Techie IT
२०८१ वैशाख १५, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनटाइगर ३ बाट कट्रिना कैफलाई धेरै आशा, पछिल्लो पाँच फिल्मको नियति यस्तो थियो

टाइगर ३ बाट कट्रिना कैफलाई धेरै आशा, पछिल्लो पाँच फिल्मको नियति यस्तो थियो


एजेन्सी । सन् २००० मा रिलिज भएको फिल्म बुमबाट बलिउडमा प्रवेश गरेकी कट्रिना कैफले आफ्नो करियरमा धेरै हिट सुपरहिट फिल्म दिएकी छिन् भने उनका धेरै फिल्म फ्लप पनि भएका छन् ।

अहिले उनी नोभेम्बर १२ मा रिलिज हुन लागेको फिल्म टाइगर ३ का कारण चर्चामा छिन् ।

यो फिल्ममा उनी फेरि सलमान खानसँग जोयाको भूमिकामा देखिनेछिन् ।

टाइगर ३ लाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा चलिरहेको छ । योसँगै उनको फिल्मले बक्स अफिसमा बम्पर कमाइ गर्ने पनि अनुमान गरिएको छ ।

यसअघि सन् २०१७ मा टाइगर जिन्दा हे रिलिज हुँदा दर्शकहरुले धेरै मन पराएका थिए र फिल्म ब्लकबस्टर भएको थियो ।

अब टाइगर ३ को चर्चाको बीचमा कट्रिना र उनले टाइगर जिन्दा हे पछि कुन कुन फिल्ममा काम गरिन् ती फिल्मले बक्स अफिसमा कस्तो कमाई गरे ?

सन् २०१७ पछि, कट्रिना पाँचवटा फिल्ममा देखा परिन्, तर उनको एउटा फिल्मबाहेक अरुले खासै राम्रो कमाई गर्न सकेनन् ।

ठग्स अफ हिन्दोस्तान (२०१८) –१५१ करोड (फ्लप)
जिरो (२०१८)ः ९० करोड (फ्लप)
भारत (२०१९)ः २११ करोड (सेमिहिट)
सुर्यवंशी (२०२१)ः १९६ करोड (सुपरहिट)
फोनबुथ (२०२२)ः १४ करोड (फ्लप)

टाइगर जिन्दा हे पछि रिलिज भएका पाँच फिल्ममध्ये कट्रिनाको एउटा मात्रै सुपरहिट छ । यस्तो अवस्थामा कट्रिनालाई पनि टाइगर ३ बाट धेरै आशा छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

सुरज पण्डितले ल्याए ‘रातो किताब’

काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

Techie IT