आजबाट भारत र चीनबाट नेपाली टेलिकमको सिमबाट फोन गर्न मिल्ने

प्रतिकात्मक फोटो

काठमाडौँ । तपाइ भारत वा चीन जाँदै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने आफ्नै मोबाइल र सिम लिएर जानुहोला । चीन र भारत जहाँ गएपनि तपाइले नेपालमा प्रयोग गरिरहेको मोबाइलाटै फोन गर्नुसक्नुहुनेछ । 

 

फोन गर्न मात्रै हैन एसएमएस समेत पठाउन सक्ने भएका हुन् । त्यस्तै, चीन र भारतकै नम्बरमा समेत फोन कल गर्न सक्नेछन् । आजबाट शुरु हुने प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालन आउने भएपछि यो सुविधा पाइने भएको नेपाल टेलिकमले जानकारी दिएको छ । 

 

चीनमा रहेका बेला त्यही स्थानीयलाई कल गर्दा प्रतिमिनेट ५० रुपैया खर्च हुनेछ भने चीनबाट नेपालमा गर्दा प्रतिमिनेट ९० रुपैया लाग्ने नेपाल टेलिकमले जानकारी दिएको छ । नेपालबाट चीनमा रहेका बेला फोन उठाउँदा ५३ रुपैया लाग्ने भएको छ ।

 

भारतमा हुँदा स्थानीयलाई नेपाली सिमबाट फोन गर्दा प्रतिमिनेट ३० रुपैया र नेपालबाट गएको फोन उठाउँदा १४ रुपैया खर्च हुनेछ । भारत वा चीनबाट नेपालबाहेकका देशमा कल गर्दा प्रतिमिनेट रु ३९७ लाग्ने बताइएको छ । ती देशमा गएका बेला नेपाली मोबाइलमा एसएमएस आएमा कुनै शुल्क नलाग्ने भएको छ ।  

 


थप समाचार

माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

  • 1 hour ago
माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

काठमाडौं । मोटरसाइकलमा यात्रा गर्दा पछाडी बस्ने यात्रुले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम तत्काल कार्यान्वयन नहुने भएको छ ।

प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

  • 1 hour ago
प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

बेलायतमा रहेर निरन्तर नेपाली साहित्यमा सक्रिय साहित्यकार प्रतिमा केसीको पहिलो कविता संग्रह 'पानीको विद्रोह' हालै प्रकाशित भएको छ ।

तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

  • 1 hour ago
तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले आफ्नो झुर सिजन सकेको छ । सिजन २०१८–१९ को अन्तिम खेलमा पनि घरेलु मैदान सान्टियागो बेर्नाबेउमा रियल बेटिससँग २–० गोलको हार ब्यहोर्दै रियलले सिजनका सबै खेल सकेको हो ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।