुले पनि नेपाल भ्रमण गर्ने योजना सुनाइन् । 

 

 

त्यसअवसरमा स्वागत मन्तव्य दिंदै बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आव्हान गरे । आयोजक बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष दिपक श्रेष्ठले कार्यक्रमका सम्पुर्ण सहभागी तथा सहयोगीप्रति आभार प्रकट गरे । कार्यक्रमका संयोजक शिवजी श्रेष्ठले कार्यक्रमको लक्ष्य र उद्धेश्यबारे बताए । 

 

कार्यक्रममा विभिन्न काउन्सिलको प्रतिनिधित्व गर्ने बेलायती काउन्सिलरहरु अतिथिका रुपमा सहभागी थिए । कार्यक्रमस्थलमा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धी विभिन्न प्रचार सामग्रीहरु वितरण गरिएको थियो । कार्यक्रमको सुरुमा धार्मिक पूजा तथा अन्त्यमा शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको थियो । 

 

राजदूत डा दुर्गाबहादुर सुवेदी, बुद्ध फाउण्डेसन अध्यक्ष दिपक श्रेष्ठ, कपिलवस्तु समाज यूके अध्यक्ष महेन्द्र कुंवर, कार्यक्रम संयोजक शिवजी श्रेष्ठ तथा सहसंयोजकद्धय ह्यारी गुरुङ र जिवन सेन लगायतले कार्यक्रमका प्रमुख तथा विशेष अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए । 

 

 

त्यसअवसरमा कलाकारहरु सुशिल प्रजापति , विनोद चिपालु र टिसा प्रजापतिले भैरव , कुमारी र लाखेनाचको फ्युजनमा एक विशेष प्रस्तुति गरेका थिए । सयपत्री कल्चर समुहले सारंगीवादन गरेको थियो भने गायिका शर्मिला बर्देवाले 'जहाँ छन् बुद्धका आँखा' बोलको गीत प्रस्तुत गरेकी थिइन् । विभिन्न कलाकारले आकर्षक नृत्यहरु देखाएका थिए । 

 

कार्यक्रम लक्षुमन गुरुङ र गौमाया गुरुङले सञ्चालन गरेका थिए । बुद्ध फाउण्डेसन कोषाध्यक्ष राजन खकुरेलले सहयोगदाताहरुको नाम पढेर सुनाएका थिए ।

 

 


थप समाचार

अवैधरुपमा सञ्चालन हुँदै आएका पाँच स्वास्थ्य प्रयोगशालामा शिलबन्दी

  • 10 minutes ago
अवैधरुपमा सञ्चालन हुँदै आएका पाँच स्वास्थ्य प्रयोगशालामा शिलबन्दी

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा अवैधरुपमा सञ्चालन हुँदै आएका पाँच प्रयोगशालामा शिलबन्दी गरिएको छ । जिल्ला प्रशासन कार्यालयको सहकार्यमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नेतृत्व

विप्लव समूहको चन्दा आतंक– अधिकतम २० लाख रुपैयाँसम्म !

  • 18 minutes ago
विप्लव समूहको चन्दा आतंक– अधिकतम २० लाख रुपैयाँसम्म !

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ ।

यस्तो पनि आमा ! जसको संलग्नतामा आफ्नै १२ वर्षीया छोरीमाथि पटक–पटक बलात्कार

  • 23 minutes ago
यस्तो पनि आमा ! जसको संलग्नतामा आफ्नै १२ वर्षीया छोरीमाथि पटक–पटक बलात्कार

धनुषा । धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य– साउन ६ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य– साउन ६ गते

वि.सं.२०७६ साल साउन ०६ गते । सोमबार । ईश्वी सन् २०१९ जुलाई २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष । काठमाडौंमा सूर्योदय ०५ बजेर २२ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेट ।

विचित्र विश्व

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।