IIMS College

ISMT

HUB Education

क्यामरूनको ‘सामूहिक हत्या’ दूर्भाग्यपूर्णः सेना

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

याउन्डे । अफ्रिकी मुलुक क्यामरुनको तनावग्रस्त एङ्लोफोन क्षेत्रका गाउँलेहरू एउटा ‘दुर्भाग्यपूर्ण दुर्घटनामा’ मारिएका यहाँको सेनाले सोमबार एएफपीलाई बताएको छ । 

 

अफ्रिकी देश क्यामरुनमा एक गाउँमा भएको आक्रमणमा १४ बालबालिका, केही महिलासहित २२ जनाको गत शुक्रबार सामूहिक हत्या भएकोप्रति राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ । राष्ट्रसङ्घले घटनाबारे वास्तविकता बाहिर ल्याउन क्यामरून सरकारलाई आग्रह पनि गरेको छ । राष्ट्रसङ्घले मृतकका आपन्तजनप्रति समवेदना प्रकट गरेको छ । 

 

मारिनेमा पाँच वर्षमुनिका नौ बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता संगठन ओसिएचएका अधिकारी जेम्स नुनानले बताएका छन् । घटनापछि स्थानीय बासिन्दा त्रसित भएको उनले बताए । 

 

क्यामरुनको विपक्षी पार्टीले घटनामा आर्मी सम्लग्न रहेको आरोप लगाएको छ । क्यामरुनको सरकारले देशको उत्तर–पश्चिमी क्षेत्रमा सक्रिय रहेका विखण्डनकारीविरुद्ध विगत तीन वर्षदेखि कारवाही अभियान सञ्चालन गरिरहेको छ । सरकारले अहिलेसम्म घटनाबारे कुनै टिप्पणी गरेको छैन तर सोमबार सेनाका प्रवक्ता कर्नल सिरिल एटनफेक गुएमोले उक्त आरोपलाई ‘गलत दावी’ भनेका छन् ।

 

सेनाको अनुसन्धानले घटनालाई ‘दुर्भाग्यपूर्ण दुर्घटना’ बताएको छ भने यसलाई पृथकतावादी समूहसँगको गोलीबारीको क्रममा ईन्धनको विस्फोट हुँदा भएको एएफपीलाई फोनमा बताए । 

 

उनले घटनामा मारिनेमा एक महिला र चार बच्चाहरुसहित पाँचजना सर्बसाधारण रहेको र सात आतङ्ककारी मारिएको बताएका छन् ।


थप समाचार

सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा

  • 14 hours ago
सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा स्थगित गरिएपछि आज क्षमा पूजा गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा संस्कृत छात्रा

काठमाडौँ उपत्यकाबाट दुई हजार ६७६ गाडी नियन्त्रणमा

  • 15 hours ago
काठमाडौँ उपत्यकाबाट दुई हजार ६७६ गाडी नियन्त्रणमा

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने दुई हजार ६७६ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठम

कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग

  • 15 hours ago
कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग

काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेसले नोबेल कोरोना भाइरस (कोभिड–१९) परीक्षणको दायरा बढाउन माग गरेको छ । युनियनका महासचिव योगेन्द्रबहादुर कुँवरले बुधबार एक विज्ञप्तीमार्फत कोरोना भाइरस रोकथाम तथा नि



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।

विचित्र विश्व

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।