IIMS College

ISMT

HUB Education

जिन्दगी त आफ्नै हो नि !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

जिन्दगीमा धेरै नाता हुन्छन्, परिचय हुन्छन् । अनि अझ अचम्मको कुरा त के पनि भने, हामी माया भन्नेबित्तिकै दुई जना केटा र केटीको माया मात्र सम्झिन पुग्छौँ । यस्तो मायामा नपर्ने मायाको परिभाषा फरक किसिमको हुन्छ । अङ्ग्रेजीमा ‘लब इज अ वन्डरफुल थिङ्ग’ भनेजस्तै, यो माया भन्ने कुरा अद्भूत नै हुन्छ ।  

 

एउटा फेसबुक म्यासेजमा उनले मलाई सोधेकी थिइन्, “तिमी नेपाल कहिले आउने ?” हामी निकै मिल्ने साथी थियौँ । ‘तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न मन लाग्यो’ भन्ने गीतकै जस्तो हाम्रो पनि त्यही हालत थियो । म अस्ट्रेलिया आउनुअघि मलाई बल दिन उनले भनेकी थिइन्, “तिमी दुई वर्षमा त आइहाल्छौ नि ! किन डराएको ? म पनि पढ्छु, दुई वर्ष त मेरो पनि बिहे हुँदैन ।” त्यसको अर्थ के थियो ? मैले केही कुरा बुझें भन्ने लाग्यो ।

 

मैले फेसबुकबाटै जवाफ दिएको थिएँः अर्को तीन वर्षपछि ।

 

बीचबीचमा अरु पनि धेरै कुरा भए । फोन र इन्टरनेटमा प्रायः सधैँको जस्तो ‘लुरी’ र ‘कालु’ भनाभन् पनि । 

 

अनि अर्को दिन त फेसबुकमै निम्तो आयो, बिहे भोजको । उनकै बिहेको । 

 

साथैमा लेखिएको थियो, ‘तिमी मेरो बेस्ट भन्दा पनि माथिको साथी हौ अनि रहिरहनेछौ, तिमीजस्तो साथी त शायदै कहिले भेट्छु होला ।’ 

 

मैले केही बुझेको भनेको त होइन रै’छ । मैले केही प्रश्न गर्न त पाउनै प¥यो नि होइन ? किन कि म त त्यस्तो बेस्ट भन्दा पनि माथिको साथी थिएँ । एउटा प्रश्न गरेँ । जवाफ चाहिँ आएन । 

 

अरे बाबा, जवाफ नदिने भए ठिकै छ तर फेसबुकबाट हटाइहाल्न त पर्दैन नि !

 

 यो कथा मेरा साथी प्रकाशलाई थाहा छ । उनले पनि भनिहाले, “मेरो आफ्नो कथाकै झल्को आयो ।”

 

“अचम्मै छ है, कसैले त नयाँ कुरा भन्नु नि हौ”, उनी भन्दै थिए । 

 

“यस्तो इतिहासमा केटीले नै सधैँ जितेका छन्, किनकि उनीहरुसँग भन्ने एउटा बलियो अनि अचुक कुरा हुन्छ । त्यही बेस्ट फ्रेण्डको कथा ।” 

 

सिड्नीको मिक्स एफएममा एउटा कार्यक्रम आउँथ्यो । राती नौ बजे ‘लब सङ्ग्स डेडिकेशन्’ । (मिक्स एफएम अब किस्स् एफएम भएको छ) । ट्रेन स्टेशनमा एमएक्स भन्ने फ्रि पत्रिका पाइन्छ, जसमा प्रेम सन्देश दिने स्तम्भ पनि हुन्छ । इहार्मोनी भन्ने अर्को अन्लाइन नेटवर्क छ, जसमा आफू सुहाउँदो साथीहरुको खोजी गर्न मिल्छ । मैले पनि लहलहैमा प्रोफाइल  बनाएँ, अनि आफ्नो नाम राखेँ– बिल।  

 

लब सङ्ग्स डेडिकेशनमा अहिलेसम्म एउटा नेपालीको सन्देश मैले सुनेको छैन । कोही साह्रै खुशी भएको सन्देश दिन्छन्, कोही बिछोडको पीडा पोख्छन् । त्यो रिचार्ड भन्नेले साह्रै राम्रो गरी बोल्थ्यो । मलाई कोही नेपालीले सन्देश दिएको चाहिँ सुन्ने बडो धोको थियो । मैले सन्देश दिनु पर्ने कोही छैनन्, नत्र म थपनी सन्देश पठाउँथे होला । रेडियोमा फोन गरेर ‘कसलाई गीत अर्पण गर्ने’ भन्दा मैले के भन्नु ? त्यस्तै एमएक्समा पनि नेपालीले दिएको सन्देश पाएको छैन मैले । सधैँ पढ्न नपाएर पनि होला । यसमा पनि नेपालीले लेखेको सन्देश हेर्न खुब मन छ । ई–हर्मोनीमा पनि यत्तिका प्रोफाइलहरुमा एउटा नेपाली नाम छैन मैले देखेको । कुनै–कुनै नेपालीजस्तो लागेर प्रोफाइल चेक ग¥यो, कि त इन्डियन या त बाङ्गलादेशी हुन्छन् । 

 

इन्डियन केटाहरुको नेपाली गर्लफ्रेन्ड हुनसक्छन् भने मेरो पनि इन्डियन गर्लफ्रेन्ड हुन सक्छन् नि भन्दै अरु अरु प्रोफाइल हेर्छु । यसरी जोडी खोज्ने कुरामा मलाई विश्वास त लाग्दैन तर पनि रमाइलो हुँदो रै’छ । सबैको आफ्नै तरिका हुन्छ, आफूलाई प्रस्तुत गर्ने । लेखाइ कस्तो राम्रो हुन्छ धेरैको । ट्रेनमा पढ्न रमाइलो हुन्छ । ‘बिरालो मन पराउँछु’ भन्ने केटीको प्रोफाइल देख्नेबित्तिकै मैले तो प्रोफाइल बन्द गर्छु र अर्को हेर्छु । सपिङ्ग खुब मन पर्छ भन्नेहरुले पनि डराउन दिन्छन् । भेटेको दिनदेखि शपिङ्ग गर्न लिएर हिड्नु प¥यो भने भाइबहिनीको पढाइको लागि के पैसा पठाउने भन्ने डर लाग्छ । यो पनि बन्द । 

 

फेसबुक बाहेकका यत्तिका धेरै नेटवर्क छन्, नेपालीको नाम निशान भेट्दिनँ ।

 

बरु मैले नचिताएको ठाउँमा भने एक पटक भेटेको छु । पत्रिकाको एडल्ट सेक्शनमा– अन्य राष्ट्रियताको छेउमा नेपाली पनि लेखिएको । त्यो देखेर म खुशी भइनँ । त्यो भन्दा पनि दुःख त्यहाँ पुगेका साथीहरुको बयानबाट लाग्यो । त्यहाँको साहुले ‘न्यु साउथ वेल्सकी एउटी मात्र नेपाली हो भनेर बढी पैसा लिँदो रै’छ ।’

 

एक दिन बिहान काममा जान ट्याक्सी चढेँ । बसेर सिट बेल्ट बाँध्न भ्याएको थिइन, ड्राइभरले ‘नेपाली हो ?’ भनेर सोध्यो । म खुशी भएर हो, कसरी चिनेको भनेर सोधेँ । 

 

मेरा नेपाली केटाहरु ग्राहक छन्, मेरा धेरै केटी साथीहरु छन् भनेर मसँग एकाबिहानै आफ्नो विज्ञापन ग¥यो ।

 

फोन नम्बर भने दिएन । उसलाई फेरि अर्को दिन भेट्ने आश लाग्यो होला ।  

 

मेरा मन्नु भन्ने साथीले चर्चित ‘हु मुभ्ड माइ चीज’ भन्ने किताबको कुरा निकाल्छन्, अनि भन्छन्, “हामी अझै पनि आफूलाई बदल्न सकिरहेका छैनौँ । परिवर्तनसँग डराउँछौँ । काम, घर, कलेजमै धेरैको जिन्दगी बितिरहेको छ । सबैले घर–घरमै मःम बनाउँछन्, त्यत्ति हो फरक ।”

 

“सबै त त्यस्ता हुन्नन्’, मैले भन्छु । मैले धेरैको भनेको छु । सबै भन्या होइन”, उनको जवाफ आउँछ । अनि मैले सोच्छु, “मैले पनि त डराएर ई–हार्मोनीमा नाम बिल राखेँ ।”

 

बुलशन 

मेरो वरिपरिका कथाहरु

 


थप समाचार

‘चाड पर्वको प्रसंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दङ्ग’

  • 2 minutes ago
‘चाड पर्वको प्रसंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दङ्ग’

काठमाडौँ । महिन्द्रा अटोमोबाइल्स तथा ट्याक्टरहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटले विश्वकर्मा पूजा, दशैं, तिहार तथा छठ जस्ता महान् चाडपर्वहरुको अवसरमा आफ्नो योजना महिन्द्रा उत्सव अन्तर्गत ‘चाड

फिफा वरियतामा नेपाल माथि उक्लियो

  • 6 minutes ago
फिफा वरियतामा नेपाल माथि उक्लियो

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लिएको हो । यसअघि

दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउने

  • 22 minutes ago
दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउने

काठमाडौं । शेयरबजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना (म्युचअल फण्ड)अन्तर्गत थप दुई बैङ्कले २० करोड इकाइ बिक्री गर्ने तयारी गरेका छन् ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

एजेन्सी । हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।